विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोना संक्रमण भएको छ । ३९४ जनाको पीसीआर परीक्षण गर्दा १४५ र ७८९ जनाको एन्टिजेन परीक्षण गर्दा २५२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८३, सुनसरीमा ४२, धनकुटा र झापामा ५–५, उदयपुर, संखुवासभा र पाँचथरमा १–१ […]
भैरहवा, निर्माण सुरु भएको ७ वर्षमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य लगभग पूरा भएको छ। विमानस्थलमा पूर्वाधार निर्माण तथा उपकरण जडान सकिएको र केही प्राविधिक काम भइरहेको नेपाल नागरिक उड्यन प्राविधकरणले जनाएको छ। आउँदो बुद्धजयन्तीको दिन विमानस्थल उद्घाटन गर्ने तयारी प्राधिकरणले गरेको छ। त्यसअघि नै परीक्षण उडान भइसक्ने नागरिक उड्यन प्राधिकरणका प्रवक्ता देउचन्द्रलाल कर्णले […]
बुटवल- भारतीय अतिक्रमणको सिकार बनेको नवलपरासी पश्चिम सुस्ता क्षेत्रमा मापदण्ड विपरीत सडक निर्माणलाई तीव्रता दिइएको छ। नेपाल /भारतको दशगजा क्षेत्रबाट करिब २५ मिटर पर पानीको प्राकृतिक बहाव रोक्ने गरि ६ फिट अग्लो उचाइ बनाएर धमाधम सडक निर्माण भइरहेको हो। यही आधारमा सडक बनेको खण्डमा नेपालको सुस्ता क्षेत्रका ४ गाउँपालिका डुबानमा पर्नेछन्। सुस्ता, प्रतापपुर, सरावल र […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६९३ जनामा कोरोना संक्रमण भएको छ । ८४१ जनाको पीसीआर परीक्षण गर्दा ३८३ र ८१० जनाको एन्टिजेन परीक्षण गर्दा ३१० जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १७६, सुनसरीमा ८७, झापामा ६६, उदयपुरमा १५, इलाम र धनकुटामा ६–६, […]
काठमाडौं – काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले उपत्यकाभित्र जारी सवारीमा जोर बिजोर प्रणालीको समीक्षा गर्ने भएका छन्। जोरबिजोर प्रणालीको चर्को विरोध तथा अभ्यासमा अव्यवहारिक देखिएपछि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले समीक्षा गर्न लागेको हो। बैठकले सवारीमा जोरबिजोर प्रणाली उपयुक्त नदेखिए हटाउने तयारीसमेत गरेको छ। चारै तिरबाट कुराहरू उठिरहेको छ। हामी बैठक बसेर […]
चितवन, सरकारसँग कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार गर्ने सम्झौता गरेको चितवन मेडिकल कलेजले कोरोना सङ्क्रमितसँग पनि पैसा लिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बिरामीसँग पनि पैसा लिएको भए उजुरी गर्नुस् भनी सार्वजनिक सूचना प्रकाशन गरेपछि उपचार गराएका सङ्क्रमितले उजुरी दिएका छन् । आइतबार प्रशासनले सूचना सार्वजनिक गरेपछि कोरोना सङ्क्रमितले बुधबार जिल्ला प्रशासन कार्यालयमा […]
सर्लाही, सर्लाहीको हरिवनमा उखु बोकेको ट्रयाक्टरमा रात्री बस ठोक्किँदा २४ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। गएराति भैरहवाबाट विराटनगर जाँदै गरेको लु २ ख ४७५७ नम्बरको बस हरिवन- ९ सुखेपोखरीमा बिग्रिएर रोकी राखेको उखु लोड गरेको ज २ त ७८१ नम्बरको ट्रयाक्टरमा ठोक्किँदा दुर्घटना भएको […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८०९ जनामा कोरोना संक्रमण भएको छ । १०७४ जनाको पीसीआर परीक्षण गर्दा ४८५ र ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा ३२४ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८६, सुनसरीमा १३६, झापामा ७०, धनकुटामा १०, इलाममा ३, संखुवासभा र […]
काठमाडौं– राष्ट्रियसभाको बैठक माघ १७ गते बस्ने भएको छ। राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१) अनुसार बैठक माघ १७ गतेका लागि तोकिएको हो। संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार माघ १७ गते सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। यसअघि माघ २ गते बैठकको मितिका लागि सूचना सार्वजनिक गर्ने बताइएको […]
काठमाडौं– काठमाडौंको शंखरापुर नगरपालिकामा निसास्सिएर पतिपत्नीको मृत्यु भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार शंखरापुर नगरपालिका–३ मा बुधबार राति दम्पतीको मृत्यु भएको हो। मृत्यु हुनेमा ५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमार थिङ छन्। दुवैको शव घरको कोठामा फेला परेको थियो। राति जाडो भएकाले हिटर बालेर सुतेकाले उनीहरूको निसास्सिएर मृत्यु भएको महानगरीय प्रहरी वृत्त […]