Sajhamanch Archive

मधेश प्रदेशमा मतदान स्थल अगाडि जनमत पार्टीका नेताकार्यकर्ता र प्रहरीबीच झडप

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on मधेश प्रदेशमा मतदान स्थल अगाडि जनमत पार्टीका नेताकार्यकर्ता र प्रहरीबीच झडप.

जनकपुर, मधेश प्रदेशको राष्ट्रिय सभा निर्वाचनको मतदान स्थल अगाडि सिके राउत नेतृत्वको जनमत पार्टीका नेताकार्यकर्ता र प्रहरीबीच झडप भएको छ। ‘पहिला किसानलाई मल देउ, त्यसपछि मतदान गर ’ भन्दै जनमतका नेता कार्यकर्ता बिहानैदेखि प्रदर्शनमा उत्रेका छन्। जनकपुरधाम स्थित महेन्द्रनारायण निधि प्रतिष्ठानको भवनमा निर्वाचन हुनुपूर्व जनमतका नेता कार्यकर्ता लाठीभाटासहित प्रवेश गर्न खोजेपछि झडप भएको हो। सो […]

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुग्यो, १० वर्षमा २७ लाखले बढ्यो

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुग्यो, १० वर्षमा २७ लाखले बढ्यो.

काठमाडौ, नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । यो वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको बुधबार तथ्यांक विभागले जानकारी दिएको हो । पुरुषको संख्या महिलाको तुलनामा कम छ । ६८ सालको असार महिनामा नेपालको जनसंख्या २ करोड ६४ […]

राष्ट्रियसभा सदस्यका लागि मतदान जारी, मत परिणाम आजै सार्वजनिक हुने

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राष्ट्रियसभा सदस्यका लागि मतदान जारी, मत परिणाम आजै सार्वजनिक हुने.

काठमाडौं- राष्ट्रियसभा सदस्यका लागि रिक्त १९ पदका लागि मतदान सुरु भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान सुरु भएको जानकारी दिए। सातवटै प्रदेशमा मतदान सुरु भएको हो। निर्वाचनको मत परिणाम आजै सार्वजनिक गरिने आयोगले जनाएको छ। प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन सम्पन्न भएर आजै मत परिणाम सार्वजनिक गर्ने आयोगको तयारी रहेको बताए। ‘हामीले साँझसम्म […]

प्रदेश १ मा १०१६ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १०१६ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ६९० र ९०५ जनाको एन्टिजेन परीक्षण गर्दा ३२६ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३०२, सुनसरीमा २०७, झापामा १२८, धनकुटामा ८, […]

लुम्बिनीको सभाहल निर्माण अन्तिम चरणमा, बुद्धजयन्तीमा उद्घाटन गर्ने तयारी

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on लुम्बिनीको सभाहल निर्माण अन्तिम चरणमा, बुद्धजयन्तीमा उद्घाटन गर्ने तयारी.

भैरहवा, बुद्ध जन्मस्थल लुम्बिनीमा पाँच हजार मानिस अट्ने सभाहल र ध्यान केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । लुम्बिनी विकास कोषले आगामी जेठ २ गते बुद्धजयन्तीका दिन ध्यान केन्द्रको उद्घाटन गर्ने गरी काम अगाडि बढाएको जनाएको छ । “अब ध्यान केन्द्रमा ल्याण्डस्केपिङ र बाउन्ड्री वालको काम मात्र बाँकी छ, यो काम पनि चालू अवस्थामा […]

महामारीले चिनियाँ नाका ठप्प, सामान आयात निर्यातमा समस्या

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on महामारीले चिनियाँ नाका ठप्प, सामान आयात निर्यातमा समस्या.

सिन्धुपाल्चोक, कोरोना महामारीले तातोपानी नाकाबाट हुने व्यापारमा समस्या भएको छ । चिनियाँ पक्षले महामारी र विपद् देखाएर एकतर्फी ढंगले नाका खोल्ने र बन्द गर्ने गर्दा व्यापारमा समस्या भएको हो । तातोपानी र केरुङ नाकामा समस्या देखिएपछि व्यवसायी व्यापारबाटै पलायन हुने क्रम बढेको छ । दुबै नाकामा विभिन्न बहानामा चीनले न्यून रुपमा मात्रै कारोबार गर्दे आएको […]

सामुहिक बलात्कार घटनाको अधिकारकर्मीद्वारा अनुगमन

Published: in प्रदेश तह, समाज by . Leave a Comment on सामुहिक बलात्कार घटनाको अधिकारकर्मीद्वारा अनुगमन.

विराटनगर । मोरङको सुन्दरहरैंचा–४ बलियामा गत शुक्रबार ३१ वर्षीया महिला सामुहिक बलात्कारमा परेको घटनाका विषयमा इन्सेक प्रदेश १, कार्यालय विराटनगरसहित अधिकारकर्मीको टोलीले आज पीडित र पीडित पक्षसँग भेट गरी घटनाका विषयमा अनुगमन गरेको छ । सामुहिक बलात्कार घटनामा पीडित महिलाको स्वास्थ्य अवस्थाका बारेमा अधिकारकर्मीहरूले कोशी अस्पतालमा पुगेर पीडितको अवस्थाका बारेमा जानकारी लिएका छन् । पीडितको […]

प्रदेश १ मा १२८३ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १२८३ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २८३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ८४६ र ९८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३६७, सुनसरीमा २४२, झापामा १६८, धनकुटामा ७, […]

हिमपातले सिमकोट विमानस्थलमै रोकिए सीता एयरका दुई जहाज

Published: in प्रदेश तह, समाज, by . Leave a Comment on हिमपातले सिमकोट विमानस्थलमै रोकिए सीता एयरका दुई जहाज.

हुम्ला,  हुम्लामा आइतबार दिउँसोबाट हिमपात सुरु भएपछि सीता एयरका दुई वटा जहाज सिमकोट विमानस्थलमै रोकिएका छन् । खाद्यन्न ढुवानी गरि रहेका दुई जहाज हिमपात र बाक्लो कुहिरोका कारण सिमकोट विमानस्थलमै रोकिएका हुन् । सुर्खेतबाट खाद्यान्न ढुवानी गरेर सिमकोट विमानस्थलमा अवतरण गरेलगत्तै हिमपात सुरु भएपछि सीता एयरका दुई वटा जहाज विमानस्थलमै रोकिएको नागरिक उड्डयन प्राधिकरण सिमकोट […]

नोबेल मेडिकल कलेजमा विद्यार्थी र प्रशासनबीच झडप

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on नोबेल मेडिकल कलेजमा विद्यार्थी र प्रशासनबीच झडप.

मोरङ । नोबेल मेडिकल कलेज विराटनगरले अतिरिक्त शुल्क लिएपछि त्यसको विरोधमा उत्रिएका आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनबीच झडप भएको छ । नोबेल मेडिकल कलेजले एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीसँग अतिरिक्त शुल्क लिएपछि विभिन्न राजनीतिक संगठनसहित विद्यार्थीहरूले आन्दोलन गर्दैआएका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी)को भ्रातृ संगठन अनेरास्ववियू, समाजवादी विद्यार्थी यूनियन […]