Sajhamanch Archive

सामाजिक अगुवा पर्शु सिटौलाको हृदयघातका कारण मृत्यु

Published: in मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on सामाजिक अगुवा पर्शु सिटौलाको हृदयघातका कारण मृत्यु.

बिर्तामोड । बुधबार दिनभर विराट बहुउद्देश्यीय सहकारी संस्थाले स्थाना गर्न लागेको सहकारी पसलका लागि अन्य सहकारीले सञ्चालन गरेका पसलहरुको अवलोकन गरी घर फर्केका पर्शुराम सिटौलाको साँझ ८ बजे निधन भएको छ । ५५ वर्षी सिटौला सामाजिक तथा राजनीतिक क्षेत्रका अगुवा कार्यकर्ता थिए । दिनभर ठट्टा रमाइलो गर्दै सात–आठजना सहकारीकर्मी एउटै स्कार्पियोमा चढेर सहकारी पसल अवलोकन […]

कर्णाली साकोसद्वारा समाउल हकको १० लाख ६२ हजार ऋण मिनाहा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on कर्णाली साकोसद्वारा समाउल हकको १० लाख ६२ हजार ऋण मिनाहा.

शरणामति । बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले झापा गाउँपालिका वडा नं. ४ बाँसबारीका एक परिवारको १० लाख रुपैयाँभन्दा बढी ऋण मिनाहा गरिदिएको छ । संस्थामा शेयर सदस्य बनी २०७७ असार १७ गते २० लाख रुपैयाँ कर्जा लिएका समाउल हकको गत पुष १ गते निधन भएपछि आज माघ २१ गते उनको परिवारलाई कर्जा मिनाहाको […]

एनएमसीमा परिषद् बैठक धमाधम हुँदै, आज बिर्तामोडको सम्पन्न

Published: in मुख्य समाचार, सहकारी by . Leave a Comment on एनएमसीमा परिषद् बैठक धमाधम हुँदै, आज बिर्तामोडको सम्पन्न.

बिर्तामोड । सहकारीका विभिन्न आयामहरु बचत तथा ऋण, उत्पादन तथा खरिदबिक्री र बजारीकरण गरी पूर्ण च्यानलमा सञ्चालन गरेर नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाले सहकारी अभियानलाई मजवुत बनाएको प्रदेश १ का सहकारी रजिष्ट्रार बलराम निरौलाले बताएका छन् । संस्थाको पाँचौं इकाई परिषद् अन्तरगत बिर्तामोड क्षेत्रीय बैठकमा प्रमुख अतिथिका रुपमा सोमबार बिर्तामोड आएका प्रदेश रजिष्ट्रार निरौलाले […]

कर्णाली साकोसद्वारा झिलझिलेमा सहकारी सदस्य अनुशिक्षण

Published: in समाज, सहकारी by . Leave a Comment on कर्णाली साकोसद्वारा झिलझिलेमा सहकारी सदस्य अनुशिक्षण.

शिवसताक्षी । बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले शिवसताक्षीको झिलझिलेमा आइतबार सदस्य अनुशिक्षण कार्यक्रमसहित विभिन्न सुविधा रकम प्रदान गरेको छ । सदस्य अनुशिक्षण कार्यक्रममा संस्थाको नीति नियम, सदस्यले प्राप्त गर्ने सेवा सुविधासहित विशेष उपचार कोषको बारेमा संस्थाका सचिव भुपाल बस्नेत र झिलझिले सेवा केन्द्र प्रमुख इन्द्र कार्कीले सहजीकरण गरेका थिए । कर्णाली साकोस शिक्षा […]

झापा जिल्ला सहकारी संघको नेतृत्व चयनः कोषाध्यक्षमा चुनाव, अन्य १७ पद निर्विरोध र सर्वसम्मत

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on झापा जिल्ला सहकारी संघको नेतृत्व चयनः कोषाध्यक्षमा चुनाव, अन्य १७ पद निर्विरोध र सर्वसम्मत.

झापा । जिल्ला सहकारी संघ झापाको आगामी चार वर्षे कार्यकालका लागि कोषाध्यक्ष बाहेक सबै पदमा निर्विरोध र सर्वसम्मत विधिबाट नेतृत्व चयन गरिएको छ । कोषाध्यक्ष पदका लागि शनिबार भएको मतदान कार्यक्रमबाट ११९ मत प्राप्त गरी फराकिलो मतान्तरमा अर्जुन दङ्गाल विजयी भएका छन् । जिल्ला संघको निर्वाचनमा उम्मेदवारी दिँदा नै अध्यक्षमा गणेश ढकाल, वरिष्ठ उपाध्यक्षमा महेन्द्रकुमार […]

सिम्रिक साकोसको सदस्य भेटघाट तथा रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न

Published: (Updated: ) in अर्थतन्त्र, सहकारी by . Leave a Comment on सिम्रिक साकोसको सदस्य भेटघाट तथा रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न.

