Sajhamanch Archive

यूएईले नयाँ रोजगार भिसा दिन सुरु गर्‍यो, ठूलो क्षेत्रमा प्रवेश अनुमति

Published: in परदेश (प्रवास) by . Leave a Comment on यूएईले नयाँ रोजगार भिसा दिन सुरु गर्‍यो, ठूलो क्षेत्रमा प्रवेश अनुमति.

काठमाण्डौ ।  यूएईले नयाँ रोजगार भिसा दिन सुरु गरेको छ । यूएईले त्यहाँको सरकारी तथा अर्धसरकारी क्षेत्रमा रोजगारीको लागि भिसा दिन सुरु गरेको गल्फ न्युजले जनाएको छ । राष्ट्रिय आपत्कालीन संकट तथा विपत्ति व्यवस्थापन प्राधिकरणको समन्वयमा त्यहाँको परिचय र नागरिकताको लागि संघीय प्राधिकरणले यो निर्णय गरेको हो । आधिकारिक च्यानलबाट प्राप्त प्रवेश अनुमतिलाई मात्र लिइने […]

अमेरिकामा शरणार्थीको आगमन कटौती गर्ने ट्रम्पको योजना

Published: in परदेश (प्रवास), विश्व समाचार by . Leave a Comment on अमेरिकामा शरणार्थीको आगमन कटौती गर्ने ट्रम्पको योजना.

ट्रम्प प्रशासनले संयुक्तराज्य अमेरिकामा शरणार्थीका रुपमा प्रवेश गर्न चाहने व्यक्तिको संख्यामा थप कटौती गर्ने योजना अघि सारेको छ । अमेरिकी तल्लो सदन कंग्रेसमा बुधबार पठाइएको पत्रमा ट्रम्प प्रशासनले आगामी सन् २०२१ मा बढीमा १५ हजार शरणार्थीलाई मात्र अमेरिकामा प्रवेश दिइने जनाइएको छ । यो चालू वर्ष २०२० को भन्दा झण्डै तीन हजारले कमी हो । […]

साउदीले १ हजार ५८ गैरकानुनी नेपाली श्रमिकलाई दियो बहिर्गमन भिसा

Published: in परदेश (प्रवास), मिडियाबाट साभार by . Leave a Comment on साउदीले १ हजार ५८ गैरकानुनी नेपाली श्रमिकलाई दियो बहिर्गमन भिसा.

काठमाडौं । साउदी सरकारले एक हजार ५८ जना गैरकानुनी नेपाली श्रमिकलाई बहिर्गमन भिसा दिएको छ ।साउदीको विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत श्रमिकलाई साउदीको आवासीय अनुमति पत्र अकामा नबनाइदिएका वा नवीकरण नगरिदिएका नेपालीलाई स्वदेश फिर्तीमा सहजीकरण गर्दै साउदी सरकारले बहिर्गमन भिसा दिएको हो । साउदीमा रहेको नेपाली दूतावास अकामा नबनाइएका, नवीकरण नगरिएकाहरुको स्वदेश फिर्तीका लागि आवश्यक बहिर्गमन […]

कोरोनाबाट विदेशमा २४४ नेपालीको मृत्यु

Published: in परदेश (प्रवास), स्वास्थ्य by . Leave a Comment on कोरोनाबाट विदेशमा २४४ नेपालीको मृत्यु.

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा रहेका २४४ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन् । कोरोनाका कारण नेपालसहित विश्वभर जम्मा ६४५ नेपालीको मृत्यु भएको संघले जनाएको छ । गत साता बेलायत, स्पेन र भारतलगायत देशमा कोरोना संक्रमणदर सामान्य रुपमा […]

साइप्रसबाट थप ६३ जना स्वदेश फिर्ता

Published: in परदेश (प्रवास), समाज by . Leave a Comment on साइप्रसबाट थप ६३ जना स्वदेश फिर्ता.

