Sajhamanch Archive

सिम्रिकको १०औं साधारणसभा सम्पन्न, नयाँ नेतृत्वलाई सपथग्रहण

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on सिम्रिकको १०औं साधारणसभा सम्पन्न, नयाँ नेतृत्वलाई सपथग्रहण.

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडको १०औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाका प्रतिनिधिहरुबीच भौतिक दूरी कायम राख्दै यहाँस्थित अग्रसेन भवनमा कार्यक्रम सम्पन्न गरिएको हो । राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा उद्घाटन मन्तब्य […]

होक्से कृषि सहकारीद्वारा पत्रकार तिम्सिनासहित ९ जना सम्मानित

Published: in समाज, सहकारी by . Leave a Comment on होक्से कृषि सहकारीद्वारा पत्रकार तिम्सिनासहित ९ जना सम्मानित.

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं.१ मा रहेको होक्से कृषि सहकारी संस्थाले आफ्नु ११ औं वार्षिक साधारणसभाको अवसर पारेर बिहीबार पत्रकार, कृषक र विद्यार्थीलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा वर्ष उत्कृष्ट पत्रकार तीर्थ तिम्सिना सहित उत्कृष्ट सेयर सदस्य देविप्रसाद बजगाईं, असल दूध उत्पादक कृषक शोभा समाल मगर, उत्कृष्ट बचतकर्ता यसोदा शर्मा तिम्सिना, उत्कृष्ट […]

सहारा नेपालद्वारा चाडवाडको मुखमा सामाजिक सुरक्षा भत्ता वितरण

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सहारा नेपालद्वारा चाडवाडको मुखमा सामाजिक सुरक्षा भत्ता वितरण.

शिवसताक्षी । सहारा नेपालले आफ्ना शेयर सदस्यलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ । साहारा नेपाल सेवा केन्द्र दूधेले आफ्नो सेयर सदस्यलाई चाडवाडको मुखमै सामाजिक सुरक्षा भत्ता प्रदान गरेको हो । मंगलबार दूधेको संयुक्त भूपु शैनिक कार्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना गरी सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो । सामाजिक सुरक्षा भत्ता वितरण गर्दै शिवसताक्षी […]

संजिवनीको नाफा साढे ६६ लाख, न्यून प्रशासनिक खर्चमा उत्कृष्ट सेवाको दावी

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on संजिवनीको नाफा साढे ६६ लाख, न्यून प्रशासनिक खर्चमा उत्कृष्ट सेवाको दावी.

बिर्तामोड । स्थापनाको तेह्रौं वर्षमा यात्रारत बिर्तामोडस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाले कोरोना कहरका बीचमा पनि शेयर, निक्षेप, कोष तथा ऋण लगानीमा सकारात्मक परिणाम ल्याएको छ । १३औं वार्षिक साधारणसभाका लागि तयार गरिएको प्रतिवेदनका अनुसार गत आर्थिक वर्षभन्दा ११ दशमलव ८९ प्रतिशतले शेयर वृद्धि भई दुई करोड ४७ लाख ३० हजार ५०० रुपैयाँ पुर्याइएको […]

सिम्रिक साकोसद्वारा दर्जनौं सदस्यलाई उपचार राहत सुविधा प्रदान

Published: in अर्थतन्त्र, समाज, सहकारी by . Leave a Comment on सिम्रिक साकोसद्वारा दर्जनौं सदस्यलाई उपचार राहत सुविधा प्रदान.

झापा । इलामको माई नगरपालिका समेतलाई कार्यक्षेत्र बनाएको झापाको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरु र तिनको परिवारको स्वास्थ्य उपचार खर्च वापत निरन्तर राहत सहयोग प्रदान गरिरहेको छ । पछिल्लो निर्णयानुसार गोलधाप सेवा केन्द्र अन्तरगतका सदस्य बालकृष्ण अर्यालका छोरा तथा गोमादेवी अर्यालका भाइ सुजनको पायल्सको शल्यक्रिया गर्दा लागेको खर्चको आधा रकम २० हजार […]

स्वर्गीय सुकमतिका परिवारलाई सिम्रिकको साथः १० लाखभन्दा बढी राहत सहयोग

Published: in समाज, सहकारी by . Leave a Comment on स्वर्गीय सुकमतिका परिवारलाई सिम्रिकको साथः १० लाखभन्दा बढी राहत सहयोग.

