Sajhamanch Archive

सतासी सहकारीले चिया प्याकेजिङ्ग उद्योग खोल्ने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सतासी सहकारीले चिया प्याकेजिङ्ग उद्योग खोल्ने.

बिर्तामोड । राज्यले उपलब्ध गराएको बिऊ पूँजीबाट सहकारी पसल खोलेर देशकै नमूना बनेको बिर्तामोडको सतासी बहुमुखी सहकारी संस्थाले यसैवर्षबाट चिया प्याकेजिङ्ग उद्योग पनि सञ्चालनमा ल्याउने भएको छ । संस्थाको १६औं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा आज पत्रकार सम्मेलन गरी साना किसान चिया उत्पादक सहकारी संस्था हल्दिबारीसँगको सहकार्यमा चिया प्याकेजिङ्ग उद्योग सञ्चालन गरी स्वदेश तथा विदेशसम्म बजारीकरण गर्ने […]

खुद्रा बचत तथा ऋण सहकारीले ३९ लाख ७७ हजार नाफा कमायो

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on खुद्रा बचत तथा ऋण सहकारीले ३९ लाख ७७ हजार नाफा कमायो.

शिवसताक्षी । शिवसताक्षीको दूधे स्थित खुद्रा बचत तथा ऋण सहकारी संस्थाले ३९ लाख ७७ हजार ४ सय ९ रुपैया नाफा कमाएको छ । शनिबार संस्थाले १३ औं वार्षिक साधारण गर्दै आ.व. २०७५÷०७६ को आय व्यय सार्वजनिक गरेको हो । संस्था अघिल्लो आ.व.मा १ करोड २ लाख ६८ हजार ८५३ रुपैया आम्दानी र ६२ लाख ९१ […]

सहाराका महिला सदस्यलाई कानूनी साक्षरता तालिम

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on सहाराका महिला सदस्यलाई कानूनी साक्षरता तालिम.

बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले आज महिला कानूनी सचेतना तालिम प्रदान गरेको छ । लक्ष्मीपुरमा आज सम्पन्न तालिमको सहजीकरण अधिवत्ता दीपेन्द्र भट्टराइले गरेका थिए । अधिवक्ता भट्टराइले नयाँ संविधानमा महिलाका अधिकारका विषयमा जानकारी गराएका थिए । उनले महिलाका अधिकारहरु, मौलिक हक, नागरिकता बनाउने, अंशवण्डा, करणी कानून, देवानी मुद्धा, […]

संविधान दिवसको अवसरमा सहारा नेपालद्धारा सरसफाई तथा खुत्रुके वितरण

Published: in राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on संविधान दिवसको अवसरमा सहारा नेपालद्धारा सरसफाई तथा खुत्रुके वितरण.

लक्ष्मीपुर । संविधान दिवसको अवसरमा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्र तथा कनकाई नगरपालिका वडा नं. ८ को संयुक्त आयोजनामा सरसफाई तथा खुत्रुके वितरण कार्यक्रम भएको छ । कनपा–८ का विभिन्न सामाजिक संघ÷संगठनको सहभागितामा शुक्रवार लक्ष्मीपुर चोकमा सरसफाई साथै सहारा नेपालका बचतकर्ताहरुका वालबालिकालाई खुत्रुके वितरण कार्यक्रम सम्मपन्न भएको हो । कार्यक्रममा […]

सिम्रिक साकोसका सदस्यले पाए घरमै स्वास्थ्य उपचार राहत

Published: in राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on सिम्रिक साकोसका सदस्यले पाए घरमै स्वास्थ्य उपचार राहत.

कनकाई । सिम्रिक साकोस बिर्तामोडले सुरुङ्गा सेवा केन्द्र अन्तरगतका १० जना सेयर सदस्यको परिवारमा परेको स्वास्थ्य उपचार समस्यालाई दृष्टिगत गरी आज घरघरैमा पुगेर स्वास्थ्य उपचार राहत प्रदान गरेको छ । संस्थाका सचिव सुवास भट्टराईको नेतृत्वमा गएको टोलीले सेयर सदस्य स्वयम्को स्वास्थ्य उपचार तथा तिनका परिवारका सदस्यलाई उपचार राहत प्रदान गरेका हुन् । सचिव भट्टराईका अनुसार […]

पूर्व नेपाल बहुद्देश्यीय सहकारीद्वारा सदस्य छनौट सुरु

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on पूर्व नेपाल बहुद्देश्यीय सहकारीद्वारा सदस्य छनौट सुरु.