काठमाडौं । साइप्रसबाट बिहीबार थप ६३ जना नेपालीहरु स्वदेश फिर्ता भएका छन । साइप्रसमा विभिन्न पेसामा आएर कोरोनाभाइरसको महामारीका कारण अलपत्र परेर बसेकाहरुलाई नेपाली राजदूतावास ईजरायल, गैर आवासीय नेपाली सघं साइप्रस र नेपाली कन्सुलेट साईप्रसले यहाँको आईओएमसँगको विशेष सहकार्यमा निःशुल्क स्वदेश फर्काइएको नेपाली राजदूतावास ईजरायलका प्रवक्ता अर्जुन घिमिरेले जानकारी दिए । प्रवक्ता घिमिरेका अनुसार समस्यामा […]

‘मालिक र पाहुनाबाट यौन शोषण’

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on ‘मालिक र पाहुनाबाट यौन शोषण’.

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) को अजमान सिटी । एउटा एरिया छ, जहाँ बंगलादेशी, अफ्रिकी र नेपाली घरेलु कामदार आपूर्ति गर्ने एजेन्सीहरु छन् । एजेन्सीमा ग्राहक आउँछन्, युवक–युवती हेर्छन्, छान्छन् र मन परेकालाई लैजान मोलमोलाई गर्छन् । अन्त्यमा एक जनाको ५ लाखदेखि ६ लाख रुपैयाँमा ‘डिल’ हुन्छ । दलालले प्रतिव्यक्ति नेरु डेढ लाखदेखि दुई […]

झापाली समाज युएसले गर्यो भर्चुअल अधिवेशन, अध्यक्षमा चुनिए भद्रपुरका ढुंगाना

Published: in परदेश (प्रवास), विश्व समाचार, समाज by . Leave a Comment on झापाली समाज युएसले गर्यो भर्चुअल अधिवेशन, अध्यक्षमा चुनिए भद्रपुरका ढुंगाना.

झापा । झापाली समाज युएसको प्रथम अधिवेशनले भद्रपुरका मुकुन्द ढुंगानालाई तीन वर्षे कार्यकालका लागि अध्यक्षमा चयन गरको छ । सेप्टेम्बर १२ र १३ तारिक सम्पन्न भर्चुलअ अधिवेशनले वरिष्ठ उपाध्यक्षमा दमकका यमुना भट्टराईलाई जिम्मेवारी दिएको छ । यसरी नै चारजना उपाध्यक्षहरूमा सीता पाण्डे (गौरादह), प्रदिप तिम्सिना (भद्रपुर), नारायण शिवाकोटी (देउनिया), र नविन पोखरेल (बुधबारे) लाई चयन […]

विदेशमा अलपत्र नेपालीको उद्धार एक महिनामा सक्न सरकारलाई निर्देशन

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on विदेशमा अलपत्र नेपालीको उद्धार एक महिनामा सक्न सरकारलाई निर्देशन.

काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशमा अलपत्र परेका नेपालीलाई अबको एक महिनाभित्र उद्धार गरिसक्न सरकारलाई निर्देशन दिएको छ । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र परराष्ट्र मन्त्रालयका अधिकारीसँगको छलफलपछि समितिले विदेशमा अलपत्र नेपालीको उद्धारमा ढिलाइ नगर्न निर्देशन दिएको हो । ‘अलपत्र अवस्थामा रहेका श्रमिकलाई […]

कोरोना महामारीपछि विदेशबाट ६१ हजार नेपाली फर्किए

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on कोरोना महामारीपछि विदेशबाट ६१ हजार नेपाली फर्किए.

काठमाडौं । कोरोना भाइरसको महामारीपछि गत जेठबाट सरकारले विदेशमा समस्यामा परेका नेपालीको उद्धार गरिरहेको छ । अहिलेसम्म विभिन्‍न चार्टर्ड उडानमार्फत ३० देशबाट ६१ हजार ७१० नेपाली स्वदेश आइपुगेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जनाएको छ । कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि विदेशमा समस्यामा परेका श्रमिकको उद्धारका लागि ३९६ वटा उडानबाट उनीहरू नेपाल फर्किएका […]

विदेशमा यो साता ४३ नेपालीको कोरोनाबाट मृत्यु पुष्टि

Published: in परदेश (प्रवास), समाज, स्वास्थ्य by . Leave a Comment on विदेशमा यो साता ४३ नेपालीको कोरोनाबाट मृत्यु पुष्टि.

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी महामारीका कारण विदेशमा विभिन्न मितिमा थप ४३ जना नेपालीको मृत्यु भएको यो साता पुष्टि भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ । योसँगै […]