जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको आन्दोलन आज १३औँ दिन पनि जारी छ । बिहीबार जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले कृषि सामग्री बोकर प्रदेश २ को जिल्लाहरूमा प्रर्दशन गरेका छन् । किसानको मुद्दालाई सरकारले सम्बोधन गर्नुपर्ने भन्दै प्रर्दशन गरिएको राउतको सचिवालयले जनाएको छ । उनीहरू हलो, कोदालो र लठ्ठी बोकेर सरकारविरुद्ध प्रर्दशनमा उत्रिएका […]
ढल्केवर, धनुषास्थित मिथिला नगरपालिकाले माटोमा सुधार ल्याउन किसानलाई कृषि चुन वितरण गरेको छ । परीक्षणको नतिजाअनुसार नगरपालिकाभित्रको खेतियोग्य ६५ प्रतिशत माटो बिग्रिएको अवस्थामा पाइएपछि माटोमा सुधार ल्याउन किसानलाई कृषि चुन वितरण गरिएको हो । पछिल्लो समय माटोको उर्वराशक्ति घट्दै गएकाले माटो उपचारका लागि ७५ प्रतिशत अनुदानमा ५० किलोग्रामका दरले चार हजार नौ सय किसानलाई कृषि […]
हुम्ला, यसवर्ष हुम्ला जिल्लामा तेस्रो पटक हिमपात भएको छ । बुधवार बेलुकाबाट आकाश खुले पनि बिहीबार बिहानबाट हिमपात भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले बिहानैबाट जिल्लाभर हिमपात भएको बताए । उनले बिहीबार दिउँसोसम्म आधा फिट हिउँ जमेको बताए । हिमपात भइरहेको कारण चिसो निक्कै बढेको बताउँदै उनले जनजीवन भने प्रभावित भएको जानकारी […]
झापा- झापामा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ। घटनामा परी थप १२ घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा झापाको मेचिनगर-८ का ४५ वर्षीय सारद राजवंशी रहेका छन्। उनको उपचारका क्रममा एन्जल मेडिकल धुलाबारीमा मत्यु भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा लेखनाथ तिमल्सिना, गोविन्द प्रसाद राजवंशी, दिपेन्द्र कार्की, चन्दन गौतम, […]
विराटनगर- प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको गाडी प्रयोग गरिरहेका छन्। प्रदेश सरकारले पूर्वमुख्यमन्त्रीहरुका लागि कुनै पनि सुविधाको निर्णय गरेको छैन्। तर, मुख्यमन्त्री राईले पदवाट भदौ १० गते राजीनामा दिएपनि आर्थिक मामिला तथा योजना मन्त्रालयको को १ झ ५६५ नम्वरको गाडी प्रयोग गरिरहेका हुन्। तात्कालीन आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोलाई पदबाट […]
काठमाडौँ, सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपियाँ तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त मूल्य निर्धारण गरेको हो । यसमा सरकारले दिने अनुदान प्रतिक्विन्टल ७० रुपियाँसमेत जोडिएको कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले जानकारी दिए । यो मूल्यमा चिनी उद्योगीले किसानलाई दिने मूल्य प्रतिक्विन्टल ५२० रुपियाँ हो जसमा उखुको न्यूनतम लागत ३८२ रुपियाँ, ढुवानी […]
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले सवै जातजाती मिलेरे भाषा संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । मातृभाषा हराउँदै गएको भन्दै उनले भाषा संरक्षणमा जोड दिएका हुन् । भाषा आयोगद्धारा घोषित प्रादेशिक भाषा मैथली र लिम्वु संवन्धि अन्र्तक्रिया कार्यक्रममा मन्त्री यादवले पछिल्लो समय मातृभाषाको प्रयोग घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे । मातृभाषाको […]
जनकपुर, अत्यधिक चिसो र शीतलहरका कारण कठ्यांग्रिएर उनीहरुको मृत्यु भएको चिकित्सकले बताएका छन्। मृत्यु हुनेमा सप्तरीको महादेवा गाउँपालिका ४ का ६५ वर्षीय देवनारायण ठाकुर र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ की ६० वर्षीया समुद्रीदेवी यादव छन्। यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवले जानकारी दिए। चिसोले कठ्याङ्ग्रिएका ठाकुरको […]
पाल्पा – जिल्ला अस्पतालमा आकस्मिकबाहेकको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो । निमित्त मेडिलकल सुपरिटेन्डेण्टसहित १० कर्मचारीको पिसीआर परीक्षण गर्दा नौ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिए। अस्पतालले सूचना जारी गर्दै सुत्केरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र सिफारिसबाहेकका […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना संक्रमण भएको छ । ३३३ जनाको पीसीआर परीक्षण गर्दा १२ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८, झापा र सुनसरीमा २–२ जनामा संक्रमण भएको हो । मोरङको […]