मेचीनगर । झापाको मेचीनगर— १० स्थित कल्प वृक्ष कृषि सहकारी संस्थाले वितेको आर्थिक वर्ष २०७५÷०७६ मा अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ को तुलनामा शेयर पूँजी १ सय २४ प्रतिशत बृद्धि गरेको छ । संस्थाको शनिबार सम्पन्न १२ औँ वार्षिक साधारण सभाको अवसरमा अध्यक्ष ललितबहादुर बोहोराले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षमा संस्थाको शेयर पूँजी ६७ […]
प्रतिनिधि छनौट प्रक्रियामा सहभागी हुन सेयर सदस्यहरुलाई जरुरी सूचना आदरणीय सेयर सदस्यज्यूहरु, सहकारी मापदण्ड २०६८ मा ब्यवस्था भए बमोजिम यस संस्थाको विनियम २०६६ को परिच्छेद ५ दफा २२ को उपदफा ४ को ४ः१ अन्तर्गत आठौ वार्षिक साधारणसभाबाट पारित निर्णय बमोजिम आगामी भदौ २१ गते शनिबार हुने १०औं वार्षिक साधारणसभामा सहभागी हुनको निम्ति प्रतिनिधि छनौट […]
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थाहरूको मर्जर अभियान सहकारी अभियन्ताहरूकै पहलमा मात्र सम्भव हुने बताएकी छन् । सहकारी संस्थाहरूको एकीकरण सम्बन्धमा नेपाल सहकारी पत्रकार समाज र सहकारी विभागले बिहिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । मन्त्रालयले मर्जर अभियान थालेको बताउँदै क्षेत्र, भेग, कामको प्रकृति […]
बिर्तामोड । यहाँस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज बिर्तामोडमा आफ्ना कर्मचारीहरुका लागि उत्प्रेरणामुलक समीक्षा गोष्ठी गरेको छ । संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न गोष्ठीमा आर्थिक वर्ष २०७५/०७६ का लागि निर्धारित लक्ष्य र भए गरेका वित्तीय प्रगतिको समीक्षा गरिएको हो । त्यस्तै चालू आर्थिक वर्षका लागि कर्मचारीले निर्वाह गर्नुपर्ने भूमिका एवम् वित्तीय सूचांक […]
शिवसताक्षी । झापाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा दुई दिने सहकारी र विद्युतीय सुशासन अभिमुखिकरण प्रशिक्षण सुरु भएको छ । शिवसताक्षी नगरपालिकाको आयोजनामा जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि उक्त प्रशिक्षण सुरु भएको हो । शनिबार शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपालले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै शिवसताक्षी नगरपालिका क्षेत्र भित्र ३६ ओटा सहकारी रहेकाले सो सहकारीलाई समृद्ध र जनप्रतिनिधी […]
बिर्तामोड । संजिवनी बचत तथा ऋण सहकारी संस्थाले आज बिर्तामोडमा सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका शिक्षा उपसमिति संयोजक तारा आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि अडानका झापा जिल्ला सल्लाहकार संयोजक हरिकिशोर आचार्य रहेका थिए । संस्थाका अध्यक्ष याम कुमार चुडालले साकोसको संक्षिप्त परिचय साथै आर्थिक वर्ष २०७५/०७६ को प्रगति सहित […]
दमक । मेची सहकारी संस्था लिमिटेड दमकले आफ्नो २३औं वार्षिकोत्सवको अवसरमा दर्जनौं सदस्यहरुलाई सम्मान र पुरस्कार प्रदान गरेको छ । २५औं वार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गर्न तथा २३औं वार्षिकोत्सव समारोहमाझ संस्थाले उत्कृष्ट निक्षेपकर्ता, उत्कृष्ट कर्जा कारोबारी, उत्कृष्ट कर्मचारी, रेमिट्यान्स कारोबारीलाई सम्मानपत्रसहित पुरस्कृत गरेको हो । प्रदेशसभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्यमा आयोजित वार्षिकोत्सव […]
दमक । मेची सहकारी संस्था लिमिटेड झापाले सहकारी विभागले हालैदेखि कार्यान्वयनमा ल्याएको सन्दर्भ ब्याजको स्वागत गरेको छ । ‘सहकारीमा थिति र वेथिति दुईवटै चलायमान छन् । थितिवालाले सन्दर्भ ब्याजको स्वागत गर्ने हो, वेथितिवालालाई टाउको दुखाई बनेको होला’ अध्यक्ष नारायणप्रसाद भट्टराईको भनाई छ । संस्थाको २३औं वार्षिकोत्सव एवम् २५औं वार्षिक साधारणसभाबारे जानकारी दिन आज आयोजित पत्रकार […]
काठमाडौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले वित्तिय संस्थामा मौलाउदै गरेको विकृति नियन्त्रण गर्ने दिशातर्फ जानुपर्ने बताएकी छिन् । स्वावलम्बन विकास केन्द्रको २८ औं वार्षिकोत्सब तथा उद्यमशीलता विकास पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले लघुवित्त संस्था र सहकारीको प्रकृति उस्तैउस्तै भएको भन्दै संस्था ठूलो बन्दै जाँदा झन राम्रो हुनुपर्नेमा केही […]
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आजदेखि ४५ दिने एड्भान्स ब्युटीसियन तालिम सुरु गरेको छ । चालू आर्थिक वर्षमा एनएमसी महिला सशक्तिकरण समितिको आयोजना भएको यही पहिलो कार्यक्रम हो । संस्थाले विगतमा सञ्चालन गरेको तीन महिने ब्युटीसियन तालिममा सहभागी भएर उत्कृष्ट भएका २० जना महिलालाई लागत साझेदारीमा एड्भान्स तालिम सुरु गरिएको उपाध्यक्ष भगवती घिमिरेले […]