काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १८ र १९ गते काठमाडौँमा बस्ने भएको छ। उक्त बैठक बस्नु अगाडि बुधबार नै पदाधिकारी बैठक बोलाइएको छ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर संगठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै कार्य विभाजन, आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई सफल बनाउनेलगायत विषयमा छलफल गरिने महामन्त्री भुवन पाठकले […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण भएको छ । ३७० जनाको पीसीआर परीक्षण गर्दा १४ र २६६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६, मोरङमा ५, धनकुटामा २ र तेहृथुममा १ जनामा संक्रमण देखिएको […]
संखुवासभा । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले जेलभित्र सिकेका अनुशासनका कुरा बाहिर उपयोग गरेमा सभ्य समाजको निर्माण हुने बताएका छन् । आज सोमबार मन्त्रालयले संखुवासभा जिल्ला कारागारमा आयोजना गरेको कारागार भित्र मानव अधिकार प्रवर्धन तथा कानूनी सचेतना कार्यक्रममा बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् । समाजमा अरू मानिसले अपराध नगरुन्, अपराध […]
काठमाडौ, सत्तारुढ पाँच दलीय गठबन्धनबाट राष्ट्रिय जनमोर्चाले आफू अलग भएको घोषणा गरेको छ । पाँच दलीय गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरेकाले यो दलले गठबन्धन छोडेको हो । अधिकांश जनता एमसीसीको विपक्षमा हुँदा पनि एमसिसी पारित गर्नु राष्ट्रघात भएको भन्दै जनमोर्चाले एक विज्ञप्ति जारी गर्दै आफू गठबन्धनबाट अलग भएको जनाएको हो । जनमोर्चाका अध्यक्ष […]
काठमाडौ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहायता परियोजना एमसीसी पास भएकाले अब देश निर्वाचनमा गएको बताएका छन्। उनले दुई – दुई पटक प्रतिनिधिसभा विघटन गरिएकाले बाध्यतावश लोकतन्त्र रक्षाका लागि गठबन्धन बनाउनुपरेको बताएका छन्। पटक – पटक देशमा राजनीतिक स्थिरता भएको थियो। गठबन्धन बनेपछि अब त स्थिरता होला भनेको एमसीसी आइदियो, उनले भने, यो […]
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहालले सोमबार पत्रकार सम्मेलन गर्ने भएका छन्। एमसीसीबारेको व्याख्यात्मक घोषणा स्वीकार गर्ने निर्णयपछि पार्टीभित्र असन्तुष्टि बढेसँग अध्यक्ष दाहालले पत्रकारसम्मेलन गर्न लागेका हुन्। एमसीसी अनुमोदन भएसँगै दाहाललाई पार्टीभित्रै समीकरण मिलाउन अप्ठ्यारो परेको छ। त्यसैले एमसीसीका विषयमा प्रस्ट पार्न दहालले पत्रकार सम्मेलन गर्न लागेका हुन्। दाहालको सचिवालयका अनुसार सोमबार दिउँसो ३ […]
काठमाडौं- स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि ८० वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्। आयोगले फागुन ५ देखि १५ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सकिने समय दिएको थियो। आयोगका अनुसार दल दर्ताका लागि तोकिएको अवधिभित्र ८० दलले दर्ताका लागि निवेदन दिएका हुन्। आयोगबाट ११० दलले मान्यता पाएकामध्ये ८० […]
भैरहवा- भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) सम्पन्न भएको छ। योसँगै उडानसँग सम्बन्धित सम्पूर्ण प्राविधिक काम पनि सम्पन्न भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए। एरो थाईको जहाजले क्यालिब्रेसन उडान गरेको हो। क्यालिब्रेसन उडानको प्रतिवेदन अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) लाई पठाएपछि आइकाओले स्वीकृति दिएपछि व्यावसायिक […]
काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ साना कम्युनिष्ट पार्टी र दुई वटा मोर्चाले आज नेपाल बन्दको आह्वान गरेका छन्। जसको प्रभाव काठमाडौं उपत्यकामा बिहानै देखिएको छ। सडकमा न्यून मात्रामा सवारी चलेका छन्। मानिसको आवागमन निकै पातलो देखिन्छ। प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको भने पनि चहलपहल भने निकै घटेको छ। विप्लव नेतृत्वको नेकपा, मोहन विक्रम […]
गौरीगञ्ज । दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका अन्तरगत महाभारा क्षेत्रका कृषकलाई लक्षित गरी प्रदेश सरकारले साना किसान कृषि सहकारी मार्फत कृषि उपज बैंक गोदाम घर निर्माण गरी सरकारको समर्थन मूल्यमै धान खरिद गर्न सुरु गरेपछि कृषकहरु लाभान्वित भएका छन् । गौरीगञ्ज गाउँपालिका वडा नं. १ माहाभारामा तत्कालिन भूमि व्यावस्था तथा सहकारी मन्त्रालयबाट ७२ लाख ८४ हजार […]