Sajhamanch Archive

नेपाललाई नयाँ युगमा लाने युद्ध जनयुद्ध : अध्यक्ष दाहाल

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on नेपाललाई नयाँ युगमा लाने युद्ध जनयुद्ध : अध्यक्ष दाहाल.

काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादीद्वारा १० वर्षसम्म सञ्चालित जनयुद्धलाई पृथ्वीनारायण शाहले गरेको राज्य विस्तारको युद्धसँग तुलना गरेका छन्। २७औं जनयु्द्ध दिवसका अवसरमा आज बिहान काठमाडौंमा माओवादी केन्द्रको केन्द्रीय कार्यालयले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पृथ्वीनारायण शाहले गरेको युद्धपछि नेपाललाई नयाँ युगमा लाने युद्ध जनयुद्ध नै भएको दाबी गरेका हुन्। उनको […]

आजबाट चल्ने भयो कुर्था–जनकपुर–जयनगर रेल

Published: in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on आजबाट चल्ने भयो कुर्था–जनकपुर–जयनगर रेल.

जनकपुर– कुर्था–जनकपुर–जयनगर रेल सेवा आजदेखि सञ्चालन हुने भएको छ। रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि सफल हुन सकेको थिए। नेपाल सरकारले बोगिसहितको दुई वटा रेल खरिद गरेको झण्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो। खरिद गरिएका रेल लामो समयदेखि धनुषाको इनवा स्टेसनमा त्रिपाल मुनि छोपिएर राखिएको थियो। भारत सरकारको सहयोगमा निर्माण हुने जयनगर–विजलपुर–बर्दिबाससम्म […]

क्षमताभन्दा बढीका ट्रक तार्दा अरुण नदीको बेलिब्रिज भाँचियो

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on क्षमताभन्दा बढीका ट्रक तार्दा अरुण नदीको बेलिब्रिज भाँचियो.

खाँदबारी, सङ्खुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । शनिबार दिउँसो निर्माण सामग्री बाकेको लो वेट’ ट्रक तार्ने क्रममा बेलिब्रिज भाँचिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए । प्रजिअ खतिवडाका अनुसार निर्माणाधीन इप्सुवा हाइड्रो […]

प्रदेश १ मा ८४ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ८४ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना संक्रमण भएको छ । २३५ जनाको पीसीआर परीक्षण गर्दा ४५ र २७९ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २०, सुनसरीमा १८, झापामा ४, धनकुटामा २ र इलाममा १ जनामा संक्रमण […]

करेन्ट लागेर भटाभट मर्न थाले गिद्ध, शनिबार तीन गिद्ध मरे, हालसम्म एकसय मरेको अनुमान

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on करेन्ट लागेर भटाभट मर्न थाले गिद्ध, शनिबार तीन गिद्ध मरे, हालसम्म एकसय मरेको अनुमान.

तनहुँ, लोपोन्मूख अति सङ्कटासन्न सूचीमा रहेका गिद्धहरु तनहुँको एक गौ संरक्षण केन्द्र नजिकै करेन्ट लागेर धमाधम मर्न थालेपछि गिद्ध नै मासिने खतरा बढेको छ । विद्युतीय तारको नजिकै गिद्धको लागि आहारा छाड्ने गरिएकोले त्यसमा ठोकिएर गिद्धहरु मर्न थालेकाले लोप हुुँदै जाने खतरा बढेको हो । गिद्धलाई बचाउनको लागि तार नजिक भएको स्थानमा आहारा राख्न नहुने […]

एमसीसीका विषयमा निरर्थक विवाद सिर्जना : अध्यक्ष ठाकुर

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीका विषयमा निरर्थक विवाद सिर्जना : अध्यक्ष ठाकुर.

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी विषयमा अहिले सिर्जना गरिएको विवाद निरर्थक रहेको बताएका छन्। जनकपुरमा शनिबार सञ्‍चारकर्मीसँग कुराकानी गर्दै ठाकुरले एमसीसी परियोजना विशुद्ध रुपमा विकासँग जोडिएको कारणले विवाद गर्नुको कुनै तुक नरहेको बताएका छन्। उनले सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटनाउनको लागि यो महत्वपूर्ण विषय भएकोसमेत बताए। अध्यक्ष […]

फागुन ११ गते राप्रपा केन्द्रीय कार्य समितिको बैठक बस्ने

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on फागुन ११ गते राप्रपा केन्द्रीय कार्य समितिको बैठक बस्ने.

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आगामी फागुन ११ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौंमा बस्ने भएको छ । स्थानीय तहको निर्वाचनमा उमेदवार छनोट, उम्मेदवार उठाउनका लागि नामावली तयार गर्ने मापदण्डका बारे विशेष छलफल हुने बैठकमा समसामयिक विषयवस्तुमा समीक्षा हुने नेता सुन्दर पाण्डेले जानकारी दिए । जिल्ला कार्यसमिति र स्थानीय तहअन्तर्गत समितिका सिफारिसमा फागुन मसान्तभित्र उम्मेदवार छनोट […]

मनषा थाइ फुड्समा लागेको आगो नियन्त्रणमा आयो

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on मनषा थाइ फुड्समा लागेको आगो नियन्त्रणमा आयो.

काकडाभिट्टा, झापाको मेचीनगर १४ स्थित दुवागढीमा रहेको मनषा थाइ फुड्स ९मगमग चाउचाउ उत्पादन गर्ने कारखाना० मा भएको आगलागी ११ घण्टापछि नियन्त्रणमा आएको छ । विहान ५ बजेदेखि लागेको आगो नियन्त्रणका लागि नेपाली सेना, शसस्त्र प्रहरी, जनपथ प्रहरी लगायत स्थानीयहरु विहानैदेखि जुटेका थिए । झापा, मोरङ, सुनसरी र ईलामका सबै दमकलहरु आगो निभाउन प्रयोग भएको थियो […]

माओवादी अध्यक्ष दाहालले ले झिल्केमिल्के कुरा गरे : वरिष्ठ उपाध्यक्ष पोखरेल

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on माओवादी अध्यक्ष दाहालले ले झिल्केमिल्के कुरा गरे : वरिष्ठ उपाध्यक्ष पोखरेल.

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको बताएका छन्। शनिबार काठमाडौं महानगरपालिका–४ मा निर्माण गरिएको धुम्बाराही पार्कको उद्घाटन गर्दै उनले दाहालले  एमसीसीबारे विदेशीसँग एउटा कुरा, कार्यकर्तासँग अर्को कुरा र जनतासँग बेग्लै कुरा गरेर फट्याईं गरिरहेको आरोप लगाए। पूर्वउपप्रधानमन्त्री समेत रहेका पोखरेलले जनतालाई […]

११९ वर्षपछि भक्तपुर अस्पतालमा बालबालिकाका लागि आइसियु सेवा

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on ११९ वर्षपछि भक्तपुर अस्पतालमा बालबालिकाका लागि आइसियु सेवा.

भक्तपुर, स्थापनाको ११९ वर्षपछि भक्तपुर अस्पतालमा पहिलोपटक बालबालिकाका लागि आइसियु सेवा आइतबारदेखि सुरु हुने भएको छ । अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बालबालिकाका लागि आइसियु सेवा नहुँदा आकस्मिक अवस्थामा आमा र बच्चालाई अन्य अस्पताल रिफर गर्नुपर्ने अवस्था थियो । अब सो अवस्थाको अन्त्य हुने भएको छ । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा […]