कोरिया । नेपालीहरूको रोजगारीका लागि आर्कषक श्रम गन्तव्य देश दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ ।कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ । गएको अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार यहाँको बेरोजगारी दर गएको अगष्टमा ०.१ प्रतिशतले वृद्धि भएर अहिले ३.१ […]
काठमाडौँ । रामेछापका सूर्य माझीले साउदी अरेबियाको रियादमा रोजगारी गुमाएको दुई महिना पुगेको छ। कोरोना महामारीपछि काम गरिरहेको वेल्डिङ कम्पनीले उत्पादन रोकेपछि उनी बेरोजगार भएका हुन्। बजारमा माग नभएको कारण देखाउँदै कम्पनीले काम बन्द गर्दा यतिखेर माझीलाई बस्न र खानाको समस्या हुन थालेको छ। उनलाई कम्पनीले बस्दै आएको कोठा छिटो छाड्न भनिरहेको छ। ‘कम्पनीले काम […]
विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता मृत्यु भएका सबै युएईका हुन् । योसँगै शनिबार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय पुगेको एनआरएनएले जनाएको […]
काठमाडौं । आज नियमित र चार्टर उडान मार्फत ७ सय भन्दा धेरै नेपाली स्वदेश फर्किँदैछन्। कतार, साउदी अरब, युएई र चीनबाट गरी ७ सय ४१ जना नेपाली आउन लागेका नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार युएईबाट दुईवटा विमानमार्फत् तीन सय भन्दा धेरै नेपाली आउँदैछन्। नेपाल एयरलाइन्सको उडानमार्फत् १५२ जना र एयर अरेबियाबाट १६० […]
काठमाडौं । नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत जापानको नारिताबाट काठमाडौं आएका एक यात्रुसँग पीसीआर रिपोर्ट नभएपछि सबै यात्रुलाई होटेलको क्वारेन्टिनमा राखिएको छ । सरकारले लकडाउनपछि खुला गरेपछिको निगमको यो पहिलो उडान थियो । नारिताबाट २१३ जना नेपाली काठमाडौं आएका थिए । काठमाडौं आइसकेपछि पीसीआर गरेको रिर्पाट एक यात्रुसँग नभएपछि सबैलाई होटेल क्वारेन्टिनमा राखिएको निगम स्रोतले […]
काठमाडौं । पर्यटन मन्त्रालयले नेपाल वायुसेवा निगम र हिमालय एयरलाईन्सको उडान भएको सेक्टरहरुमा निगमले तय गरेको भाडादरअनुसार नै उडान गर्ने गरी मात्र विदेशी एयरलाइन्सलाई उडान अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ । अहिले विभिन्न एयरलाइन्सले नियमित उडानको भाडा चार्टर्डको भन्दा चार गुणा मँहगो गरेर विक्री गरिरहेका छन् । नियमितको भन्दा उच्च भाडादार […]
काठमाडौं । पाँच महिना लामो गतिरोधपछि सरकारले आज रातिबाट औपचारिकरुपमा नियमित उडान सुचारु गर्दै छ । मध्यराति १ बजे नेपाल एयरलाइन्सको जहाज जापानको नारिताका लागि उड्ने भने बुधबार नै क्वालालाम्पुरबाट मालिन्दो एयरको जहाजले यात्रुलाई काठमाडौं ल्याउने छ । कोरोनाका कारण सरकारले गत चैत १० गतेबाट सबै हवाई उडानहरु बन्द गरेको थियो । त्यसयता विदेशमा अड्किएका […]
दोहा । कतारले श्रम कानूनमा उल्लेखनीय परिवर्तन गर्दै श्रमिकको न्यनूतम तलब वृद्धि सहित रोजगारदाता परिवर्तन गर्न पाउने निर्णय गरेको छ । कतारले कानून नं १७, २०२० कार्यान्वयन गर्दै अब आप्रवासी कामदारले रोजगारदाताको अनुमति बेगर पनि रोजगारी परिवर्तन गर्न पाउने भएका छन् । कतार सरकारको यो निर्णयलाई अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) ले स्वागत गरेको छ । […]
काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा यो साता थप तीनजना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता बेलायतमा एकजना र युएईमा दुईजनाको मृत्यु भएको हो । योसँगै कोरोनाबाट विदेशमा मृत्यु हुने नेपालीहरुको संख्या १९५ पुगेको एनआरएनएले जनाएको छ […]
काठमाडौं । घरेलु कामदारका रुपमा खाडी मुलुक पुगेका नेपालीको अवस्था दयनीय रहेको सरोकारवालाले बताएका छन् । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले बिहीबार विदेशमा रहेका नेपाली महिला कामदारको अवस्थाको बारेमा विभिन्न देशका राजदूत, गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधि र सम्बद्ध मन्त्रालयका प्रतिनिधिसँग प्रविधिको प्रयोग (भर्चुअल) बाट छलफल गरेको थियो । छलफलमा राजदूतहरुले अवैधानिक रुपमा […]