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको सदस्य भेटघाट तथा रणनीतिक योजना तर्जुमा गोष्ठी शनिबार सम्पन्न भएको छ । संस्थाका शिक्षा उपसमिति संयोजक मेहरमान विष्टको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि संस्थाका अध्यक्ष सुवास भट्टराई रहेका थिए । उक्त गोष्ठीको सहजीकरण संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले गरेका थिए । उनले संस्थाले २०७७ पुस मसान्तसम्म गरेको […]

मतदानमा सहभागी हुने सम्बन्धी झापा जिल्ला सहकारी संघ लिमिटेडको सूचना

Published: in विज्ञापन, सहकारी by . Leave a Comment on मतदानमा सहभागी हुने सम्बन्धी झापा जिल्ला सहकारी संघ लिमिटेडको सूचना.

झापा जिल्ला सहकारी संघ लिमिटेडको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना  झापा जिल्ला सहकारी संघको निर्वाचन कार्यक्रम अन्र्तगत मिति २०७७ साल माघ १७ गते सम्पन्न हुन गइरहेको निर्वाचनमा निर्विरोध निर्वाचित नभएको कोषाध्यक्ष पदमा मिति २०७७ माघ १७ गते शनिवार विहान ९ः१५ देखि दिउसो २ः१५ बजे सम्म यस संघको सम्पर्क कार्यालय विर्तामोडमा निर्वाचन सम्पन्न हुने सरोकारवाला सवैलाई जानकारी […]

दमकमा कर्णाली सहकारीको सदस्य अनुशिक्षण कार्यक्रम

Published: in समाज, सहकारी by . Leave a Comment on दमकमा कर्णाली सहकारीको सदस्य अनुशिक्षण कार्यक्रम.

दमक । झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको कर्णाली वचत तथा ऋण सहकारी संस्थाले विहीबार दमकमा सदस्य अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सहकारीको शिक्षा उपसमितिको आयोजनामा भएको कार्यक्रम दमक सेवाकेन्द्रका ब्यवस्थापन उपसमितिका संयोजक शेरबहादुर भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा सुभकामना मन्तव्य राख्दै उद्योग बाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठले व्यवसायीहरुलाई कर्जा प्रबाह गर्दा […]

खुदुनाबारीमा धौलागिरी पारिजातको नयाँ शाखा खुल्यो

Published: in मुख्य समाचार, सहकारी, स्थानीय तह by . Leave a Comment on खुदुनाबारीमा धौलागिरी पारिजातको नयाँ शाखा खुल्यो.

अर्जुनधारा । बिर्तामोडस्थित धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो पाँचौं शाखा आजदेखि अर्जुनधारा १ खुदुनाबारीको सिस्नेमा सुरुवात गरेको छ । अर्जुनधारा नगरपालिका वडा नं. १ का वडाध्यक्ष गजाधर खतिवडाले कार्यालयको प्रवेशद्वारमा टाँगिएको रिवन काटेर संस्थाको सेवा केन्द्र उद्घाटन गरिदिएका हुन् । कार्यालयको उद्घाटन गर्दै वडाध्यक्ष खतिवडाले समाजको रुपान्तरणमा सहकारीको भूमिका अहम् हुने भएकाले आफ्नो वडा […]

श्री सतासी बहुमुखी सहकारी संस्था बिर्तामोडका लागि १ वर्षे करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Published: (Updated: ) in विज्ञापन, सहकारी by . Leave a Comment on श्री सतासी बहुमुखी सहकारी संस्था बिर्तामोडका लागि १ वर्षे करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना.

श्री सतासी बहुमुखी सहकारी संस्था बिर्तामोडका लागि १ वर्षे करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशन मिति २०७७ १० १२ गते यस संस्थालाई तपशील अनुसारको योग्यता पुगेका कर्मचारी करारमा आवश्यकता भएकाले अनुभवी तथा इच्छुक नेपाली नागरिकबाट मिति २०७७ माघ १८ गतेभित्र बायोडाटा र हस्तलिखित निवेदनका साथ हालसालै खिचिएको पासपोर्ट साइजको फाटो १ थान, शैक्षिक योग्यता खुल्ने […]