काठमाडौ, काठमाडौंको बौद्धस्थित एक रेष्टुरेण्टबाट अनलाइन जुवा खेलिरहेका ७४ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका(६ बौद्धस्थित प्लटिङ नजिक दोलखा घर भइ हाल बानेश्वर बस्ने सुभाष घिसिङले सञ्चालन गरेको रेष्टुरेन्टमा उनीहरु अनलाइन जुवा खेलिरहेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले उनीहरुको साथबाट ६ लाख १९ हजार २५० रुपैयाँ बरामद गरेको जानकारी दिए। […]
प्रदेश एकको समृद्धिका लागि इकोनोमिक समीट र योङ आन्टरप्रिनुअर्स सम्मेलन पनि हुने धरान । बाह्रखरी मिडियाले आगामी फागुन १३ र १४ अर्थात् फेब्रुअरी २५ र २६ मा प्रदेश १ को धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । आइतबार धरानस्थिति गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा मोरङ उद्योग […]
काठमाडौं- काठमाडौंको गुह्येश्वरीदेखि थापाथली पुलसम्मको बाग्मती नदी र सडकबीचको किनारामा दुवैतर्फ अनधिकृत रूपमा बनेका स्थायी तथा अस्थायी संरचना हटाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सात दिने अल्टिमेटम दिएको छ। समितिले नदी किनार छेउमा रहेका सुकुम्बासी बस्तीबाहेकका स्थायी संरचना हटाउन ७ दिने र अस्थायी संरचना हटाउन ३ दिने सार्वजनिक सूचना जारी गरेको हो। मठमन्दिर, देवालय, […]
विराटनगर, प्रदेश नम्बर १ सरकारले हाल कायम रहेका मन्त्रालय फुटाएर १२ पुर्याउने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्दै पारित गरेसँगै प्रदेशमा मन्त्रालय संख्या बढाउने भएको छ। मन्त्रिपरिषद् कार्यविभाजन नियमावली पारित गर्ने निर्णयबारे सरकारले औपचारिक जानकारी दिन भने बाँकी छ। आइतबार मन्त्रिपरिषद् बैठकपछि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सरकारले […]
काठमाडौं– वैदेशिक रोजगारका समस्यालाई तत्काल सम्बोधन गर्ने उद्देश्यले सरकारले ‘कल सेन्टर’ स्थापना गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आइतबार सिंहदरबारस्थित आफ्नै मन्त्रालय परिसरमा सेवाग्राहीको गुनासो सुनुवाइ गर्नेगरी कल सेन्टरको शुभारम्भ गरेका हुन्। मन्त्रालयका अनुसार कल सेन्टरमार्फत सेवाग्राहीको गुनासो तत्काल सुनुवाइ गर्न ११४१ अर्थात् १६६००१५०००५ निःशुल्क टेलिफोनको व्यवस्था गरिएको छ। वैदेशिक रोजगार बोर्डको […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६२ जनामा कोरोना संक्रमण भएको छ । ६४० जनाको पीसीआर परीक्षण गर्दा २२४ र ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९५, झापामा ५५, सुनसरीमा ४०, उदयपुरमा ३, इलाममा २, ताप्लेजुङ, तेहृथुम, […]
विराटनगर, नेपाली कांँग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताएका छन्। विराटनगरस्थित कोइराला निवासमा आइतबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले यो निर्वाचन कुनै बहानामा सार्न नहुनेमा जोड दिए। उनले सरकारले निर्वाचनका विषयमा सिधै निर्वाचन आयोगसँग छलफल गरी टुङ्गो लगाउनुपर्ने तर्क गर्दै ऐन कानुन परिवर्तन गरेर […]
धरान, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका एक जनाको शनिबार राति र अर्का एक जनाको आइतबार बिहान मृत्यु भएको हो । १४ माघमा कोरोना पुष्टि भएपछि अस्पतालमा भर्ना भएका सप्तरीको राजविराज-१५ का ७५ वर्षीय पुरुषको […]
काठमाडौ, नेपाल कम्युनिष्ट पार्टीले अध्यक्ष ऋषिराम कट्टेललाई पार्टीबाटै निष्कासन गरेको छ । पार्टीको अहितमा काम गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले कट्टेललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो । अध्यक्ष कट्टेललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्दै कार्यबाहक अध्यक्षको जिम्मेवारी लोकनारायण सुवेदीलाई दिइएको नेपाल कम्युनिष्ट पार्टीले १३ माघमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ […]
सर्लाही, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जङ्गलमा शनिबार राति रात्रिबस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । सिरहाको बरियारपट्टीबाट काठमाडौंका लागि छुटेको ना ७ ख ७५३ नम्वरको रात्रिबस शनिबार राति ९ बजे ईश्वरपुर नगरपालिका–१२, बाँके जङ्गलस्थित राजमार्गमा ना २९ प ४४९८ नम्वरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् […]