दमक । दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईको पहलमा दमकका विपन्न २०० परिवारलाई झुल वितरण गरिएको छ । दमक नगरको वडा नम्बर १, ३, ४ र ५ का सुकुम्बासी क्षेत्रका विपन्न परिवारलाई टोलमै पुगेर झुल वितरण गरिएको हो । लायन्स क्लब अफ काठमाडौ मिनभवनको प्रायोजनमा १०० र नगर उपप्रमुख भट्टराईको तर्फबाट १०० झुल वितरण गरिएको हो […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ । महानगरपालिकाको सहकारी विभागले सूचना जारी गर्दै साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गरेको हो । पछिल्लो समय सहकरीमा संकट सिर्जना भएको बेला महानगर क्षेत्रका केही सहकारीले पनि साधारणसभाको जनाकारी नगराएको र लेखापरीक्षण प्रतिवेदन पनि पेश नगरेको विभागले जनाएको छ […]
पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध बनेको छ । यातायात नियमित गर्न मङ्गलबारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्याएपछि यातायात पुनः अवरुद्ध बनेको हो । हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो । बाढीले डाइभर्सनमा क्षति पुर्याएपछि यातायात सञ्चालन पूर्णरूपले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी […]
काठमाण्डौ । सुदूरपश्चिम र कोशी प्रदेशमा केही ठाउँमा बिहानैदेखि हल्का पानी परिरहेको छ । अन्य ठाउँको मौसम भने आंशिकदेखि सामान्य बदली भएको मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार आज दिउँसो र राति देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।यस्तै, तराईका जिल्लामा आज पनि हावाहुरी चल्ने अनुमान छ । वर्षा र हावाहुरीको […]
मेष– मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रोकिएका कार्यको नयाँ योजना बन्नेछ । वृष–आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पर्यटकीय भ्रमणले मन लोभ्याउनेछ र यात्राका अवसर मिल्नेछन् । मिथुन–प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । […]
काठमाडौं । प्रहरीले काठमाडौंको नक्सालबाट एकजना बेहुलालाई मण्डपबाटै पक्राउ गरेको छ । मंगलबार दाइजो मागेर विवाद गरेको आरोपमा बेहुलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सुनसरी दुहवी नगरपालिका–६ का ३२ वर्षीय अनुराग रौनियार रहेका छन् । उनी काठमाडौंको ताहाचल बस्दै आएका थिए । उनीसँग अमेरिकाको ग्रिन कार्ड पनि छ । प्रहरीका अनुसार बेहुला […]
दमक । दमक उद्योग वाणिज्य संघले असार १४ गते दमकमा आयोजना गरेको रोजगार मेलाको तयारी तीव्ररुपमा भइरहेको जनाएको छ । संघले आज पत्रकार सम्मेलन गरी वृत्ती परामर्श तथा रोजगार मेलाको तयारीको विषयमा जानकारी दिएको हो । मेलामा तालिम प्रदायक संस्था, पर्यटन, चिया बगान, बैकिङ, होटल ब्यवसाय लगायतका २१ वटा संस्था, कम्पनी, उद्योगको स्टल रहने जनाइएको […]
काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग लिखित जवाफ मागेको छ । अधिवक्ता वर्षाकुमारी झाले दिएको निवेदनमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले मंगलबार लिखित जवाफ मागेको हो ।
मोरङ । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी विरुद्ध विराटनगर उच्च अदालतमा ‘अदालतको अवहेलना’ मुद्दा दर्ता भएको छ । अधिवक्ता उद्धवचन्द्र घिमिरे र उच्च अदालत विराटनगरका रजिस्टार जितेन्द्रबाबु थपलियाले आज उनीविरुद्ध अवहेलना मुद्दा दर्ता गरेका हुन् । मन्त्री राजभण्डारीले आइतबार विराटनगरको शिक्षादीप कलेजमा आयोजित कार्यक्रममा न्यायाधीशले घुस खाएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । उच्च […]
काठमाडौँ । अलिबाबाका संस्थापक ज्याक मा नेपाल आएका छन्। ज्याक मा मंगलबार दिउँसो साढे २ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनी बंग्लादेशबाट भीटीसी एमए चार्टर फ्लाइटमा विमानस्थलमा अवतरण गरेका अध्यागमन विभागका सूचना अधिकारी खिमराज भुसालले जानकारी दिए। भुसालले भने,१५ दिनको पर्यटक भिसामा उहाँ नेपाल आउनु भएको हो। उहाँसँगै ६ जना पुरुष र […]