Sajhamanch Archive

सिम्रिक साकोसले गर्यो भूजेलको डेढ लाख रुपैयाँ कर्जा मिनाह

Published: in मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on सिम्रिक साकोसले गर्यो भूजेलको डेढ लाख रुपैयाँ कर्जा मिनाह.

झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले एकजना ऋणि सदस्यको असामयिक निधन भएपछि एक लाख ४० हजार रुपैयाँ ऋण मिनाह गरिदिएको छ । सिम्रिक साकोसले पाडाजुँगी सेवाकेन्द्र अन्तर्गत कमल गाउँपालिका वडा नं. ३, का शेयर सदस्य दिपक भुजेलको नाममा रहेको कर्जा रकम एक लाख ४० हजार ९५ रुपैयाँ मिनाहा गरिदिएको हो । गत २०७८ […]

सहारा नेपाल साकोसमा नयाँ नेतृत्व सर्वसम्मत चयन

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on सहारा नेपाल साकोसमा नयाँ नेतृत्व सर्वसम्मत चयन.

झापा । कडा अभ्यास र कसरत एवम् लामो समयको अन्तरालपछि नेपालकै अग्रणी सहकारी सहारा नेपाल साकोसले आफ्नो नेतृत्व सर्वसम्मत चयन गरेको छ । करिब एक वर्षदेखि पूर्ण कार्यकारी अधिकार बिना नै सहारा नेपाल साकोसको सञ्चालक समिति रहेको थियो । संस्थाका अधिकांश सञ्चालक तथा कर्मचारीहरुले चुनावको विधिबाट नेतृत्व चयन गर्दा संस्था सञ्चालनमा कठनिाइ हुने निश्कर्ष निकाल्दै […]

कृषि उत्पादनमा संरक्षण नीतिको खाँचो

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, समाज, सहकारी, by . Leave a Comment on कृषि उत्पादनमा संरक्षण नीतिको खाँचो.

नेपाली किसानले किन उत्पादनमा रुचि देखाएनन् ? नेपालमा नै सहजै उत्पादन गर्न सकिने कृषिजन्य वस्तुको आयातमा निरन्तर वृद्धि भएको छ । यस बारेमा अब पनि नसोच्ने हो भने हाम्रो अधोगति र यसबाट हुने दुर्घटनाको अवस्थाबाट देशलाई कसैले बचाउन सक्दैन । हाम्रो ढिकुटीमा भएको विदेशी मुद्राको संचितिमा परेको दबाव अझै बढ्दै गएमा दैनिकरुपमा चाहिने कुनै पनि […]

‘बालेन फर अस, वी फर बालेन’ श्लोगान राखेर रितेनले खुला गरे शौचालय

Published: in मुख्य समाचार, शिक्षा, समाज, सहकारी by . Leave a Comment on ‘बालेन फर अस, वी फर बालेन’ श्लोगान राखेर रितेनले खुला गरे शौचालय.

बिर्तामोड । सार्वजनिक शौचालयलाई चुनावी एजेण्डा बनाउँदै आएका व्यवसायी तथा राजनीतिक दलहरुलाई झापाको बिर्तामोडका केही व्यवसायीहरुले मुख बन्द गरिदिन थालेका छन् । हिजोसम्म सर्वसाधारणलाई शौचको आपत पर्दा पनि आफ्नो पसल, होटल वा अफिसको निजी शौचालयमा छिर्न नदिने बिर्तामोडका केही व्यवसायीहरुको सोचमा परिवर्तन आएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नगरभित्र पायक पर्ने ठाउँहरुमा व्यवसायीलाई […]

सतासी बहुउद्देश्यीय सहकारीद्वारा क्यान्सर स्वास्थ्य सचेतना शिविर सम्पन्न

Published: (Updated: ) in मुख्य समाचार, समाज, सहकारी, स्वास्थ्य by . Leave a Comment on सतासी बहुउद्देश्यीय सहकारीद्वारा क्यान्सर स्वास्थ्य सचेतना शिविर सम्पन्न.

बिर्तामोड । सतासी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले महिलाको छातीको क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्वास्थ्य सचेतना शिविर सम्पन्न गरेको छ । संस्थामा आबद्ध महिला सदस्यहरुलाई प्राथमिकतामा राखेर संस्थाले आफ्नै मुख्य कार्यालयमा आज सोमबार सो कार्यक्रम आयोजना गरेको हो । पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा आयोजित शिविरमा क्यान्सर सम्बन्धी जानकारी दिइएको छ । क्यान्सर […]

एनएमसी चुलाचुलीद्वारा सदस्य मृतक परिवारलाई ५० हजार राहत प्रदान

Published: in समाज, सहकारी by . Leave a Comment on एनएमसी चुलाचुलीद्वारा सदस्य मृतक परिवारलाई ५० हजार राहत प्रदान.