कमल । पूर्व नेपाल बहुउद्देश्यीय सहकारी सस्थाले साधारण सभाका लागी आजबाट प्रतिनिधी छनौट कार्यक्रम सुरु गरेको छ । आगामी असोज ११ गते सम्पन्न हुने संस्थाको १९ औं वार्षिक साधारणसभाका लागी प्रतिनिधि छनौट सुरु गरेको संस्थाले जनाएको छ । साधारणसभाको लागी सहकारी ऐन २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुसार सर्वप्रथम इकाइगत साधारणसभा गर्नु पर्ने भएको […]

माँ लक्ष्मी साकोसको साधारणसभा सम्पन्न

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on माँ लक्ष्मी साकोसको साधारणसभा सम्पन्न.

बिर्तामोड । यहाँस्थित माँ लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा आज सोमबार सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा आयोजित वार्षिक साधारणसभामा अध्यक्ष चौधरीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिक प्रतिवेदनमा संस्थाको शेयर पूँजी एक करोड ६५ लाख छ हजार २०० रुपैयाँ पुर्याइएको उल्लेख छ । यस्तै समीक्षा वर्षमा […]

लेखापढी बचत तथा ऋण सहकारीमा नयाँ कार्यसमिति चयन

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on लेखापढी बचत तथा ऋण सहकारीमा नयाँ कार्यसमिति चयन.

भद्रपुर । लेखापढी व्यवसायीहरुले सञ्चालन गरिरहेको सहकारी संस्था लेखापढी बचत तथा ऋण सहकारी संस्था भद्रपुरको अध्यक्षमा महेशकुमार भट्टराई चयन भएका छन् । उनी दोस्रो कार्यकालका लागि चयन भएका हुन् । ग्रामिण विकास प्रशिक्षण केन्द्र कलबलगुरीमा शनिवार सम्पन्न संस्थाको नवौँ वार्षिक साधारण सभाले आगामी तीन वर्षे कार्यकालकालागि भट्टराईलाई अध्यक्षपदमा सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा पुनःगोविन्द […]

एनएमसीका सदस्यलाई तरकारी उत्पादन सम्बन्धी प्राविधिक तालिम

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on एनएमसीका सदस्यलाई तरकारी उत्पादन सम्बन्धी प्राविधिक तालिम.

दुहागढी । एनएमसी एकीकृत नमूना कृषि परियोजनाको आयोजनामा आज मेचीनगर– १४ ढुहागढीमा कृषि पेशामा आबद्ध आफ्ना सदस्यहरलाई लक्षित गरेर तरकारी उत्पादन सम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरेको छ । एनएमसी एकीकृत नमूना कृषि परियोजनाका संयोजक केशवप्रसाद पोख्रेलको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नंं १४ का वडाध्यक्ष शङकरप्रसाद पोख्रेल रहेका थिए । […]

कर्णाली साकोसको सामाजिक कार्य

Published: in राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on कर्णाली साकोसको सामाजिक कार्य.

मेचीनगर । बिर्तामोडमा मुख्य कार्यालय रही झापा जिल्लाभर कार्यक्षेत्र रहेको कर्णाली साकोसले आइतबार ज्यामिरगढी मावि मेचीनगर १५ का विद्यार्थीलाई शैक्षिक, सरसफाई तथा खेल सामग्री प्रदान गरेको छ। ३०औं बालदिवसको अवसरमा कर्णाली साकोसले सामाजिक उत्तरदायित्व अन्तरगत कापी, पेन्सिल, दुईवटा फुटबल, तीनवटा डस्वीन र गमलासहित दुईवटा धुपीका बिरुवा हस्तान्तरण गरेको हो। संस्थाको धुलाबारी सेवा केन्द्रको संयोजनमा ज्यामिरगढी […]