Sajhamanch Archive

रामजानकी कृषि सहकारी चालुवर्ष प्रविधिमैत्री बनाउन साधारणसभाको निर्णय

Published: in अर्थतन्त्र, सहकारी by . Leave a Comment on रामजानकी कृषि सहकारी चालुवर्ष प्रविधिमैत्री बनाउन साधारणसभाको निर्णय.

बिर्तामोड । झापाको बिर्तामोडस्थित रामजानकी कृषि सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा आज पुस २९ गते सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दलबहादुर कार्कीको अध्यक्षता र झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कार्कीले कोभिडको कहरमा पनि आफ्नो संस्थाले अघिल्लो वर्षको तुलनामा ३२ […]

झापा जिल्ला सहकारी संघको वार्षिक साधारणसभा सम्पन्न

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on झापा जिल्ला सहकारी संघको वार्षिक साधारणसभा सम्पन्न.

बिर्तामोड । झापा जिल्ला सहकारी संघको २४ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवि मल्ल रहेकी थिइन् । साधारणसभामा संघका अध्यक्ष ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा संघमा २०७७ असार मसान्तसम्ममा ५०७ संघसंस्था आवद्ध रहेको र शेयर […]

सतासीले जिल्लाका थप चार स्थानमा सहकारी पसल खोल्ने

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on सतासीले जिल्लाका थप चार स्थानमा सहकारी पसल खोल्ने.

झापा । बिर्तामोडस्थित सतासी बहुमुखी सहकारी संस्था लिमिटेडलाई सुपथ मूल्यको सहकारी पसल सञ्चालन गर्ने प्रयोजनका लागि विशिष्टिकृत सहकारी संस्थाको गठन गर्न र नेतृत्व लिन झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले आग्रह गरेका छन् । संस्थाको १७औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि ढकालले सतासीसँग सहकारी पसल सञ्चालनको अनुभव रहेकाले विशिष्टिकृत संस्थाको व्यवसायिक नेतृत्व लिन […]

प्रकाश एकता कृषि सहकारीले १४ लाख ७८ हजार बढी नाफा कमायो

Published: in समाज, सहकारी by . Leave a Comment on प्रकाश एकता कृषि सहकारीले १४ लाख ७८ हजार बढी नाफा कमायो.

भद्रपुर । प्रकाश एकता कृषि सहकारी संस्था लिमिटेड भद्रपुर ९ को तेह्रौं वार्षिक सभा सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष गोपालप्रसाद श्रेष्ठको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा उक्त साधारणसभा सम्पन्न भएको हो । सभामा वार्षिक प्रगतिविवरण तथा आगामी नीति कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले ४ करोड ९१ लाख ९६ हजार ६ […]

समृद्धि र सनसाइन साकोस एकीकरणको संघारमा, वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by . Leave a Comment on समृद्धि र सनसाइन साकोस एकीकरणको संघारमा, वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक.

भद्रपुर । झापाको भद्रपुरस्थित समृद्धि वचत तथा ऋण सहकारी संस्थाले आ. व. २०७६/०७७ को वार्षिक प्रतिवेदन शनिबार सार्वजनिक गरेको छ । योसँगै संस्थाको जारी साधारणसभा पनि सम्पन्न भएको छ । भद्रपुर नगरपालिकाको सभाहलमा आयोजित संक्षिप्त कार्यक्रमका बीच संस्थाका अध्यक्ष योगेन्द्र पौडेलले वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेका हुन् । भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा […]

स्वर्गद्वारीको सातौं वार्षिक साधारसभा

Published: in सहकारी by . Leave a Comment on स्वर्गद्वारीको सातौं वार्षिक साधारसभा.

भद्रपुर । भद्रपुर स्वर्गद्वारी कृषि सहकारी संस्था लिमिटेड भद्रपुर ८ को सातौं वार्षिक सभा सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष गोपालबहादुर थापाको अध्यक्षता तथा शान्ति कृषि बहुमुखी सहकारीका अध्यक्ष देवीप्रसाद दाहालको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो । सभामा वार्षिक प्रगति विवरण तथा आगामी नीति कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष थापाले चार करोड ४५ लाख ३२ […]

जनश्रुती महिला बचत तथा ऋण सहकारीमा पुनः राजवंशी

Published: in समाज, सहकारी by . Leave a Comment on जनश्रुती महिला बचत तथा ऋण सहकारीमा पुनः राजवंशी.

बिर्तामोड । जनश्रुती महिला बचत तथा ऋण सहकारी संस्था बिर्तामोड –५ को अध्यक्षमा पुनः तुलकुमारी राजवंशी चयन भएकी छिन् । संस्थाको सातौं वार्षिक साधारणसभाको वन्दसत्रले राजवंशीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । नवगठित सञ्चालक समितिको उपाध्यक्ष विमला चौधरी , सचिव ममताकुमारी राजवंशी, कोषाध्यक्ष आनन्दी राजवंशी रहेका छन् । त्यस्तै समितिका सदस्यहरुमा अनिता कार्की […]

कर्णाली सहकारीद्वारा सदस्य परिवारको मृत्युमा सिदा वापद ४० हजार रुपैयाँ प्रदान

Published: (Updated: ) in सहकारी by . Leave a Comment on कर्णाली सहकारीद्वारा सदस्य परिवारको मृत्युमा सिदा वापद ४० हजार रुपैयाँ प्रदान.

दमक । झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको कर्णाली वचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यको परिवारको मृत्यु भएको सिदा रकम हस्तान्तरण गरेको छ । दमक सेवा केन्द्र अन्तर्गत दमक ५ हरिओम कोलोनीका सदस्य मिना कुमारी राई ताजपुरीयाका श्रीमानको मृत्युबापदको सिदा रकम ४० हजार रुपैयाँ आज हस्तान्तरण गरिएको दमक सेवा केन्द्र व्यवस्थापक सुजन भण्डारीले जानकारी […]

कोरोना बीमा भुक्तानी थाल्यो हाम्रो नेपाल साकोसले

Published: (Updated: ) in मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on कोरोना बीमा भुक्तानी थाल्यो हाम्रो नेपाल साकोसले.

झापा । झापाको बिर्तामोडमा रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई कोरोना बीमा वापतको एक लाख रुपैयाँ प्रदान गरेको छ । संस्थाका संस्थापक शेयर सदस्य दिलेन्द्रकुमार कार्कीलाई उनकै घर गरामनीमा पुगेर हाम्रो नेपालको टिमले कोरोना बीमा वापत प्राप्त चेक हस्तान्तरण गरेका हुन । झापा सहकारी अभियानको तथ्याङ्गकमा सहकारी मार्फत गरिएको कोरोना बीमाको […]

गरामनी कृषि सहकारीमा नयाँ नेतृत्व सर्वसम्मत, अध्यक्षमा पुनः चापागाईं

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on गरामनी कृषि सहकारीमा नयाँ नेतृत्व सर्वसम्मत, अध्यक्षमा पुनः चापागाईं.

बिर्तामोड । झापाको बिर्ताबजारस्थित गरामनी कृषि सहकारी संस्थाको १३औं वार्षिक साधारणसभाले ताराप्रसाद चापागाईको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । सहकारीकर्मी राधाकृष्ण अधिकारीको संयोजकत्वमा गठित निर्वाचन समितिले चापागाईको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र पदमप्रसाद बाँस्कोटाको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरेको हो । साधारणसभाको अवसरमा निर्वाचन समितिका संयोजक अधिकारीले नयाँ […]