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थामा बजार प्रतिनिधिका रुपमा कार्यरत रहँदै निधन भएकी सुकमती राजवंशीको परिवारलाई संस्थाले ६ लाख २९ हजार ५०० रुपैयाँ कर्जा मिनाहा गरिदिएको छ । मेचीनगरको इटाभट्टास्थित राजवंशीको घरमा पुगेर परिवारजनमा समवेदना व्यक्त गर्दै सिम्रिक साकोसले सुकमतिको काजकिरिया खर्चका लागि ३० हजार रुपैयाँ राहत सुविधा पनि प्रदान गरेको छ । […]

शिवसताक्षीको दूधेमा एनएमसी सहकारी पसलको उद्घाटन

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on शिवसताक्षीको दूधेमा एनएमसी सहकारी पसलको उद्घाटन.

शिवसताक्षी । नेपाल बहुदेश्यीय सहकारी संस्थाले झापाको दूधेमा आजदेखि सहकारी पसलको औपचारीक रुपमा सञ्चालन ल्याएको छ । शिवसताक्षीको न.पा. ११ स्थित दूधेबजारमा आफ्ना सदस्यहरुलाई सुपथ मूल्यमा सामान पाउने गरी सहकारी पसल सञ्चालनमा ल्याएको हो । सहकारी पसलको शिवसताक्षी नगरप्रमुख चन्द्रकुमार शेर्मा, नेपाल बहुदेश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका छन् […]

दूधमा पानी मिसाउनेहरु आफैं पछुताउँछन्

Published: in मुख्य समाचार, विचार/ब्लग, समाज, सहकारी, by . Leave a Comment on दूधमा पानी मिसाउनेहरु आफैं पछुताउँछन्.

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले डेरी उद्योगको स्थापना गरेपछिको एउटा राम्रो चुनौती थियो, उद्योगले पानी नमिसाएको दूधमात्र किसानबाट लिनु । यो कुरा शुरुमा धेरैका लागि असम्भवजस्तै थियो । तर हामीले प्रविधि बुझेका थियौं र शुद्ध (पानी नहालेको) एवम् स्वच्छ (फोहर नमिसिएको) दूध लिन सक्छौं भन्ने विश्वास थियो । चलेको चलन भनेको दूधमा थोरै भए पनि […]

सहारा नेपालद्वारा एकल महिलालाई प्रोत्साहन भत्ता वितरण

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सहारा नेपालद्वारा एकल महिलालाई प्रोत्साहन भत्ता वितरण.

कमल । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था अन्तरगत सेवाकेन्द्र दमकले प्रोत्साहन रकम वितरण गरेको छ । संस्थामा आवद्ध १७ जना एकल महिला शेयर सदस्यहरुलाई जनही ८ हजार स्पैयाका दरले प्रोत्साहन रकम वितरण गरेको हो । संस्थाले एक कार्यक्रमका बीच एकल महिला, एकल पुरुष, बृद्ध भत्ता, पोषण भत्ता र फरक क्षमता भएका सदस्यहरुलाई प्रोत्साहन […]

सहकारी विकास बोर्डद्वारा २५ वर्षे रणनीति सार्वजनिक

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सहकारी विकास बोर्डद्वारा २५ वर्षे रणनीति सार्वजनिक.

काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डले सहकारी क्षेत्रको विकासका लागि २५ वर्षे रणनीतिक योजना तयार गरी मन्त्रालयमा पेस गरेको छ । बोर्डले बुधबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सहकारी क्षेत्रको विकासका लागि तयार गरेको २५ वर्षे रणनीतिक योजना पेस गरेको हो । बोर्डका सह-अध्यक्ष दक्ष पौडेलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी […]