काठमाण्डौ । सरकारले राजधानीको दरबारमार्गस्थित होटेल याक एन्ड यती बन्द गर्न निर्देशन दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार मन्त्रीस्तरीय निर्णयबाट होटेल याक एन्ड यतीको पाँचतारे वर्गीकरण र क्यासिनोको इजाजतपत्र रद्द गर्दै बन्द गर्न निर्देशन दिएको हो। करिब ४२ करोड रुपैयाँ रोयल्टी नबुझाएको भन्दै सरकारले याक एन्ड यतीलाई होटेल तथा क्यासिनो सञ्चालन नगर्न […]
काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहालबीच बुधबार छलफल भएको छ। बुधबार साँझ ५ बजेपछि दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो। अमेरिकी आर्थिक परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी संसदमा पेश गर्ने तयारीमा रहेका प्रधानमन्त्री देउवा सत्ता साझेदार पाँच दलबीच सहमति नजुटेपछि आज (बुधबार) का लागि बोलाएको संसद बैठक स्थगित […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३० जनामा कोरोना संक्रमण भएको छ । ५२३ जनाको पीसीआर परीक्षण गर्दा १०४ र ६७० जनाको एन्टिजेन परीक्षण गर्दा १२६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २९, झापामा २६, सुनसरीमा २५, इलाममा ५, तेहृथुम, उदयपुर र संखुवासभामा […]
सुर्खेत, उच्च अदालत सुर्खेतले कर्णाली प्रदेश मन्त्रिपरिषद् गठनसम्बन्धी परेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। उच्च अदालतका कायममुकायम मुख्यन्यायाधिस शेषराज सिवाकोटीको इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न बुधबार विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो। कर्णाली प्रदेश मन्त्रिपरिषद् गठन समावेशी नभएको जनाउँदै अधिवक्ता शेरबहादुर खत्री र अधिकारकर्मी टिका विष्टले […]
काटमाडौ, राजनीतिक वृत्तमा यो चर्चा र छलफलका साथै आशंका भइरहँदा महोत्तरीको भँगाहा नगरपालिकाका मेयर संजिवकुमार साह सर्वोच्च आएका छन्। तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित भएका उनी मुद्दा लिएर सर्वोच्च अदालत पुगेका हुन्। आफूहरुको कार्यकाल ६ महिना बाँकी रहेकाले त्यसअगावै हुने निर्वाचन असंवैधानिक हुने उनको जिकीर छ। सर्वोच्च अदालतमा दर्ता प्रक्रियामा मात्र रहेको तर, दर्ता […]
इलाम, इलामको फाल्गुनन्द सुकीलुम्बा विमानस्थलमा उडान परीक्षण भएको छ। नेपाल वायुसेवा निगमको ट्वीन अटर जहाजमार्फत उडान परीक्षण भएको हो। नेपाल वायुसेवा निगमका अपरेसन प्रमुख दीपुराज ज्वारचनले बिहान १० बजे सफल परीक्षण भएको जानकारी दिएका छन्। निगमको ट्विन अट्टर ९९एन एबीटी० विमानद्वारा काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ९ः०५ मिनेटमा उडी इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा बिहान १०ः०२ मिनेटमा […]
चितवन, नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन भएका छन् । १० औं जिल्ला अधिवेशन उद्घाटन भएको (पुस २३) एक महिनापछि एमाले चितवनले नयाँ नेतृत्व पाएको हो । यसअघिको कार्यसमिति अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्वाचित भएपछि जिल्ला नेतृत्व परिवर्तन भएको हो । त्यस्तै जिल्ला कार्यसमिति उपाध्यक्षमा कमलराज पाठक, सचिवमा सैलेश खनाल, सहसचिवमा […]
काठमाडौं– अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेजको माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित विभिन्न कम्युनिस्ट पार्टीहरूले संघीय संसद् घेराउ गर्ने भएका छन्। एमसिसीविरुद्ध मंगलबार देशभर कोणसभा गरेका नेकपासहित ६ राजनीतिक दल र दुई मोर्चाले बुधबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवन घेराउको कार्यक्रम तय गरेका छन्। बुधबार १ बजे माइतीघर मण्डलामा […]
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। अध्यक्ष नेपाल माओवादी अध्यक्ष दाहाललाई भेट्न बुधबार बिहान खुमलटार पुगेको छन्। दुई नेताबीच एमसीसी परियोजना, स्थानीय निर्वाचन, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल भएको बताइएको छ। एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनभित्र विवाद सिर्जना भइरहेको अवस्थामा दुई नेताबीच भएको […]
काठमाडौं- स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँसहित काठमाडौंमा एकजना पक्राउ परेका छन्। नुवाकोटको ककनी गाउँपालिका ३ चाउथेका नवराज ढुंगानालाई मंगलबार महानगरीय प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त बालाजुको संयुक्त टोलीले काठमाडौंको बाइपासबाट पक्राउ गरेको हो। पक्राउ परेका २९ वर्षीय ढुंगानालाई बालाजु वृत्तमा राखिएको प्रहरीले बताएको छ।