बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले शिवसताक्षी–१० आप्टारी मा बाख्रापालक उद्यमी किसानलाई प्राविधिक तालिम दिएको छ । बाख्रापालक उद्यमी किसानलाई बाख्रापालन सम्बन्धी तालिम दिइएको सहारा नेपाल साकोस एग्रीविजनेश युनिटका प्रमुख डा. कमलेश्वर भाटले जनाए । आप्टारी क्षेत्रका २८ जना बाख्रापालक किसान सहभागी तालिममा बाख्राको औषधी खुवाउने तरिका, बाख्रामा लाग्ने रोगहरुको निदान तथा […]
झापा । अमेरिकामा रहेका झापालीहरुको साझा संस्था झापाली समाज युएसएको अगुवाईमा झापाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति घोषणा गरिएको छ । आज शनिबार बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी समाजले झापा जिल्ला सहकारी संघ र काठमाडौँस्थित झापा विकास मञ्चको सहकार्यमा छात्रवृत्ति घोषणा हो । सामुदायिक विद्यालयका विपन्न तथा मेधावी विद्यार्थीलाई सो छात्रवृत्ति प्रदान गरिनेछ । […]
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी सहकारी पसल NMC-COOP SHOP प्रधान कार्यालयः बिर्तामोड, झापा कोटेसन आह्वान सम्बन्धी सूचना नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. को पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी सहकारी पसल व्यवसायका लागि निम्न सम्पत्ति सामानहरु आवश्यक पर्ने भएको हुँदा सामान उपलब्ध गराउन सक्ने आपूर्तिकर्ताहरुले आवश्यक कागजातसहित कोटेसन पेस गर्नहुन आह्वान गरिन्छ । […]
मेचीनगर । यहाँस्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी डेरी उद्योगको सातौ वार्षिकोत्सव आज मनाइएको छ । वार्षिकोत्सवको अवसर पारेर अध्यक्ष रामचन्द्र उप्रेतीले लेखेको ‘एनएमसी डेरी सफलताको कथा’ नामक पुस्तक पनि विमोचन गरिएको छ । एनएमसी डेरी परिसरमा आयोजित वार्षिकोत्सव समारोहका प्रमुख अतिथि प्रदेश सहकारी राजिष्ट्रार तथा सहकारी प्रशिक्षण कार्यालय इनरुवाका निमित्त रजिष्ट्रार […]
मेचीनगर । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि काँकरभिट्टा सेवा केन्द्रले चैत २१ ग्ते मनाउन नपाएको संस्थाको २७औ वार्षिकोत्सव ३० गते बुधबार सम्पन्न गरेको छ । वार्षिकोत्सव कार्यक्रममा सहारा नेपाल साकोसका काँकरभिट्टा सेवा केन्द्र प्रमुख खेमराज पुरीले पछिल्लो एक वर्षमा सेवा केन्द्रले सम्पादन गरेका कामहरुका बारेमा जानकारी गराएका थिए । यस्तै समग्र संस्थाको […]
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को आयोजनामा एकदिने उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार बिर्तामोडमा सम्पन्न कार्यक्रममा संस्था अन्तर्गतका समिति उपसमिति पदाधिकारीहरुलाई विभिन्न विधामा सहजीकरण गरिएको थियो । कार्यक्रमको पहिलो सत्रमा स्वस्थ भान्सा तथा स्वस्थ्य जीवनशैली सम्बन्धी विषयमा सहजकर्ता गंगा ढकालले सहजीकरण गर्दै संस्थाले तय गरेको ‘असल संस्कार र समृद्धिका लागि […]
मेचीनगर । सहारा नेपाल साकोस काँकरभिट्टा शाखाले मेचीनगर ४ आमडाँगीमा बाख्रापालक उद्यमी किसान र बंगुरपालक उद्यमी किसानलाई दुई दिने व्यवसायिक तालिम दिएको छ । चैत १७ गते बाख्रापालक उद्यमी किसानलाई बाख्रापालन सम्बन्धी तालिम दिइएको थियो भने चैत १८ गते बंगुरपालक किसानलाई सहजीकरण गरिएको सहारा नेपाल साकोस एग्रीविजनेश युनिटका प्रमुख डा. कमलेश्वर भाटले जनाए । पहिलो […]
नेपालको सहकारी अभियानसमेत यो बेला जोखिममा छ भन्दा अत्युक्ति हुँदैन । किनकि नेपालको समग्र आर्थिक अवस्था नै जोखिममा भएको समयमा सहकारी क्षेत्रमा कुनै नकारात्मक प्रभाव परेको छैन भनेर ढाकछोप गर्न आवश्यक छैन भन्ने मेरो बुझाई हो । समग्र अर्थतन्त्रका सुचाङ्कहरु नकारात्मक छन् । एक वर्ष पहिले झण्डै १४ महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा संचिति […]
झापा । सदस्य संख्या र शेयर पुँजी दुवै हिसाबले नेपालकै सबैभन्दा उत्कृष्ट र ठूलो सहकारीको रुपमा स्थापित सहारा नेपाल साकोसको सञ्चालक समिति सर्वसम्मत चयन गरिनुपर्नेमा ठूला राजनीतिक दलहरु पनि एकमत देखिएका छन् । झापाको चारपानेमा मुख्य कार्यालय रहेको सो संस्थाको २७औँ वार्षिकोत्सव समारोहमा मन्तब्य राख्ने नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्की, नेपाली कांग्रेसका झापा जिल्ला […]
झापा । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा धेरै भ्रष्टाचार भयो भन्नेमा आफू सहमत नभएको जिकिर गरेका छन् । भ्रष्टाचार मुलुकको पहिलो समस्या नभएर हाम्रो सोच र व्यवहार रुपान्तरित भएमा यसको मात्रा स्वतहः घट्ने उनले सुनाए । ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा झापा जिल्ला सहकारी संघले आयोजना गरेको दुई दिवसीय ‘झापा को–अपरेटिभ सम्मेलन–२०७८’मा आफ्नो कार्यपत्र प्रस्तुत […]