Sajhamanch Archive

चट्याङ लागेर सल्यान र सुर्खेतमा दुई जनाको मृत्यु

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on चट्याङ लागेर सल्यान र सुर्खेतमा दुई जनाको मृत्यु.

सुर्खेत । सल्यान र सुर्खेतमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका-११ साँदीखोलाकी ३५ वर्षीय नेकीसरा खत्रीको चट्याङ लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालले जनाएको छ । गएराती खत्री आफ्नै भान्सा घरको बाहिर छतमा निस्कने क्रममा चट्याङ लागी गम्भीर घाइते भएकी खत्रीको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै […]

हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गमा यातायात बन्द

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गमा यातायात बन्द.

डडेल्धुरा, बिहीबार रातिदेखि जारी बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गमा यातायात बन्द भएको छ। लगातार बाक्लो हिमपातका कारण राजमार्ग बन्द भएको इलाका प्रहरी कार्यालय (बुडर) ले जनाएको छ। राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको बताइएको छ। राजमार्गमा अवरोध भएपछि दजनौँ सवारीसाधन तथा यात्रु अहिले यहाँको गैरा तथा बुडर बजारमा रोकिएका […]

मोरङको उखुबारी हत्याको अनुसन्धानका क्रममा ललितपुरमा पनि भेटियो खाल्डोमा गाडिएको अवस्थामा शव

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on मोरङको उखुबारी हत्याको अनुसन्धानका क्रममा ललितपुरमा पनि भेटियो खाल्डोमा गाडिएको अवस्थामा शव.

काठमाडौं– ललितपुरको गोदावरी नगरपालिका–१२, धापाखेलमा खाल्डो खनेर गाडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। मोरङको उखुबारीमा गाडिएको अवस्थामा दुई व्यापारीको शव फेला परेको घटनाको अनुसन्धानका क्रममा प्राप्त सूचनाका आधारमा खोजी गर्दा धापाखेलमा खाल्डो खनेर गाडिएको अवस्थामा शव फेला परेको हो। मृत फेला पर्नेमा तेह्रथुमका मोहन लिम्बु रहेको महानगरीय अपराध महाशाखा स्रोतले जानकारी दिएको छ। […]

पार्टी हितविपरीत काम गर्ने नेतालाई माओवादी दमकको ‘रातो कार्ड’

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on पार्टी हितविपरीत काम गर्ने नेतालाई माओवादी दमकको ‘रातो कार्ड’.

झापा– नेकपा (माओवादी केन्द्र) दमकले पहिलोपटक संगठनमा मूल्यांकन पद्धतिको सुरुवात गरेको छ। केही दिनअघि एक वर्षे कार्ययोजना पारित गर्दै संगठन सुदृढीकरणमा लागेको माओवादीले मूल्यांकन पद्धतिको सुरुवात गरेको हो। पार्टी हितविपरीत काम गरेको भन्दै पार्टीका नेता नरहरि दाहाललाई ‘रातो कार्ड’ दिने निर्णयसमेत गरिएको छ। पार्टीका दमक नगर पूर्वअध्यक्ष तथा तत्कालीन कोचिला राज्य समिति सदस्यसमेत भइसकेका दाहाललाई […]

विप्लवको चन्दा आतंकले आजित कर्मचारीदेखि जनप्रतिनिधि, मागेजति नदिनेलाई दल्दै मोसो, मार्नेसम्मको धम्की

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, विविधा, by . Leave a Comment on विप्लवको चन्दा आतंकले आजित कर्मचारीदेखि जनप्रतिनिधि, मागेजति नदिनेलाई दल्दै मोसो, मार्नेसम्मको धम्की.

काठमाडौ, डिभिजन वन कार्यालय कैलाली अन्तर्गतको पचमुडिया सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले मोसो दले। ६/७ जनाको समूहमा कार्यालय पुगेका उनीहरुले सहायक वन अधिकृत पण्डितलाई कार्यकक्षभित्र मोसो दलेर थुनिदिएका थिए। र, अन्तिममा मार्ने धम्की दिएर गए। सामुदायिक वनबाट चन्दा उठाएको कुरा सार्वजनिक गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका […]

यात्रुबहाक बस दुर्घटना हुँदा ३५ जना घाइते

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on यात्रुबहाक बस दुर्घटना हुँदा ३५ जना घाइते.

बर्दिया, बर्दियामा बिहीबार बिहान बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ। बिहान करिब ३ बजे बासगढी नगरपालिका(३ मा ना५ख ५३८२ नम्बरको बस दुर्घटनामा परेको हो। कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइतेमध्ये कालिकोट त्रिवेणी गाँउपालिका-६ की ११ वर्षीया शितला उपाध्याय र त्रिवेणी गाँउपालिका-७ की […]

गृहमन्त्री खाँणले १४ जिल्लाका सीडीओलाई बिहानै फोन गरेर बुझे सुरक्षा र कोरोनाको अवस्था

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on गृहमन्त्री खाँणले १४ जिल्लाका सीडीओलाई बिहानै फोन गरेर बुझे सुरक्षा र कोरोनाको अवस्था.

काठमाडौ, गृहमन्त्री बालकृष्ण खाँणले बिहीबार बिहान १४ जना प्रमुख जिल्ला अधिकारीलाई फोन गरी ७ वटा विषयमा छलफल गरेका छन्। गृहमन्त्री खाँणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गरेका हुन्। गृहमन्त्री खाँणले प्रमुख जिल्ला अधिकारीहरू इन्द्रदेव यादव (सुनसरी), काशीराज दाहाल (मोरङ), छविलाल रिजाल (झापा), कृष्णबहादुर कटवाल (बारा), ध्रमेन्द्र मिश्र (नवलपरासी […]

सीके राउतको जनमत पार्टीले बन्द गरायो पूर्वपश्चिम राजमार्गको सप्तरी खण्ड

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सीके राउतको जनमत पार्टीले बन्द गरायो पूर्वपश्चिम राजमार्गको सप्तरी खण्ड.

सप्तरी, सीके राउत नेतृत्वको जनमत पार्टीले आज (बिहीबार) बिहानैदेखि सप्तरीमा टायर बालेर प्रदर्शन गर्दै राजमार्ग बन्द गराएको छ। सीके राउतको सचिवालयका किसान आन्दोलनअन्तर्गत अनुसार सप्तरी–रुपनीमा चक्काजाम गरिएको हो।

प्रदेश १ मा ४०१ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ४०१ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४०१ जनामा कोरोना संक्रमण भएको छ । ६२० जनाको पीसीआर परीक्षण गर्दा २१६ र ६४२ जनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८२, सुनसरीमा ६०, झापामा ४०, उदयपुरमा ८, धनकुटामा ३, इलाम र […]

कांँग्रेसले सरकारको कामको समीक्षा गर्छ : महामन्त्री शर्मा

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेसले सरकारको कामको समीक्षा गर्छ : महामन्त्री शर्मा.

काठमाडौं– नेपाली कांँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सरकारको कामको समीक्षा हुने बताएका छन्। बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले पार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सरकारको कामको समीक्षा गर्दै आवश्यक दिशानिर्देश गर्ने बताएका हुन्। कार्यसम्पादन समितिको बैठकले सरकारको कामलाई अझ सुधार गर्दै गति बढाउनका लागि निर्देशन दिने उनले […]