काठमाडौं- काठमाडौं महानगरपालिकाले मङ्सिर २७, २८ र २९ गते २७औं महानगर दिवस मनाउने भएको छ। सेवाग्राही सर्वेक्षण, ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप तथा स्वास्थ्य शिविर, विशेष सरसफाइ, खेलकुद र सांस्कृतिक कार्यक्रमसहित महानगर दिवस मनाउन लागेको हो। दिवसका अवसरमा ४० वटा बुथबाट सर्वेक्षण गरिने र १० वटा बुथबाट कोभिडविरुद्धको खोप सञ्चालन गरिने महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा ८–८ र सुनसरीमा एक जनामा संक्रमण देखिएको हो । झापाको […]
जनकपुरधाम, जनकपुरधाममा सप्ताहव्यापीरूपमा हर्षोउल्लासका साथ मनाइने विवाहपञ्चमी महोत्सवको पाँचौ दिन मंगलबार गंगासागर पोखरीमा मटकोर हुुँदैछ । त्रेतायुगमा भगवान श्रीराम र सीताको विवाह भएको स्मृतिमा जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव मनाइन्छ । विवाहपञ्चमी महोत्सवअन्तर्गत आज पाचौँ दिन जानकीको मटकोर विधि हुनेछ । आज हुने मटकोर विधि गंगासागर पोखरीमा हुनेछ । हिजो चौथो दिन तिलकोत्सव विधि धुमधामका […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना संक्रमण भएको छ । ५०८ जनाको पीसीआर परीक्षण गर्दा ४१ र १०१ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १५, झापामा १४, सुनसरीमा ६, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ […]
जनकपुरधाम, साताव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको चौथो दिन आज तिलकोत्सव विधि सम्पन्न भएको छ । तिलकोत्सवको अवसरमा २५१ पाहुर लिएर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव राम मन्दिर पुगेका थिए । राम मन्दिरको प्रांगणमा आयोजित तिलकोत्सव समारोहमा अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राममन्दिरका महन्थ राम गिरी र जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवबीच सम्धी मिलन गरियो । […]
जनकपुर, नेपाली काँग्रेस प्रदेश २ को अधिवेशन तत्कालका लागि स्थागित गरिएको छ । सोमबार प्रदेश २ का निर्वाचन समितिका संयोजक रमेश रिजालले अधिवेशन तत्कालका लागि स्थागित भएको जानकारी दिए । पार्टीको केन्द्रीय सदस्यसमेत रहेका रिजालले धनुषाबाहेक केही जिल्लाबाट मतदाता नामावली नआएका कारण हाललाई अधिवेशन रोकिएको जानकारी दिए । काँग्रेसको १४ औं महाधिवेशनपछि मात्र प्रदेश अधिवेशन […]
मोरङ । कांग्रेसको प्रदेश १ को अधिवेशनमा प्रभावशाली केन्द्रीय नेताहरूले नै मतदान नगरेको खुलेको छ । सभापतिमा नेता कृष्णप्रसाद सिटौलानिकट नेता उद्धव थापाले २ भोटले जितेका छन् । थापाले ८४४ मत पाएर विजयी भए । पराजित गुरुराज घिमिरेले ८४२ मत पाए । घिमिरे २ भोटले मात्रै पराजित भएपछि केन्द्रीय नेताहरूले नै मतदान नगरेको तथ्य बाहिरिएको […]
बिराटनगर । नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा झापाका उद्दव थापा निर्वाचित भएका छन् । थापाले आफ्ना प्रतिस्पर्धी गुरुराज घिमिरेलाई २ मतले पछि पार्दै प्रदेश सभापतिमा विजय हासिल गरेका हुन् । सभापतिमा निर्वाचित थापाले ८४४ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी घिमिरेले ८४२ मत ल्याएको निर्वाचन समितिल जनाएको छ । उक्त निर्वाचनमा १ हजार ७५२ […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण भएको छ । ३५० जनाको पीसीआर परीक्षण गर्दा १८ र ४७ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८, मोरङमा ५, सुनसरीमा २, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ […]
हेटौँडा, नेपाली काँग्रेसको हेटौँडामा जारी बागमती प्रदेशको प्रथम अधिवेशनमा सभापतिका लागि पुनः मतदान हुने भएको छ । प्रदेश सभापतिमा तीन जनाबीच प्रतिस्पर्धा भएकोमा कसैको पनि ५० प्रतिशतभन्दा बढी मत नपुगेपछि पुनः मतदान हुने भएको हो । काँग्रेसको विधानमा सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । बढी मत ल्याउन […]