बिर्तामोड । साहित्य, कला, संस्कृति प्रतिष्ठान बिर्तामोड स्थापना गरी आजदेखि औपचारिक क्रियाकलाप गर्न थालिएको छ । साहित्यकार, गीतकार एवम् कलाकार भगवती ढुङ्गेलको अध्यक्षतामा स्थापना भएको प्रतिष्ठानले आज चाडपर्व विशेष शुभकामना आदान प्रदान तथा कृति विमोचन कार्यक्रम गरेर अस्तित्व देखाएको हो । सो प्रतिष्ठानको उपाध्यक्षमा इन्द्रप्रसाद कटुवाल, सचिवमा पवन शिवाकोटी, सहसचिवमा रेवता भट्टराई, कोषाध्यक्षमा सीता कुँवर […]
भद्रपुर । झापा चन्द्रगढीका स्रष्टा गणेशप्रसाद नेपालको दोस्रो कृति बाँच्नुको एउटा जीवन आत्मकथाको विमोचन गरिएको छ । चार दशक बढी सरकारी विद्यालयमा शिक्षण पेशामा सेवा प्रवाह गरेका स्रष्टा नेपालको दोस्रो कृति बाँच्नुको एउटा जीवन आत्मकथाकाको विमोचन आख्यानकार पुण्यप्रसाद खरेलले गरेका हुन् । लेखनाथ पुस्तकालय चन्द्रगढी तथा वर्तमान साहित्य प्रतिष्ठान चन्द्रगढीको सम्युक्त आयोजनामा सम्पन्न कार्यक्रममा स्रष्टाको […]
साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को आज राजधानीमा सार्वजनिकीकरण भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार मालिका केशरीले संयुक्त रुपमा विमोचन गरे । कार्यक्रममा मानवअधिकारवादी पाठकले उपन्यासले शरणार्थीको मानवअधिकार, न्याय र आत्मसम्मानका कुरा उठाएकोे बताए । उनले […]
झापाका पत्रकार तीर्थ सिग्देलले पाँचौं कृति सन्तानका रुपमा ‘मनको कैदी’ कथासंग्रह लिएर आएका छन् । २०७६ सालमा प्रकाशित मनोनेट कथासंग्रह पछि त्यही विधामा अर्को पाइला चालेका सिग्देलको यही साउनमा प्रकाशन भएको पछिल्लो पुस्तक ‘मनको कैदी’ दोस्रो कथासंग्रह हो । कथा, निबन्ध र नियात्रा लगायतका साहित्यिक विधामा उत्तिकै कलम चलाउन सक्षम तीर्थ सिग्देल युवा पुस्ताको लेखन […]
आमा म फर्किँदैछु, एउटा महान युद्ध जितेर क्रान्तिको गाथा बोकेर देशमा शान्तिको लागि धेरै संघर्ष गरेँ, परिवर्तनको नारा लगाएँ बीच सडकमा गएर चिच्याएँ आन्दोलन गरेँ जुलुसमा सहभागी बनेँ यतिखेर युद्धको भूमिबाट बोलिरहेको छु अहिले, यहाँ शान्तिको घोषणा भयो अब दुक्कसँग शान्तिको श्वास फेर्न सक्छौं । हेर त त्यो पारी डाँडाबाट झलमल बत्ति बलिरहेको छ झन्डा […]
काठमाडौं । नेपाल चलचित्र कलाकार संघले कोरोनाविरुद्धको खोप लगाउन चलचित्रकर्मीहरुलाई आफ्नो विवरण पठाउन आग्रह गरेको छ । सरकारले चलचित्रकर्मीहरुलाई खोप लगाउने प्रवन्ध मिलाउने लिखित प्रतिवद्धता जनाएपछि कलाकार संघले विवरण माग गरेको छ । कोभिड–१९ विरुद्धको खोप लगाउने अभियानमा संस्थावाट खोप लगाउने चलचित्रकर्मीको नाम, ठेगाना र उमेर उल्लेख गरी साउन १३ गतेभित्र विवरण पठाउन संघका अध्यक्ष […]
बिर्तामोड । साहित्य चौतारी बिर्तामोड झापाको २२ औं बार्षिकोत्सव तथा २०८ औँ भानु जयन्ती कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हस्त परियारको अध्यक्षता तथा छन्दवादी कवि डिल्लीराज नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम सँयोजक कृष्ण सुवेदी निराकारले स्वागत गरेका थिए । सरगम संगीतालय बिर्तामोडका कलाकारले साहित्य चौतारिको स्वागत गीत प्रस्तुत गरेको […]
काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिका भाषा, कला, साहित्य तथा सँस्कृति प्रवद्र्धन समितिले पहिलो पटक प्रदान गर्न लागेको ‘अर्जुनधारा दीर्घ साहित्य सेवा पुरस्कार– २०७८’ बाट झापाका अगुवा साहित्यकार सरोज ओली सम्मानित हुने भएको छन् । नगद ५१ हजार रुपैयाँ सहित ताम्रपत्रबाट पुरस्कृत व्यक्तिलाई सम्मान गर्न लागिएको भाषा, कला, साहित्य तथा सँस्कृति प्रवद्र्धन समिति, अर्जुनधाराकी संयोजक सुशिला सुबेदीले […]
अहिले म ६३ वसन्त पार गर्दैछु । तर मैले अहिले गर्न लागेको कुरा चाहिँ करिब करिब ४९ वर्ष अगाडिको हो । त्यसबेला म आफ्नो गाउँ इरौंटार शान्तिनगर छोडेर झापाको चन्द्रगढीतिर आउनका लागि तयार रहेको थिएँ । पञ्चायत तन्त्रले हाम्रो गाउँको हाइस्कूल (श्री शान्ति आदर्श हाइस्कूल) नयाँ शिक्षा योजना लागू गर्ने बहानामा निम्न माद्यमिक विद्यालयमा घटुवा […]