दाङ, दाङमा भारतीय जन्ती सबार जिप पल्टिँदा २२ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घाइते सबैको लमहीमा उपचार भइरहेको छ। भारतको उत्तर प्रदेशको शङ्करपुरबाट दाङको राजपुर खरदरियामा बेहुली लिन आउँदै गरेको जीप शुक्रबार राति गढवा गाउँपालिका–५ चिसापानीमा दुर्घटनामा परेको हो।
काठमाडौँ, निर्वाचन आयोगले २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने निर्णय गरेको छ । आयोग पदाधिकारीको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको निर्णयसँगै नामावली दर्ता भएको विवरणमा कहिलेसम्म १८ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउने ‘कट अफ डेट’को अन्योल हटेको […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १५६ जनामा कोरोना संक्रमण भएको छ । ४२५ जनाको पीसीआर परीक्षण गर्दा ६५ र ५९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २०, सुनसरीमा १३, झापामा १२, धनकुटामा ३, तेहृथुम र उदयपुरमा २–२, इलाम, […]
काठमाडौ, नेपाली कांँग्रेसको १६ जिल्ला अधिवेशन १३ फागुनमा हुने भएको छ । शुक्रबार बसेको निर्वाचन समितिको बैठकले रोकिएका जिल्लाको अधिवेशन अघि बढाउने निर्णय गरेको हो । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, सुर्खेत, नवलपुर, बाँके, कैलाली र अछाममा अधिवेशन हुन बाँकी छ । कोरोना भाइरसको संक्रमण न्यून बन्दै गएकाले […]
काठमाडौ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले एमसिसीबारे एमाले अध्यक्ष केपी ओलीले गैरजिम्मेवार जवाफ पठाएको टिप्पणी गरेको छ । दाहालका स्वकिय सचिव रमेश मल्लले ओली र दाहालबीच बिहीबार साँझ फोन संवाद भएको भन्दै दाहालले निर्वाचन पछि लैजाने कुरा गरेको बताएका छन् । उनले भनेका छन्, ‘अध्यक्ष कमरेड दाहालले, ‘एमसिसी अहिले सामान्य आर्थिक सहयोगको परियोजना […]
काठमाडौ, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी स्थापना गर्ने बताएका छन्। शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको भेटघाटमा उनले राप्रपा पार्टीमा आफ्नो ३१ वर्षको लगानी रहेको, रगत र पसिना बगाएको प्रसंग पनि उल्लेख गरे। उनले पार्टीको महाधिवेशनपछि नयाँ नेतृत्वलाई सहयोग गर्ने चाहना हुँदाहुँदै पनि सैद्धान्तिक र साङ्गठनिक विषयमा दिएको सुझावलाई बेवास्ता गरेकाले नयाँ पार्टी खोल्नुपरेको […]
दाङ, दाङको तुलसीपुर उपमहानगरपालिका–५ ‘ङ’ लाइन स्थित एक घरमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ। शुक्रबार बिहान २ बजेतिर आगलागी हुँदा पाँच जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए। आगलागी परी मृत्यु हुनेमा १० बर्षीय एक बालक, १५र१५ बर्षीय दुई बालक र एक बालिका तथा करिब ५५ बर्षीय एक पुरुष रहेको उनले […]
झापा । प्रदेश १ सहकारी रजिष्ट्रारको कार्यालयमा एक वर्ष रजिष्ट्रारका रुपमा काम सम्पादन गरेका बलराम निरौला बागमती प्रदेश भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयको सचिवमा नियुक्त भएका छन् । उपसचिवबाट सह–सचिवमा बढुवा भएसँगै निरौलाले बागमती प्रदेश भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयको सचिवमा जिम्मेवारी पाएका हुन् । हालैको मन्त्रिस्तरीय निर्णयले निरौलालाई प्रदेश मन्त्रालयको […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना संक्रमण भएको छ । ५२९ जनाको पीसीआर परीक्षण गर्दा १०१ र ५४२ जनाको एन्टिजेन परीक्षण गर्दा १०० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३६, सुनसरीमा २५, झापामा २३, संखुवासभा र खोटाङमा २–२, तेहृथुम, इलाम, पाँचथर, […]
नेपालगञ्ज, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अर्को निर्णयले क्यासिनो सञ्चालन बापतको रोयल्टी नतिर्ने नेपालगन्जस्थित ड्रिमल्याण्ड होटल बन्द भएको छ । उनले मन्त्रीस्तरीय निर्णयबाट मिनी क्यासिनो सञ्चालन गरिरहेको नेपालगन्जस्थित ड्रिमल्याण्ड होटल पनि बन्द गराएका हुन् । २० भदौ ०६७ मा मिनी क्यासिनो (आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल) को अनुमति लिएको ह्याप्पी आवरले ड्रिमल्याण्डमा […]