Sajhamanch Archive

दुग्ध उत्पादक किसानलाई कोशी प्रदेश सरकारको अनुदान हस्तान्तरण

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, लोकप्रिय by . Leave a Comment on दुग्ध उत्पादक किसानलाई कोशी प्रदेश सरकारको अनुदान हस्तान्तरण.

मेचीनगर । दूध उत्पादनमा सक्रिय साना किसान समक्ष नै पुग्नेगरी कोशी प्रदेश सरकारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाको सहकार्यमा अनुदान रकम वितरण गरेको छ । किसानले उत्पादन गर्ने दूधको परिमाणमा आधारित रहेर प्रदेश सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सो अनुदान वितरण गरेको हो । आइतबार मेचीनगर−१२ स्थित रितिका डेरी उद्योगमा एक […]

बजेट छलफलमा भाग लिँदा विरोधका लागि विरोध नभई देशलाई नकारात्मक असर पार्ने कुराहरूलाई परिवर्तन गर्ने गरी उठाउन एमाले अध्यक्ष ओलीद्वारा प्रदेश सांसदहरुलाई निर्देशन

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on बजेट छलफलमा भाग लिँदा विरोधका लागि विरोध नभई देशलाई नकारात्मक असर पार्ने कुराहरूलाई परिवर्तन गर्ने गरी उठाउन एमाले अध्यक्ष ओलीद्वारा प्रदेश सांसदहरुलाई निर्देशन.

काठमाडौं । नेकपा (एमाले)ले आज सातै प्रदेशका आफ्नो पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्यहरूसँग भर्चुअल बैठक गरेको छ । पार्टी केन्द्रीय कार्यालयद्वारा आयोजित बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सबै प्रदेशसभाका संसदीय दलका नेताहरूको प्रस्तुति सुनेर निर्देशन पनि गरेका छन् । आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेश सरकारहरूद्वारा प्रदेश सभामा प्रस्तुत नीति, कार्यक्रम र बजेटका विषयमा भर्चुअल बैठक […]

प्रदेश–१ बजेट शीर्षकप्रति एमालेको आपत्ति

Published: in अर्थतन्त्र, प्रदेश तह, मिडियाबाट साभार by . Leave a Comment on प्रदेश–१ बजेट शीर्षकप्रति एमालेको आपत्ति.

काठमाडौं । नेकपा (एमाले)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेट शीर्षकप्रति नियमापत्ति गरेको छ । प्रदेशहरू सबैको नामकरण भइसक्दा समेत प्रदेश–१ भनेर बजेट शीर्षक उल्लेख गरिएको भन्दै त्यसलाई नसच्याउँदासम्म प्रतिनिधिसभामा छलफल अगाडि बढ्न नसक्ने एमालेले अडान लिएको हो । आइतबार संसद् बैठकमा एमालेका सचेतक महेश बर्तौलाले ‘संविधाको धारा १९५ विपरीतको छलफल’ संसद्मा हुन नसक्ने […]

कोशी प्रदेशले ल्यायो ३६ अर्ब २४ करोडको बजेट

Published: in अर्थतन्त्र, प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on कोशी प्रदेशले ल्यायो ३६ अर्ब २४ करोडको बजेट.

विराटनगर । कोशी प्रदेश सरकारले आगामि आर्थिक वर्ष ०८०/८१ को बजेट सार्वजनिक गरेको छ। कोशी प्रदेश सरकारका मुख्य मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री हिक्मतकुमार कार्कीले बिहीबार कोशी प्रदेशको आगामि आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। कोशी प्रदेश सरकारले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यानवयनका लागि ३६ अर्ब २४ करोड ३५ […]

पत्रकार महासंघ झापा विरुद्ध प्रेस चौतारी आन्दोलनमा

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on पत्रकार महासंघ झापा विरुद्ध प्रेस चौतारी आन्दोलनमा.

