Sajhamanch Archive

१ भदौबाट सुरु हुनेछ अर्को चरणको उद्धार उडान

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार, समाज by . Leave a Comment on १ भदौबाट सुरु हुनेछ अर्को चरणको उद्धार उडान.

काठमाडौं । सरकारले १ भदौबाट व्यवसायिक उडान खोल्ने घोषणा गरेको थियो । तर, मुलुकभित्र कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले व्यवसायिक उडान स्थगन थप १५ दिन लम्ब्याएको छ । तर, बीचमा भने १५ दिन उद्धार उडानहरु भने नियमित हुने भएका छन् । नेपाल वायुसेवा निगमका अनुसार १७ अगष्टदेखि ३१ अगष्टसम्म अब उद्धार उडान हुने भएका छन् […]

विदेशबाट ५० हजार नेपाली फर्किए

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विदेशबाट ५० हजार नेपाली फर्किए.

काठमाडौं । कोरोना भाइरसको महामारीपछि गत जेठबाट सरकारले विदेशमा समस्यामा परेका नेपालीको उद्धार गरिरहेको छ । अहिलेसम्म विभिन्न चार्टर्ड उडानमार्फत ३० देशबाट ५० हजार १०७ नेपाली स्वदेश आइपुगेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जनाएको छ । कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि विदेशमा समस्यामा परेका श्रमिकको उद्धारका लागि ३१९ चार्टर्ड उडानमार्फत उनीहरू नेपाल फर्किएका […]

कतार प्रवेश गर्नेले कोरोना रिपोर्ट नेगेटिभ भएको सर्टिफिकेट देखाउनु पर्ने

Published: in परदेश (प्रवास), स्वास्थ्य by . Leave a Comment on कतार प्रवेश गर्नेले कोरोना रिपोर्ट नेगेटिभ भएको सर्टिफिकेट देखाउनु पर्ने.

कतार प्रबेश गर्नेहरुले अनिवार्य रुपमा कोरोना रिपोर्ट नेगेटिभ भएको प्रमाण पत्र पेश गर्नु पर्ने भएको छ । अगस्ट १३ तारिखदेखि केहि देशहरुका तोकिएको विमानस्थलबाट कतार प्रबेश गर्ने कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने कतार एयरलाइन्सले जनाएको छ । तत्कालका लागि इराक, इरान, ब्राजिल, पाकिस्तान, बङ्गलादेश तथा श्रीलंकाबाट कतार आउने यात्रूहरुले कोरोना नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने […]

कोरोना संक्रमणबाट विदेशमा १९१ जनाको नेपालीको मृत्यु

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट विदेशमा १९१ जनाको नेपालीको मृत्यु.

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको अकालमा निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीकोे निधन भएको थियो। सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यस साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीमा थप सङ्क्रमण देखिएको छ । गत […]

युएईमा नेपालीको अवस्था र जिम्मेवार निकायको भूमिका

Published: (Updated: ) in परदेश (प्रवास), मुख्य समाचार, विचार/ब्लग, समाज, by . Leave a Comment on युएईमा नेपालीको अवस्था र जिम्मेवार निकायको भूमिका.

कोरोना भाइरसको महामारीबाट विश्वभर रहेका नेपालीहरु अछुतो रहेका छैनन् । कोरोनाकै कारण वैदेशिक रोजगारमा रहेका धेरै नेपाली बेरोजगार भएका छन् भने यो क्रम अझ बढ्ने क्रममा छ । नेपाल सरकारले गरेको लकडाउनसँगै अन्तराष्ट्रिय हवाई उडान बन्द हुँदा विदेशमा रोजगारी, औषधी उपचार, अध्ययन, भ्रमण तथा आफन्त भेट्न पुगेका धेरै नेपालीहरु विदेशमै अलपत्र परेको अवस्था हामी सामु […]

विदेशबाट आज १ हजार ४६६ नेपाली घर आए

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विदेशबाट आज १ हजार ४६६ नेपाली घर आए.

काठमाडौं । बिहीबार विभिन्न मुलुकबाट एकैदिन १ हजार ४६६ जना नेपाली काठमाडौं आएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहीबार एक दर्जन उडानबाट यो संख्यामा नेपाली घर फर्किएका हुन् । बिहीबार हिमालय एयरलाइन्सले दमामबाट १५४ जना नेपालीलाई काठमाडौं ल्याएको छ । नेपाल एयरलाइन्सले रियादबाट २५९ नेपालीलाई काठमाडौं ल्याएको छ । हिमालयले दोहाबाट १ सय ५७ […]

विदेशमा समस्यामा परेकालाई निःशुल्क उद्धारका लागि ७५ करोड

Published: in अर्थतन्त्र, परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on विदेशमा समस्यामा परेकालाई निःशुल्क उद्धारका लागि ७५ करोड.

काठमाडौँ । सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार प्रक्रिया थालेको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले निःशुल्क उद्धार निर्देशिका अनुसार श्रम स्वीकृति लिएर विदेश गएर अलपत्र परेका नागरिकको उद्धारका वैदेशिक रोजगार कल्याणकारी कोषको ७५ करोड रुपियाँ रकम छुट्याइएको छ । बोर्डका सूचना अधिकारी दीनवन्धु सुवेदीले […]

पछिल्लो एक सातामा विदेशमा कोरोनाबाट २८ नेपालीले ज्यान गुमाए

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on पछिल्लो एक सातामा विदेशमा कोरोनाबाट २८ नेपालीले ज्यान गुमाए.

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जनाले ज्यान गुमाएका हुन् । संघले लण्डनबाट आइतबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमा कोरोना संक्रमणका कारण हालसम्म विदेशमा १८९ नेपालीको मृत्यु भएको जनाएको छ । विश्वका […]

कुवेत जान नेपालीलाई प्रतिवन्ध

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on कुवेत जान नेपालीलाई प्रतिवन्ध.

काठमाडौं । कुवेत सरकारले भोलिदेखि अन्तराष्टिय उडान शुरू गर्ने घोषणा गरेपनि नेपाल लगायतका देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कुवेतले भारत, पाकिस्तान, श्रीलका, बगलादेश, इरान तथा फिलिपिन्सका बिमान तथा त्यहाका नागरिकलाई भने प्रवेश नदिने घोषणा गरेको छ । उसले अन्य देशका बिमान कम्पनी तथा नागरिकलाई भने प्रवेश दिने घोषणा गरेको बीबीसीले जनाएको छ । […]

पिसिआर ल्याब स्थापनाका लागि अन्तर्राष्ट्रिय झापाली समाजद्वारा २५ लाख रुपैयाँ हस्तान्तरण

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on पिसिआर ल्याब स्थापनाका लागि अन्तर्राष्ट्रिय झापाली समाजद्वारा २५ लाख रुपैयाँ हस्तान्तरण.

बिर्तामोड । जनस्तरबाट स्थापना भएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याबका लागि अन्तर्राष्ट्रिय झापाली समाजले २५ लाख रुपैयाँ प्रदान गरेको छ । झापाली जनतालाई विपदमा सहयोग गर्दै आएको समाजले सोमबार एक भव्य कार्यक्रमका बीच एकका लागि एक अभियानलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । समाजल एक महिनाअघि नै रकम उपलब्ध उपलब्ध गराउने निर्णय […]