धनगढी, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पासरफेल जे भएपनि सत्ता गठबन्धन कायम राख्ने सहमति भएको बताएका छन् । ‘एमसीसी पास/फेल जे भएपनि राष्ट्रिय राजनीतिमा सत्ता गठबन्धन एक ठाउँमा छ’, समाजवादी प्रेस संगठनले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने । अध्यक्ष नेपालले कुनै पनि देशको सैन्य गठबन्धकको क्रियाकलापमा सहभागी हुन नसक्ने बताए […]
काठमाडौ, प्रतिनिधिसभा बैठक आगामी १५ गतेसम्मका लागि स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगित भएको संसद सचिवालयले जानकारी दिएको छ । आज पनि सरकारकै आग्रहमा बैठक स्थगित भएको संसद सचिवालयले जानकारी दिएको छ । कानूनमन्त्री दीलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर बैठक स्थगित गर्नका लागि आग्रह गरेका हुन् […]
काठमाडौं- प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बिहीबारका लागि तोकिएको बैठक अन्तिम समयमा आएर आजका लागि सारिएको थियो। संघीय संसद सचिवालयले प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा बैठक विशेष कारण देखाउँदै बैठक आजका लागि सरेको हो। आजको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल हुने उल्लेख छ। […]
काठमाडौ, सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज काठमाडौंमा बस्दै छ। एमसीसीसहितका एजेण्डामा आवश्यक छलफल गर्न बिहान ११ बजे केन्द्रीय कार्यालय बालकुमारीमा जसपाको बैठक बस्न लागेको हो। एमसीसीका सम्बन्धमा जसपामा एकरुपता छैन। अध्यक्ष उपेन्द्र यादव एमसीसी संसदबाट पारित गर्न नहुने पक्षमा छन् भने संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टलाई एमसीसी जसरी पनि पारित […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना संक्रमण भएको छ । ३०७ जनाको पीसीआर परीक्षण गर्दा १८ र ३९२ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७, मोरङमा ३, सुनसरीमा २, खोटाङ र संखुवासभामा १–१ र प्रदेश १ […]
काठमाडौं, करिव दुइ सातापछि बल्ल काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन गर्न थालिएको छ । बुधबार स्थानीय र सरोकारवालाबीचका छलफलमा तत्काल सडक निर्माणको काम सम्पन्न गर्ने सहमति भएपछि आज बिहानदेखि उपत्यकको १८ स्थानीय तहका फोहर विसर्जन हुन थालिएको हो । तोकिएका समयमा सडक निर्माणको काम सम्पन्न नगरेको जनाउँदै स्थानीयको अवरोधका कारण यही फागुन १ गतेदेखि फोहर उठ्न […]
तनहूँ, नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीमा पुष्पकमल दाहाल र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताएका छन्। प्रेस युनियन तनहूँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसीसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा कांँग्रेस नरहेको प्रष्ट पारेका छन्। ‘सरकारले […]
काठमाडौं– नेपाली कांँग्रेसको यसअघि रोकिएको अधिकांश जिल्लाको अधिवेशन मिति पुनः सरेको छ। कांँग्रेस निर्वाचन समितिले एक सूचना जारी गर्दै फागुन १५ गते हुने भनिएको अधिवेशन स्थगित गरेको हो। यसअघि रोकिएका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लामा फागुन १५ गते अधिवेशन तय गरिएको थियो। […]
काठमाडौं- प्रतिनिधिसभामा पेस भएको अमेरिकी सहायता परियोजना एमसीसीमाथि आजदेखि छलफल सुरु हुने भएको छ। आज दिउँसो १ बजे बस्ने संसद बैठकमा एमसीसी सामान्य छलफलका लागि पेस हुने संघीय संसद सचिवालयले जनाइसकेको छ। अर्थमन्त्री जनार्दन शर्माले संसद्मा प्रस्ताव पेस गरेसँगै त्यसमाथि छलफल सुरु हुने भएको हो। एमसीसी ८ फागुनमा सदनमा टेबुल भइसकेको छ। यसैबीच सभामुख अग्निप्रसाद […]
तनहूँ– अभिनेता पल शाहविरुद्ध एक नाबालिग किशोरीमाथि यौनजन्य अपराध गरेको अभियोगमा उजुरी परेको छ। १७ वर्षीया किशोरीलाई पलले विवाह गर्छु भन्दै अनेक प्रलोभनमा पारेर यौन शोषण गरेको पीडित पक्षको आरोप छ। पछिल्लो केही दिनयता मनोरञ्जन वृत्तमा पलसँग एक गायिकाको विवाद चर्चामा थियो। तर, विवादको अन्तर्य खुलेको थिएन। जब पलले ती गायिकालाई यौन शोषण गरेको पुष्टि […]