इलाम, इलामको सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ । नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान भर्ने भएको हो । इलाम नगरपालिका–९ मा नवनिर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यावसायिक उडान सुरु हुनुअघि परीक्षण उडान भर्न लागिएको हो । आउँदो फागुन ८ गतेदेखि व्यावसायिक उडानको तयारी छ । नियमित उडान हुनुअघि विमानस्थलमा आज मौसम अनुकूल भए नेपाल […]
काठमाडौ, भोलि (माघ २६ गते) दिउँसो १ बजेको लागि बोलाइएको संसद बैठक स्थगित हुने भएको छ। संसद सचिवालय उच्च स्रोतका अनुसार सरकारको आग्रहमा संसद बैठक स्थगित गरिन लागेको हो। सम्भवतः संसद सचिवालयले आजै बैठक स्थगित भएको सूचना निकाल्ने छ। एक हप्ता बैठक स्थगित गर्ने तयारी भइरहेको सरकारका एक मन्त्रीले जानकारी दिए। बैठक बस्ने कार्यसूची यसअघि […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७४ जनामा कोरोना संक्रमण भएको छ । ५९३ जनाको पीसीआर परीक्षण गर्दा १२८ र ५३६ जनाको एन्टिजेन परीक्षण गर्दा १४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५७, सुनसरीमा २९, झापामा २२, संखुवासभा र भोजपुरमा ४–४, धनकुटामा ३, पाँचथर, […]
जनकपुरधाम– मधेस प्रदेशको प्रदेशसभामा लामो समयदेखि रिक्त रहेका ३ वटा विषयगत समितिमा सभापति चयन गरिएको छ। सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारूढ दलको तर्फबाट नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरेशकुमार यादव, कृषि तथा भूमि व्यवस्था समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य मदनसेन श्रीवास्तव र प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य जगतप्रसाद […]
काठमाडौं– नेपाली कांँग्रेसका नेता डा। शेखर कोइराला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन्। कोइराला आज (मंगलबार) साँझ ओली निवास पुगेको ओलीको सचिवालयका एक सदस्यले जानकारी दिएका छन्। दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बताइएको छ।
काठमाडौ, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी वैशाख ३० गतेका लागि निर्धारित स्थानीय तह निर्वाचन तयारी थालेको छ। आफूलाई निर्वाचनतर्फ केन्द्रित गर्दै एमालेले देशका सातै प्रदेशमा प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ। स्थानीय निर्वाचन तयारीका लागि भन्दै महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीहरूलाई पत्र पठाएका छन्। त्यसमा उनले निर्वाचन तयारीमा जुट्न भनेका छन्। […]
हुम्ला, हुम्लाको हवाई सेवा पाँच दिनपछि सञ्चालनमा आएको छ। सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएपछि उडान सुरु भएको हो। विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारी, विमानस्थल सुरक्षा गार्डमा खटिएका सुरक्षाकर्मी, जडीबुटी व्यवसायीलगायतको सक्रियतामा हिउँ फालेपछि हवाईजहाज उडाउन सम्भव भएको हो। पाँच दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट उडान हुन नसकेपछि हिउँ पन्छाइएको र सीता र तारा एयरले नेपालगञ्जबाट उडान भरेको […]
जनकपुर, मधेस प्रदेशअन्तर्गतका दुईवटा विषयगत समितिको सभापति पदका लागि आज प्रदेशसभामा मतदान हुँदैछ । प्रदेशसभा सचिवालयका अनुसार आज बिहान ९ बजे बस्ने प्रदेशसभाको बैठकमा कृषि तथा भूमि व्यवस्था समिति सभापतिका लागि मतदान हुनेछ भने दिउँसो १ बजे सार्वजनिक लेखा समितिको सभापति पदका लागि मतदान हुने कार्यतालिका छ । लामो समयदेखि रिक्त प्रदेशसभाअन्तर्गतको सार्वजनिक लेखा समिति […]
काठमाडौँ, निर्माणाधीन काठमाडौँ–तराईरमधेस द्रुत मार्गको सुरुङ मार्ग र मोटर गुड्ने आकाशे पुल ९हाई ब्रिज०को डिजाइन स्वीकृत भएको छ । द्रुत मार्गको प्याकेज १ र २ को सुरुङ मार्ग तथा पुलको डिजाइन कार्य सम्पन्न भई स्वीकृत भएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएको छ । सेनाका सहायक रथी तथा […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०९ जनामा कोरोना संक्रमण भएको छ । ६३७जनाको पीसीआर परीक्षण गर्दा १४९ र ३७९ जनाका एन्टिजेन परीक्षण गर्दा ६० जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार पीसीआर परीक्षणका आधारमामोरङमा ६८, सुनसरीमा ३१, झापामा २४, उदयपुर र धनकुटामा ३–३, इलाम, संखुवासभा र खोटाङमा २–२, पाँचथर, ताप्लेजुङ, […]