काठमाडौं , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सौर्य एयरलाइन्सकी एक महिला कर्मचारी स्रोत नखुलेको ५० लाख नगदसहित पक्राउ परेका छन् । सौर्य एयरलाइन्सको असिस्टेन्टको रूपमा कार्यरत रेखा शाक्य पोखरेललाई विमानस्थल प्रहरीले स्रोत नखुलेको ५० लाख रुपैयाँसहित पक्राउ गरेको हो । शनिबार दिउँसो विराटनगरबाट काठमाडौं आएको एसएयू ७२४ नम्बरको उडानमा स्रोत नखुलेको रकम आएको सूचनापछि सादा पोसाकमा प्रहरी […]
पाल्पा, पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा आइतबार भउको बस दुर्घटना परी सात जनाको मृत्यु भएको छ। मलामी बोकेर जाँदै गरेको बस दुर्घटना हुँदा अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पल्पाका प्रहरी उपरीक्षक (एसपी) सन्तोषकुमार भट्टराईले बताए। आफू घटनास्थलतर्फ जाँदे गरेको उनको भनाइ थियो। घटनाको विस्तृत विवरण तथा दुर्घटनाको कारण खुल्न बाँकी रहेको उनले बताए। […]
सुर्खेत, राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुद्देश्यीय आयोजनाको पहिलो चरणको करिब १२ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ । बाँध र पावर हाउस निर्माणको दोस्रो चरणको काम तीव्र गतिमा भइरहेको छ । आयोजनाका अनुसार हालसम्म करिब ४९.५ प्रतिशत भौतिक प्रगति भएको छ । तेस्रो चरणमा हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलको काम हुनेछ । हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल निर्माणको […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । १८८ जनाको पीसीआर परीक्षण गर्दा १२ र १०२ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९, झापामा २ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको […]
दमक । ‘स्पाईनल ईन्जुरी’ अर्थात मेरुदण्डको पक्षघात भएकाहरुबीच झापाको दमकमा मैत्रीपुर्ण बास्केटबल प्रतियोगिता भएको छ । लायन्स क्लव अफ झापा दमक र रोटरी क्लव अफ दमकको संयुक्त आयोजनामा शनिबार दमकमा यस्तो प्रतियोगिता भएको हो । कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीले आफूले ह्विल चियरमा बसेर बास्केटवल खेलेको पहिलो चोटी देखेको भन्दै यो आत्मविश्वासलाई […]
जनकपुर, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारणले थला परेको जनकपुरको पर्यटन क्षेत्र अहिले नयाँ वर्षमा भरिभराउ भएको छ। अंग्रेजी नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकहरुको घुइचो लागेको छ। भगवानको दर्शन र पूजापाठ गरेर नयाँ वर्षको सुरुआत सुखमय होस् भन्ने अभिलाषाका साथ जनकपुरमा पर्यटकहरु भरिएको छ। शनिबार बिहानैदेखि जनकपुरको जानकी मन्दिर, राममन्दिर लगायतका धार्मिक मठमन्दिरहरुमा […]
चितवन । सन्तुलित आहारका लागि अण्डा महत्वपूर्ण खाद्यवस्तु हो । यो सस्तो र सर्वसुलभ पाउन सकिन्छ । काखे बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि अण्डा लाभदायी मानिन्छ । जुनसुकै रोगका बिरामीका लागि पनि पोषणमा अण्डा दिने गरिन्छ । नेपालजस्तो विकासोन्मुख राष्ट्रमा कुपोषणका कारण बर्सेनि धेरैले अकालमा ज्यान गुमाउने गर्दछन् भने कतिपय बिकलाङ्ग भएर जीवनयापन गरिरहेका छन् । फिजिसियन […]
हेटौँडा, मकवानपुरको दामन–सिमभञ्ज्याङ क्षेत्रमा भएको बाक्लो हिमपातपछि अवरुद्ध त्रिभुवन राजपथ बिहीबार साँझबाट नियमित सञ्चालन भएको छ । बुधबार बिहानदेखि त्यस क्षेत्रमा भएको बाक्लो हिमपातका कारण त्रिभुवन राजपथ भएर आवतजावत गर्ने सवारीका साधन ठप्प थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हिमपातपछि दामन–सिमभञ्ज्याङ क्षेत्रको सडकमा हिउँ पन्छाएपछि बिहीबार साँझबाट सवारीसाधन सञ्चालनमा आएको जनाएको छ । बुधबार दिउँसो हावा चलेका कारण […]
विराटनगर । प्रदेश १ सरकारले नियमावली नै खारेज गरेर पदमुक्त गरिएका प्रादेशिक संचार प्रतिष्ठान प्रदेश १ का कार्यकारी निर्देशक यज्ञ शर्मालाई पदबाट मुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले प्रदेश १ सरकारका नाममा अन्तरिम आदेश दिएको छ । बुधबार उच्च अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोशी थारुको एकल इजलासले शर्मालाई प्रादेशिक सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकबाट […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रण भएको छ । ३३५ जनाको पीसीआर परीक्षण गर्दा ९ र १११ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ४, सुनसरी र झापामा २–२, उदयपुरमा १ जनामा संक्रमण भएको हो । […]