झापा । नेपाल पत्रकार महासंघ झापामा सदस्यता शुद्धिकरण मापदण्ड विपरित राजनीतिक पूर्वाग्रहका आधारमा कार्यदलले नाम सिफारिस गरेको भन्दै प्रेस चौतारी झापा विरोधमा उत्रिएको छ । सदस्य शुद्धिकरणको बहानामा केन्द्रले पठाएको मापदण्डसमेत मिचेर आफूखुसी नाम सिफारिस गरेको भन्दै त्यसका विरुद्ध आन्दोलनमा नै उत्रनु परेको जनाइएको छ । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज सन्तोष […]

कोशी प्रदेश प्रमुखले जारी गरे बजेट अध्यादेश, आजै सार्वजनिक गर्ने तयारी

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on कोशी प्रदेश प्रमुखले जारी गरे बजेट अध्यादेश, आजै सार्वजनिक गर्ने तयारी.

विराटनगर । कोशी प्रदेश सरकारले आज अध्यादेशबाट बजेट ल्याउने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार आर्थिक अध्यादेश र विनियोजन अध्यादेश जारी गरेका छन् । आजै बजेट सार्वजनिक गर्ने तयारी छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टका अनुसार आजै बजेट सार्वजनिक गर्ने तयारी छ । माओवादी केन्द्रको समर्थन फिर्तापछि अल्पमतमा परेको सरकारको […]

भोज खाएका २७ जना विरामी

Published: (Updated: ) in प्रदेश तह, लोकप्रिय, समाज by . Leave a Comment on भोज खाएका २७ जना विरामी.

मेचीनगर । मेचीनगर नगरपालिका–९ मा न्वारानको भोज खाएका २७ जना स्थानीयवासी विरामी परेका छन् । हाल उनीहरु सबैको उपचार आम्दा अस्पताल धुलाबारीमा भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताए । उनले भने अनुसार मेचीनगर–९ माथिल्लो मागुरमाडी निवासी गोविन्द श्रेष्ठको नातिको न्वारानमा भोज खाएका मध्ये अधिकांश विरामी परेका छन् । उनीहरुलाई बान्ता हुने, कामज्वरो […]

कोशीको नीति तथा कार्यक्रम : लगानी सम्मेलन गर्ने, क्रिकेट मैदान बनाउने

Published: in अर्थतन्त्र, प्रदेश तह, मिडियाबाट साभार by . Leave a Comment on कोशीको नीति तथा कार्यक्रम : लगानी सम्मेलन गर्ने, क्रिकेट मैदान बनाउने.

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बुधबार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा कृषि मार्फत रोजगारी सिर्जना गर्ने, प्रविधि र नागरिक मैत्री सेवा विस्तारमा जोड दिने, विगतदेखि सञ्चालित बहुवर्षीय आयोजनाहरु सम्पन्न गर्ने उल्लेख गरिएको […]

कोशी प्रदेशको नीति तथा कार्यक्रम : स्वरोजगार बन्न सहुलियतपूर्ण ऋण, नागरिकमैत्री सेवामा जोड (पूर्णपाठ)

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, लोकप्रिय by . Leave a Comment on कोशी प्रदेशको नीति तथा कार्यक्रम : स्वरोजगार बन्न सहुलियतपूर्ण ऋण, नागरिकमैत्री सेवामा जोड (पूर्णपाठ).

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि कोशी प्रदेश सभामा आज नीति तथा कार्यक्रम पेश गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पेश गरेका छन् । नीति तथा कार्यक्रममा कृषि मार्फत रोजगारी सिर्जना गर्ने, प्रविधि र नागरिक मैत्री सेवा विस्तारमा जोड दिने, विगतदेखि सञ्चालित वहुवर्षीय आयोजनाहरु […]

कोशी प्रदेशमा मध्यवधि चुनाव टार्न आलोपालो सरकारको विकल्प !

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on कोशी प्रदेशमा मध्यवधि चुनाव टार्न आलोपालो सरकारको विकल्प !.

विराटनगर । नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि कोशी प्रदेशमा हिक्मत सरकार संकटमा रहेको निश्कर्षसहित संघीय गठबन्धनका दलहरुबीच नयाँ सरकार गठनको गृहकार्य सुरु भएको पाइएको छ । नेकपा एमाले–राप्रपा र कांग्रेस–माओवादी केन्द्र–नेकपा एस– जसपा गठबन्धनको स्पष्ट बहुमत नभएका कारण नयाँ सरकार गठनको स्पष्ट चित्र आएको छैन । मध्यवधी निर्वाचनको जोखिम पनि भएका कारण दलहरुले […]