Sajhamanch Archive

प्रदेश १ मा राष्ट्रियसभा निर्वाचनका लागि आठ जनाले गराए उम्मेदवारी दर्ता

Published: in प्रदेश तह, राजनीति, by . Leave a Comment on प्रदेश १ मा राष्ट्रियसभा निर्वाचनका लागि आठ जनाले गराए उम्मेदवारी दर्ता.

विराटनगर, राष्ट्रियसभा सदस्य पदका लागि प्रदेश १ मा नेकपा एमाले, सत्तारुढ गठबन्धन र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट आठ जनाले उम्मेदवारी दर्ता गराएका छन् । चार वर्षे कार्यअवधि पूरा भएपछि रिक्त हुने राष्ट्रिय सभाका तीन सदस्यका लागि माघ १२ गते निर्वाचन हुँदैछ । मंगलबार सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका गोपाल बस्नेत, एकीकृत समाजवादीकी जयन्ती राई र […]

पार्टीलाई एकढिक्का बनाउन सबैको सहयोग आवश्यक : प्रधानमन्त्री देउवा

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on पार्टीलाई एकढिक्का बनाउन सबैको सहयोग आवश्यक : प्रधानमन्त्री देउवा.

धरान, प्रधानमन्त्री एवं नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । प्रधानमन्त्री देउवा धरान–२ मा नवनिर्मित नेपाली कांँग्रेसको क्षेत्र नं १ को पार्टी कार्यालय उद्घाटन गरेपछि आयोजित समारोहलाई सम्बोधन गर्दै उनले नेपाली कांँग्रेस पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने र यसका लागि देशैभरिका सबै कार्यकर्ताको सहयोग आवश्यक रहेको बताए । […]

प्रधानमन्त्री देउवा धरान जाने भएपछि, उपमहानगरले दियो सार्वजनिक बिदा

Published: in प्रदेश तह, शिक्षा, समाज, by . Leave a Comment on प्रधानमन्त्री देउवा धरान जाने भएपछि, उपमहानगरले दियो सार्वजनिक बिदा.

काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवा आज धरान जाने भएका छन् । ‘धरान डे’ मा सहभागी हुन उनी बिहान १० बजे हेलिकोप्टरमार्फत धरान जान लागेका हुन् । प्रधानमन्त्री देउवा धरान स्थापना दिवसका अवसरमा आज पब्लिक हाइस्कुलमा हुने कार्यक्रम सहभागी हुनेछन् । दिवसका अवसरमा आज धरान उपमहानगरपालिकाले सार्वजनिक बिदासमेत दिएको छ । साथै, देउवाले कांग्रेस सुनसरी क्षेत्र नम्बर […]

चिसो बढेसँगै पर्साका तीन पालिकाका विद्यालय बन्द

Published: in प्रदेश तह, शिक्षा, by . Leave a Comment on चिसो बढेसँगै पर्साका तीन पालिकाका विद्यालय बन्द.

वीरगञ्ज– तराईमा चिसो बढेपछि शीतलहर सुरु भएको छ। शीतलहर सुरु भएकाले पर्साका ३ स्थानीयतहले विद्यालयमा पठनपाठन बन्द गरेका छन्। पछिल्लो पटक जिल्लाको ठोरी र धोविनी गाउँपालिकाले निजी तथा समुदायिक विद्यालयमा पुस २४ गतेसम्मका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेका हुन्। जिराभवानी गाउँपालिकाले यसअधि नै पठनपाठन बन्द गराइसकेको छ। शीतलहरले गर्दा स्वास्थ्यमा प्रतिकूल समस्या नपरोस् भन्दै […]

प्रदेश १ मा २७ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २७ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७ जनामा कोेरोना संक्रमण भएको छ । ४२३ जनाको पीसीआर परीक्षण गर्दा २५ र १०२ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३, सुनसरीमा ४, झापामा ३, उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ […]

पार्टीमा गुट र भागबण्डा केही हुन दिन्नौं : महामन्त्री थापा

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on पार्टीमा गुट र भागबण्डा केही हुन दिन्नौं : महामन्त्री थापा.

अर्घाखाँची- नेपाली कांँग्रेसका महामन्त्री गगन थापाले पार्टीमा गुट र भागबण्डा हुन नदिने बताएका छन्। पार्टी प्रवेश कार्यक्रमका लागि अर्घाखाँचीको पाणिनी गाउँपालिका पुगेका उनले भने, ‘पार्टी हामी गुट भागबण्डा केही हुन दिन्नौं। सिंगो कांँग्रेस बनाएर चलाउँछौं।’ पार्टीको झगडाले देशलाई अप्ठ्यारो परिरहेको बताउँदै त्यस्तो हुन नदिन आफू कटिबद्ध रहेको बताए। उनले आफू अर्घाखाँची आउँदा पार्टी सभापति शेरबहादुर […]

खुल्यो दार्चुला–तिङ्कर सडकमा ७५० मिटर ट्रयाक

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on खुल्यो दार्चुला–तिङ्कर सडकमा ७५० मिटर ट्रयाक.

काठमाडौँ, महाकाली करिडोर अन्तर्गत दार्चुला–तिङ्कर सडकमा ७५० मिटर ट्र्याक खुलेको छ । सरकारले सेनालाई ७५ किमी ट्र्याक खोल्न जिम्मेवारी दिएकोमा गत मङ्सिर मसान्तसम्ममा चार मिटर चौडाइको सो सडक खुलाइएको हो । महाकाली नदी किनारै किनार र केही भित्री भाग हुँदै निर्माण हुने सो सडक निर्माणले स्थानीयवासीको जनजीवन सजिलो हुने अपेक्षा गरिएको छ । सरकारले गतवर्ष […]

सामाजिक विकास मन्त्री यादवद्धारा स्वास्थ्य कार्यालय र अस्पतालको अनुगमन

Published: in प्रदेश तह, समाज by . Leave a Comment on सामाजिक विकास मन्त्री यादवद्धारा स्वास्थ्य कार्यालय र अस्पतालको अनुगमन.

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले स्वास्थ्य कार्यालय पाँचथर र जिल्ला अस्पतालको अनुगमन गरेका छन् । स्वास्थ्य कार्यालयको आज अनुगमन पछि उनले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको तयारीका लागि निर्देशन दिए । उनले कोरोनाको पहिलो र दोस्रो लहर भएको तयारीबारे पनि जानकारी लिएका थिए । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख तेजबहादुर तुम्वापोले पहिलो […]

प्रदेश १ मा ९ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ९ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना संक्रमण भएको छ । २६९ जनाको पीसीआर परीक्षण गर्दा ८ र ९४ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २, झापा र सुनसरीमा १–१, प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको […]

स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन सकिएन

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन सकिएन.

काठमाडौं, सरकारले गत सोमबार पाँच लाख ६८ हजार ३१९ जनालाई कोरोनाविरुद्धको खोप लगाउँदा प्रधानमन्त्री शेरबहादुर देउवाले बढी खोप लगाएकोमा बधाई दिएका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोही दिन उत्साहित हुँदै सूचना निकाली १५ दिनसम्म हरेक दिन पाँच लाख जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य सार्वजनिक गरेको थियो । सरकारले पुसभित्र ६६ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउनलाई उक्त […]