हेटौंडा, नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले माधव नेपालको पार्टीको नाम झारपात पार्टी हुनुपर्ने भन्दै व्यङ्ग्य गरेका छन् । शनिबार हेटौँडामा आयोजित नेपाल खेलकुद महासंघ बागमती प्रदेशको प्रथम अधिवेशन समारोहलाई सम्बोधन गर्ने क्रममा नेता बाँस्कोटाले नेपालको पार्टी नेकपा एकीकृत समाजवादीतिर इंगित गर्दै नयाँ पार्टीको नाम झारपात हुनुपर्ने बताए । एक रहेको पार्टी फुटाएर […]
काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले प्रतिगनकारी भनेको र भण्डाफोर गरेको शक्ति नै पुनः हाबी हुने सम्भावना दर्शाएका छन्। नेपाल दलित मुक्ति मोर्चाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा शनिबार सम्बोधन गर्दै उनले कसैको नाम त लिएनन् तर एमाले र कांग्रेसबीच बन्न आँटेको गठबन्धनप्रति असन्तुष्टि व्यक्त गरे। हामीले गठबन्धन बनाउँदा भनेका थियौँ, यो संविधान, लोकतन्त्र र […]
तनहुँ, नेपाली कांँग्रेसका नेता रामचन्द्र पौडेलले चीनको इसारामा नेपालका कम्युनिस्ट पार्टीका नेताहरु एमसीसीको विपक्षमा उभिएको आरोप लगाएका छन्। उनले यसअघि नेपालका कम्युनिस्ट नेताहरु एमसीसीको पक्षमा रहेको भए पनि पछिल्लो समय चीनको इसारामा विपक्षमा उभिएको आरोप लगाएका हुन्। तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा निर्माण गरिएको सहिद विक्रम परियारको अर्धकदको शालिकको शनिबार अनावरण गर्दै उनले एमसीसी नेपालको हितमा […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना संक्रमण भएको छ । ३६७ जनाको पीसीआर परीक्षण गर्दा २१ र ३९६ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८, सुनसरीमा ४, मोरङमा ३, इलाममा २, धनकुटा, भोजपुर, खोटाङ र पाँचथरमा […]
काठमाडौं, सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘र नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ । राष्ट्रिय राजनीतिमा देखिएका संकटका बारेमा छलफल भएको अध्यक्ष दाहालका स्वीकय सचिव रमेश मल्लले जानकारी दिए । अमेरिकी अनुदान सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना संसदमा अनुमोदन गर्ने सम्बन्धमा प्रमुख राजनीतिक दलका नेताबीच भेटघाट तीव्र बनेको छ […]
काठमाडौं, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष अर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउनसक्ने बताएका छन्। शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको ‘नेपाली अर्थतन्तका नयाँ चुनौती र समाधानका उपायहरुको खोजी’ विषयक अन्तरक्रियामा बोल्दै उपाध्यक्ष पाण्डेले नेपालले एमसीसी अस्वीकार गर्दा आर्थिक संकट आइपर्न सक्ने बताएका हुन्। एमसीसी सम्झौंतालाई नेपालले अस्वीकार गर्दा […]
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुगेका छन्। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को सन्दर्भमा छलफल गर्न दाहाल बालुवाटार पुगेका हुन्। बालुवाटारमा देउवालाई भेट्न अघि दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो। सिंहदरबारमा नेपालसँग छलफल गरेपछि दाहालदेउवालाई भेट्न बालुवाटार पुगेका हुन्।
पोखरा, नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारमा बस्ने र एमसीसीको विरोधमा उत्रने सत्ता गठबन्धन आवद्ध दलहरूको कार्यप्रति कटाक्ष गरेका छन्। ‘एमसीसीका लागि चिठी पठाउने झलनाथ खनाललाई ढुङ्गा हानिन्न। बाबुराम भट्टराईलाई हानिन्न। ठीक छ भनी सही गर्ने महरालाई हानिन्न्’, जसपाका नेता कार्यकर्ता एमालेमा भित्र्याउन पोखरा पुगेका ओलीले भने, कांँग्रेसले पास गर्नुपर्छ भन्छ। उसलाई ढुङ्गा हानिन्न। सम्झौता […]
इलाम, इलामको कन्याम चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन गरिएको छ । चारै दिशाबाट अतिक्रमण गर्न थालेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको हो । नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको कन्याम चिया बगान अतिक्रमण गरेर बिभिन्न संरचना निर्माण गर्दा सरकारी चिया बगानमा विनाश बढेको भन्दै अर्थ मन्त्रालयले चासो देखाएपछि सडक निर्माण क्षेत्रमा प्रहरीले सुरक्षा […]
काठमाडौ, सत्तारुढ माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित छलफल सकिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बोलाएको सचिवालय बैठकले गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी गरेको दाहालको निजी सचिवालयले जनाएको छ । बैठक दाहाल निवास खुमलटारमा बसेको थियो । बैठकमा केन्द्रीय कार्यालयका साथै पूर्वस्थायी समिति सदस्य तथा मन्त्रीहरूको पनि उपस्थिति थियो । बैठकले अमेरिकी सहयोग […]