काठमाडौ, मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रुपमा किराँत समुदायले उधौली पर्व मनाउँदै छन् । किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउँदै छन् । लिम्बूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए । यो पर्वको पहिलो दिन […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण भएको छ । मोरङमा १० र झापामा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ७, रंगेली, धनपालथान र बेलबारीमा १–१ र झापाको शिवसताक्षीमा १ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आज २० जना कोरोना […]
पोखरा, नेकपा एमालेको कास्की जिल्ला अध्यक्षमा मोहनकुमार गुरुङ चयन भएका छन् । यअघिका अध्यक्ष कृष्ण थापा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएपछि अध्यक्ष पद स्वतः रिक्त भएको थियो । रिक्त अध्यक्षमा एमालेले तत्कालिन उपाध्क्ष गुरुङलाई चयन गरेको हो । गुरुङ गण्डकी प्रदेशसभा सदस्य समेत हुन् ।
मुग्लिन, मनकामनामा चार दिन केबलकार बन्द हुने भएको छ। स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मत गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गर्ने भएको हो। मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ। मर्मतसम्भार सकिएपछि पुस ८ गते बिहीबारबाट केबलकार सेवा नियमित […]
काठमाडौं, सरकारले आइतबारदेखि १२ वर्ष माथिका बालबालिकालाई कोरोना विरुद्धको खोप दिने भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ५७ जिल्लामा कोभिडविरुद्धको मोडर्ना खोप दिने भएको हो। १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पुस १४ सम्म खोप दिइनेछ। खोपको दोस्रो डोज माघ २ देखि १२ सम्म दिइने मन्त्रालयले जनाएको छ। सरकारी तथ्यांकअनुसार १२ देखि १७ वर्ष उमेर समूहको संख्या […]
विराटनगर । प्रदेश १ मा पछिल्ले २४ घण्टामा १६ जनामा कोरोना संक्रमण भएको छ । २५५ जनाको पीसीआर परीक्षण गर्दा १५ र १८९ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८, सुनसरीमा ४, झापामा २ र धनकुटामा १ जनामा संक्रमण देखिएको हो […]
काठमाडौं, नवनिर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा क्यालिब्रेसन उडानको समय केही पर सर्ने भएको छ । उडानको जिम्मा लिएको एरो थाई कम्पनीले नागरिक उडड्यन प्राधिकरणलाई मङ्सिर ६ गते सम्पर्कमा आएर आवश्यक प्रक्रियाका काम शुरु गर्ने जनाए पनि हालसम्म सम्पर्क नभएका उडान मिति पर सर्ने भएको हो । एरो थाई कम्पनीले क्यालिब्रेसन उडानका लागि काम शुरु गर्न […]
मान्म– बाढीपहिरोका करणले विस्थापित भएका कालिकोटको नरहरिनाथ गाउँपालिका–४ भाटगाउँ, खाती रुप्सा, पाङ र वडा नं ७ बागाछान्ना र घोडेसिल्ला गाउँमा रु चार करोड लागतमा १०१ घर निर्माण हुने भएको छ। विसं २०७७ साउनमा आएको बाढीपहिरोबाट विस्थापित घरपरिवारलाई चालु आर्थिक वर्षमा नै नरहरिनाथ गाउँपालिकाकोे वडा नं ४ को डाँडासुन्दर बस्तीमा १०१ घर निर्माण हुन लागेको हो। […]
बाँके, बाँकेको खजुरा गाउँपालिका–५, धनौली बजारनजिकै सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। माइक्रोबस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। खजुराबाट नेपालगन्जतर्फ जाँदै गरेको भे१ख ३३ ६० नम्बरको माइक्रोबसले विपरीत दिशाबाट आउँदै गरेको भे३प ५३ ६९ नम्बरको मोटरसाइकललाई गए राति करिब ९ बजे ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका कञ्चनपुरको दोधाराचाँदनी […]
खोटाङ, खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको छ। खोटाङलाई पूर्वी सहरसँग जोड्ने दिक्तेल-गाईघाट सगरमाथा राजमार्ग अन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका (लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका) ५ आँपटार जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको हो। गाईघाट(दिक्तेल सडक आयोजनाको ६८ लाखमा रेग्मी(भानुमती(चौधरी जेभीले मंसिर दोस्रो सातादेखि जडान सुरु गरेको अस्थायी बेलिव्रिज बिहीबारदेखि सञ्चालनमा […]