बिर्तामोड । बिर्तामोडस्थित धौलागिरी पारिजात बहुउद्देशयीय सहकारी संस्थाले पूर्वका सहकारीमध्ये पहिलो पटक कर्जाको ब्याजदर सिङ्गल डिजिटमा झारेको दाबी गरेको छ । पुस १९ को बैठकको निर्णय अनुसार यही माघ १५ गतेदेखि कार्यान्वयन हुनेगरी व्यवसाय पुनरुत्थान कर्जा शीर्षकमा ९ दशमलब ९ प्रतिशत ब्याज दरमा लगानी गरेर ब्याजदर सिङ्गल डिजिटमा झारेको अध्यक्ष कृष्ण पौडेलको भनाई छ । […]
झापा । झापा जिल्ला सहकारी संघको नयाँ नेतृत्व चयन प्रक्रिया सर्वसम्मत बनाउन मनोनयन फिर्ता लिने अवधि ७२ घण्टा थपिएको छ । निर्वाचन कार्यक्रम अनुसार हिजो माघ १० गते दिउँसो ३ बजेसम्म उम्मेदवारले मनोनयन फिर्ता लिने समय रहेको थियो । तोकिएको उक्त अवधिमा दोहोरो उम्मेदवारी परेका अधिकांश पदका आकांक्षीले मनोनयन फिर्ता लिएर सर्वसम्मतको मार्ग रोजेका छन् […]
भद्रपुर । कमल गाउँपालिका २ क्याम्पामा प्रधान कार्यालय रहेको पूर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्थाले आज भद्रपुरमा २१औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यमा संस्थाले एकजना सहकारी अभियन्ता र एकजना सहकारी पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरेको छ । यो वर्ष पूर्वनेपालले सहकारी अभियन्ताका रुपमा राष्ट्रिय […]
झापा । जिल्ला सहकारी संघ झापाको आगामी चार वर्षे कार्यकालका लागि सम्पन्न उम्मेदवारी दर्ता चरणमा आंशिक नेतृत्व सर्वसम्मत भएको छ । उम्मेदवारको दाबी विरोध पछिको नामावली प्रकाशन विवरण अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सचिव, सहसचिव, लेखा समिति संयोजक र केही क्षेत्रीय सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । आगामी माघ १७ गते सम्पन्न गरिने संघको निर्वाचनका लागि […]
शिवसताक्षी । शिवसताक्षीको दूधे बुधबार मौरीजन्य उत्पादनबाट मानव स्वास्थ्यमा प्रभाव तथा महत्वबारे छलफल गरिएको छ । शिवसताक्षी ११ को सतासी महिला मौरीपालन सहकारी संस्थाको आयोजना तथा शिवसताक्षी नगरपालिकाको सहयोगमा कार्यक्रममा मौरीजन्य पदार्थबाट उत्पादन गरिएका पदार्थबाट मानव स्वास्थ्यमा पर्ने प्रभाव र महत्वबारे छलफल भएको हो । छलफलको मौरीको अध्ययन अनुसन्धान गरिरहेका युटर्न नेपालका खगेन्द्र तिम्सिनाले सहजीकरण […]
कमल । चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा शान्ताकुमार राई विजयी भएका छन् । झापाको कमल गाउँपालिका वडा ५ पाडाजुंगीस्थित मुख्य कार्यालय रहेको सहकारी संस्थाको आगामी कार्यकालमा लागी सम्पन्न निर्वाचनमा राई विजयी भएका हुन् । राईले २ सय ४९ मत प्राप्तगरी विजयी भएका थिए भने उहाँ प्रतिश्पर्धी बालकृष्ण गौतमले ८४ मत प्राप्त गरेको निर्वाचन […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टाको कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रथमपटक प्रकाशित मिति : २०७७।१०।४ यस संस्थाको सहकारी पसल (कोपसप) व्यवसाय अन्तर्गत बिर्तामोडस्थित वितरण केन्द्र (Distribution Center-DC) का लागि तपसिल अनुसारका कर्मचारी आवश्यकता भएको हुँदा इच्छुक नेपाली नागरिकबाट निवेदन आह्वान गरिन्छ । विज्ञापन नं. २२ […]
भद्रपुर । भद्रपुर १० स्थित सत्य लक्ष्मी कृषि सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षता तथा बचत तथा ऋण सहकारी संघका झापा अध्यक्ष घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो । अध्यक्ष पाण्डेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ८७ जना शेयर सदस्य रहेको संस्थाले आगामी वर्षका […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाले माघ १ गतेदेखि एटिएम सेवा सञ्चालनमा ल्याएको छ । सम्भवतः प्रदेश १ मा नै पहिलो सहकारीका रुपमा एनएमसीले निक्षेप कारोबारका एटिएम सेवा भित्राएको हो । एनएमसीका सदस्यहरुले यही माघ महिनाबाट एटिएम सेवा उपभोग गर्न पाएका हुन् । एनएमसीले काँकरभिट्टा, चारआली, चन्द्रगढी, शनिश्चरे र दमक कार्यालयबाट एटिएम सेवा […]
बिर्तामोड । झापाको बिर्तामोड स्थित रामजानकी कृषि सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दलबहादुर कार्कीको अध्यक्षता र झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुखआतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुतगर्दै अध्यक्ष कार्कीले कोभिडको कहरमा पनि आफ्नो संस्थाले अघिल्लो वर्षको तुलनामा ३२ दशमलव ६४ प्रतिशत मुनाफा गरेको […]