चुलाचुली । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) ले आफ्नो शेयर सदस्यको मृत्युमा चुलाचुली गाउँपालिकाका एक सदस्यलाई नगद रु. ५० हजार राहत प्रदान गरेको छ । एनएमसी सहकारीकोे चुलाचुली सेवाकेन्द्र अन्र्तगतका शेयर सदस्य घनश्याम अधिकारीको संस्थामा रु ११ हजार भन्दा बढिको शेयर लगानी रहेकाले संस्थाको सामुदायिक कार्यक्रम अन्र्तगत दुखमा पनि एनएमसी भन्ने कुरालाई आत्मसाथ गर्दै स्व. […]

सिम्रिक साकोसले बाह्रदशीमा विपन्न समुदायका ११५ जना विद्यार्थीलाई दियो स्कूल पोशाक

Published: in अर्थतन्त्र, मुख्य समाचार, शिक्षा, समाज, सहकारी by . Leave a Comment on सिम्रिक साकोसले बाह्रदशीमा विपन्न समुदायका ११५ जना विद्यार्थीलाई दियो स्कूल पोशाक.

बाह्रदशी । झापाको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज बाह्रदशी गाउँपालिका वडा नं. १ र २ का तीनवटा विद्यालयमा अध्ययनरत विपन्न परिवारका ११५ जना विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । बाह्रदशी १ को अमृत माविमा आयोजित विशेष कार्यक्रममार्फत सो विद्यालयका ५९ जना, साधुपति आधारभूत विद्यालयका ३० जना र भगवती आधारभूत विद्यालयका २६ जना […]

सहारा नेपाल साकोसः उद्यमी पशुपालक किसानलाई घाँसको विउ निःशुल्क

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सहारा नेपाल साकोसः उद्यमी पशुपालक किसानलाई घाँसको विउ निःशुल्क.

झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेर प्रदेश १ का ६ वटा जिल्लामा सेवा प्रवाह गरिरहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कार्यक्षेत्रका १ हजार ५०० पशुपालक उद्यमी किसानलाई यो वर्ष पनि उन्नत जातको घाँसको विउ वितरण गरेको छ । सहारा नेपाल साकोस एग्री विजनेश युनिटका प्रमुख डा. कमलेश्वर भाटका अनुसार संस्थाका सदस्य बनेका बाख्रा, […]

सिम्रिक साकोस प्रविधिमा फड्को मार्दै, थपियो मोवाइल बैंकिङ सेवा

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on सिम्रिक साकोस प्रविधिमा फड्को मार्दै, थपियो मोवाइल बैंकिङ सेवा.

बिर्तामोड । यहाँस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि सदस्यहरुको कारोबार सहजताका लागि मोवाइल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बिर्तामोडमा जेठ ७ गते शनिबार आयोजित विशेष कार्यक्रमका बीच संस्थाले मोवाइल एप लञ्चिङ गरेको हो । संस्थाले मोवाइल बैंकिङ सेवा सञ्चालन गर्नु पर्ने आवश्यकता र औचित्यबारे प्रष्ट्याउँदै कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले भनेका छन्, […]

८ प्रतिशत व्याजदरमा शिक्षा बहुउद्देश्यीयले युवालाई स्वरोजगार कर्जा दिँदै

Published: in मुख्य समाचार, शिक्षा, सहकारी by . Leave a Comment on ८ प्रतिशत व्याजदरमा शिक्षा बहुउद्देश्यीयले युवालाई स्वरोजगार कर्जा दिँदै.

बिर्तामोड । शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि. बिर्तामोडले कृषि, पशुपालन तथा सेवा व्यवसायका क्षेत्रमा स्वरोजगार बन्न चाहने युवालाई लक्षित गरी सहुलियत दरको कर्जा उपलब्ध गराउन थालेको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत शिक्षा बहुउद्देश्यीय सहकारीले सानो लगानीमा सञ्चालन गर्न सकिने पेशा व्यवसायका लागि युवालाई सहुलियत दरको कर्जा उपलब्ध गराउन थालेको हो । स्वरोजगार […]