अर्जुनधारा । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले वार्षिक कार्यक्रम अन्तरगत अर्जुनधाराको खुदुनाबारीमा आज गरेको निःशुल्क आँखा शिविरमा १५० जनाले सेवा लिएका छन् । मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा आज सम्पन्न आँखा स्वास्थ्य शिविरमा निःशुल्क आँखा जाँच गरी मोतियाविन्दू एवं ट्राकोमाको शल्यक्रिया गर्नुपर्ने बिरामीको पहिचान गरी अस्पताल रिफर गरिएको छ । […]
बिर्तामोड । झापाको बिर्तामोड ५ स्थित गौरवशाली बचत तथा ऋण सहकारी संस्थाको दशौं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लवकुमार चौधरीको अध्यक्षता तथा पूर्व सांसद डिल्लीप्रसाद चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सामाजिक ब्यक्तित्व एवम् सहकारी अभियन्ता काशीलाल चौधरीको सम्झना गरिएको थियो । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले काशीलालले देखाएको बाटोलाई अनुसरण गर्दै उनले खोलेको […]
भद्रपुर । भद्रपुर ७ स्थित झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विवेक पोखरेलको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा चन्द्रगढीमा साधारण सभा सम्पन्न गरिएको हो । कार्यक्रममा अध्यक्ष पोखरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ८ सय ६२ पुरूष तथा ७ […]
मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाको सामाजिक सरोकारसँग सम्बन्धित वित्तीय साक्षरता समितिको आयोजनामा मेचीनगरभित्रका स्टुडेन्ट सेभिङ्ग क्लबस्तरीय हाजिरीजवाफ प्रतियोगिता चारआलीस्थित शहिद दशरथचन्द माविमा आज सम्पन्न भएको छ । संस्थाले विद्यार्थीहरुमा वित्तीय क्षमता अभिवृद्धि गर्न टेवा पुगोस भन्ने हेतुले हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको जनाइएको छ । विद्यार्थीहरुमा किताबी ज्ञानमात्र नभई बाहिरी ज्ञान पनि […]
मेचीनगर । तत्कालीन संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले जनताले जनताकै लागि बनाएको संविधानमार्फत् सबै विचारलाई अटाउन सकिने भएकाले प्रतिबन्धित विप्लब समूहलाई आन्दोलन छाडेर शान्तिपूर्ण प्रक्रियामा आउन आह्वान गरेका छन् । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको २७औं वार्षिक साधारणसभाको उद्घाटन समारोहका प्रमुख अतिथि, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले यस्तो आह्वान गरेका […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ शिवगञ्ज स्थित उज्वल महिला कृषि सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७५ । ७६ मा ३ लाख ९० हजार ५ सय ३८ रुपैया नाफा गरेको छ । शनिबार शिवगञ्जमा आयोजित सहकारीको १३ औ वार्षिक साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उज्वल महिला कृषि सहकारी संस्था लिमिटेडकी अध्यक्ष विष्णु कुमारी […]
कमल । कमल गाउँपालिका ३ स्थित नौलो विहानी कृषि सहकारी सस्था लि.को पाँचौ वार्षिक साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा पुनः देउकुमार राई चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा देवकुमार लिम्बु लेछर्वाे, सचिव राजेस कुलुङ्ग राई कोषाध्यक्ष चेतकुमारी सिवाकोटी चयन भएको सहकारीले जनाएको छ । त्यसैगरी सदस्यमा हेमराज लावती,पुन्यप्रसाद गुरागाँई, रत्नकुमार जवेगु, गोपीकुमारी गुरुङ्ग, भुवानीप्रसाद थेवे, मुना […]
बिर्तामोड । बिर्तामोडस्थित आत्मनिर्भर महिला बचत तथा ऋण सहकारी संस्थाको तेस्रो अधिवेशन तथा आठ आठौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । प्रतिनिधिसभाका सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यमा आयोजित साधारणसभामा संस्थाका अध्यक्ष पवित्रा महतारा प्रसाईंले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन । प्रतिवेदनमा संस्थाले गत आर्थिक […]
बिर्तामोड । बिर्तामोडस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२ औँ वार्षिकोत्सवको अवसरमा आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा भएको रक्तदानमा ५ जना महिलासहित ४३ जनाले रगत दान गरेको संस्थाका व्यवस्थापक कृष्णप्रसाद खरेलले जानकारी दिए । संस्थाका अध्यक्ष यामकुमार चुडालको अध्यक्षतामा भएको रक्तदान कार्यक्रम प्रमुख अतिथी झापा […]
कमल । प्रदेशसभा सदस्य अर्जुन राईले सहकारी अभियानलाई नेपालको संविधानले पनि उच्च प्राथमिकता दिएर अर्थतन्त्रको एउटा खम्बा स्वीकार गरेकाले सहकारीका सञ्चालकले विशेष चनाखो भएर सदस्यलाई सेवा प्रवाह गर्नुपर्ने सुझाव दिएका छन् । नवोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड केरखाको आइतबार सम्पन्न २१औं वार्षिक साधारणसभाको प्रमुख अतिथि रहेको राईले यस्तो बताएका हुन् । ‘सहकारीहरु खुलेका छन्, चलेका […]