विराटनगर । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले कोशी कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमितसंग प्रत्यक्ष भेटघाट गरी अवस्थाबारे जानकारी लिएका छन् । पिपिई पोसाक लगाएर चिकित्सक टोलीसँगै को भिड अस्पतालको एचडियु र आइसियु वार्ड भित्र गई मन्त्री कार्कीले उपचारमा उपलब्ध सेवाबारे संक्रमितबाट जानकारी लिएका हुन् । प्रदेश सरकारले संचालन गरेको […]
सुर्खेत – बाँकेको नेपालगञ्जस्थित कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखा मेडिकल स्टोरको क्वार्टरमा निसास्सिएर चार जनाको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका – १० मा रहेको भेरी अस्पतालमा कार्यरत कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका कालिकोट खाँडाचक्र नगरपालिका – ६ का २४ वर्षीय धनप्रसाद भट्टराईसहित चार जना स्टोरको क्वार्टरमा मृत भेटिएको प्रहरीले जनाएको छ । भट्टराईको […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना संक्रमण भएको छ । ३०५ जनाको पीसीआर परीक्षण गर्दा ८ र ७८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र झापामा ३–३ र सुनसरीमा २ जनामा संक्रमण देखिएको हो । मोरङको […]
डडेल्धुरा – डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लाका उच्च भेगमा परेको हिमपातका कारण भीमदत्त राजमार्ग र जयपृथ्वी राजमार्ग अवरुद्ध बनेका छन् । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको हगुल्टे र साहुखर्क क्षेत्रमा रातिदेखि हिमपात भएपछि यातायात अवरुद्ध छ । हिउँ परेपछि तराई–पहाडका जिल्लाका लागि गुडेका सवारीसउाधन राजमार्गमै रोकिएका छन् । यात्रु बाटोमै अलपत्र परेको बताइएको छ […]
जनकपुर, प्रदेश २ को स्थायी राजधानी र नाम टुंग्याउन प्रदेशसभाका सभामुख सरोजकुमार यादवको सभापतित्वमा १६ सदस्यीय समिति गठन भएको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकले समिति गठन गर्ने प्रस्ताव पारित गरेको हो। बैठकमा सभामुख यादवले प्रदेशको राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव अध्ययन गर्न दलीय सहमतिको आधारमा समितिमा रहने सदस्यहरुको नाम, कार्यक्षेत्र, कार्यविधि र कार्यअवधि सहित […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । ३६५ जनाको पीसीआर परीक्षण गर्दा १२ र ९४ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०, झापा र सुनसरीमा १–१ जनामा संक्रमण भएको हो । मोरङको विराटनगरमा […]
रौतहट, रौतहटमा जन्ती लिएर घर फर्किदै गरेको गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । रौतहट, प्रहरी प्रवक्ता सुनिल मल्लका अनुसार बिआर ०५ पिए ६९५३ नम्बरको स्करपियो दुर्घटना भएको हो । विवाह सकेर घर फर्किने क्रममा गरुडा नगरपालिका- १ स्थित जयनगरमा स्करपियो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको हो । घाइते तीन […]
सुर्खेत- नेत्रविक्रम चन्द ’नेतृत्वको नेकपाका सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा‘ले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरेर शान्ति भंग गर्न खोजेको आरोप लगाएका छन्। सुर्खेतमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै विश्वकर्माले केपी ओली नेतृत्वको सरकारसँग तीनबुँदे सहमति गरे पनि पाँच महिनासम्म कार्यान्वयन नै नगरेको बताएका छन्। ‘हामीले सहमति गर्यौं, राज्यले बन्दी रिहा र मुद्दा फिर्ता लिएन। ओलीजीले पाँचरछ […]
सर्लाही, सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवास बजार क्षेत्रमा मङ्गलबार दिउँसो ३ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । प्रहरी भ्यानको ठक्करबाट ईश्वरपुर नगरपालिका–५, सखुबनी खुबलाल टोलका ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको घटनालाई लिएर आक्रोशित स्थानीयवासीले आन्दोलन चर्काएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले बुधबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । इलाका प्रहरी कार्यालय केशरगञ्जबाट पूर्व […]
धनगढी। बझाङबाट धनगढी आउँदै गरेको जीपमा प्रहरीले १६ किलो चरेस फेला पारेको छ। सोमबार राति ११ बजे बझाङबाट धनगढीतर्फ आउँदै गरेको से १ ज ७१८ नम्बरको जीपमा चेकजाँच गर्दा १६ किलो चरेस फेला परेको प्रहरीले बताएको छ। कैलालीको चुरे गाउँपालिका-५ बेल्चापलान भन्ने स्थानमा गरिएको चेकजाँचमा जीपको सिटमुनि लुकाइराखेको अवस्थामा उक्त मात्रामा चरेस फेला परेको जिल्ला […]