काठमाडौं– नेपाली कांँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न निर्वाचनमा कांँग्रेसले बहुमत प्राप्त गर्ने बताएका छन्। नेपाली कांँग्रेस झापाले आइतबार बिर्तामोडमा आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा महामन्त्री शर्माले अबको निर्वाचनमा कांँग्रेसले बहुमत प्राप्त गर्ने र कांग्रेसले प्रधानमन्त्री पाउने दाबी गरेका हुन्। कांँग्रेसकै प्रधानमन्त्री बनाउँदा पाँच वर्ष प्रधानमन्त्री टिकाउन सकिएला कि नसकिएला भन्ने चिन्ता व्यक्त गरेका शर्माले ७० […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली आज संखुवासभा जाँदैछन् । उनले सदरमुकाम खाँदबारीमा आयोजित जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नेछन् । ओलीले चीनसँगैका सिमावर्ती जिल्ला संखुवासभा-किमाथाङका नाकासम्मको सडक सञ्जालको अवस्था, अरुण तेस्रो जलविद्युत परियोजना निर्माणको अवस्था लगायतका विकास निर्माणको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ । संखुवासभा एमाललेले आज र भोलि आठौं जिल्ला अधिवेसन […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना संक्रमण भएको छ । २९३ जनाको पीसीआर परीक्षण गर्दा ४९ र १३३ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३७, झापामा ५, सुनसरीमा ४, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ […]
झापा, नेकपा एमालेका अध्यक्ष केपी ओली अहिले गृहजिल्ला झापामा व्यस्त छन्। उनी झापा पुगेर विभिन्न संरचना उद्घाटनदेखि भेटघाटमा लागिरहेका छन्। उनले आइतवार भद्रपुर पुगेर नेपाल निजामती कर्मचारी संगठनको भवन उद्घाटन गरे। त्यसपछि उनले झापाकै झिलझिलेस्थित वाटर किङडम पार्कको उद्घाटन गरेका छन्। उनी त्यसक्रममा बग्गी चढेर उक्त पार्कमा पुगे। ओलीलाई झापास्थित पूर्वपश्चिम राजमार्गको झिलझिलेबाट वाटर किङ्डमसम्म […]
झापा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकार आफ्नो भ्रष्टाचार छोप्न नारायणहिटी प्रकरणमा नक्कली ज्वाइँ खडा गर्न खोजिरहेको आरोप लगाएका छन् । गृहजिल्ला झापा आएका ओलीले राष्ट्रसेवक सहकारी संस्थाको कार्यक्रममा सरकारले नारायणहिटी कप्लक्कै खाइसकेको टिप्पणी गरे । नारायणहिटी संग्रहालयमा क्याफे संचालनसम्बन्धी ठेक्का पाएको बतास समूहलाई सरकारको संरक्षण रहेको भन्दै उनले अहिले आफ्नो भ्रष्टाचार छोप्न बतासलाई […]
काठमाडौं। नेकपा (एमाले)को अधिवेशन भएका ६१ मध्ये २८ जिल्लामा नेतृत्व चयन भएको छ। २ जिल्लामा निर्वाचनमार्फत र अन्यमा सर्वसम्मत अध्यक्ष चयन भएको छ। अध्यक्ष बाहेकका पदमा भने कतिपय जिल्लामा निर्वाचन भइरहेको छ। कपिलवस्तु र पश्चिम नवलपरासीमा चुनावी प्रतिस्पर्धाबाट अध्यक्ष निर्वाचित भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ । अध्यक्ष चयन भएका जिल्लाहरू झापा– दीपक कार्की मोरङ– […]
झापा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू नेतृत्वको सरकारलाई असहयोग गर्न नेपाली कांँग्रेसले कर्मचारीहरुलाई उर्दी जारी गरेको दाबी गरेका छन्। गृहजिल्ला झापाको चन्द्रगढीमा नेपाल निजामती कर्मचारी संगठनको भवन आइतवार उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। कांँग्रेसले लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध लाग्न कर्मचारीलाई निर्देशन दिएको दाबी पनि उनले गरेका छन्। ‘तानाशाहीविरुद्ध असहयोग केही […]
सिमिकोट- लगातारको हिमपातले हुम्लाको तापक्रम माइनस १२ डिग्रीसेल्सिएसभन्दा तल झरेको छ। शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ। एक फिट जमेको हिउँले स्थानीयवासी घर बाहिर निस्कन सकेका छैनन्। हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले जानकारी दिए। उनले भने, ‘यस वर्षकै ठूलो हिमपात भयो […]
धादिङ, यहाँ निर्माण भएको हुवासिन सिमेन्ट उद्योगले शनिबारदेखि परीक्षण उत्पादन सुरु गरेको छ । हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलका अनुसार उद्योगको ‘क्लिन मेसिन फायर’ गरेर उत्पादन थालनी गरिएको छ । चिनियाँ कम्पनी हुवासिन सिमेन्ट कम्पनीले आफ्नो उत्पादन गरेको ११५ वर्ष मनाइरहेको समयमा नेपालमा सोही ब्रान्डको सिमेन्ट उत्पादन सुरु गरेको हो । धादिङ जिल्लाको बेनीघाट […]
ललितपुर, ललितपुर महानगरपालिकाले पर्यटक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई निःशुल्क सेवा दिने गरी विद्युतीय सवारीसाधन सञ्चालन गर्ने भएको छ । अन्य व्यक्तिका लागि भने सःशुल्क सेवा प्रदान गरिने भएको छ । “ललितपुर महानगरपालिकाले साझा यातायातसँग समन्वय गरेर विद्युतीय सवारीसाधन सञ्चालन गर्नेछ”, महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भने, “स्थानीय तहले विद्युतीय बस सञ्चालन गर्नेमा ललितपुर महानगरपालिका पहिलो […]