काठमाडौँ। जेठ महिनाको घामको राप, त्यहीमाथि धोवीखोलाको दुर्गन्ध । त्यसको पर्वाह नगरी एकोहोरो डोजर चलाउन तल्लीन हुनुहुन्छ–मुना घिमिरे श्रेष्ठ । हाल काठमाडौँ महानगरपालिका वडा २९ क्षेत्रमा रहेको धोवीखोलामा थुप्रिएको माटो पन्छाउने काममा उहाँ व्यस्त हुनुहुन्छ । डोजर चलाउन थालेको पनि ठ्याक्कै २० वर्ष लागेछ । त्यसबीच उहाँले जोखिमपूर्ण र गाह्रो काम मात्र गरिरहनुभएको छ । […]
काठमाडौं। देशव्यापी जागरण अभियानमा लागेका केन्द्रीय नेताहरुलाई स्थानीय नेताहरुले पहिला आफू गुटबन्दीमा नलाग्ने कुरामा जागृत हुनुहोस्, अनि मात्र हामीलाई जागृत गराउन आउनुस् भनेका छन् । जागरण अभियानबारे प्रतिक्रिया सुनाउँदै नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले भने– ‘सहभागी कार्यकर्ताहरु हामीलाई हैन पहिला नेतालाई जागृत गराउनुस् ।’ जागरण अभियानबारे अन्य जिल्ला सभापतिहरुको पनि त्यस्तै अनुभव छ । […]
काठमाडौं। आगामी मनसुन प्रदेशअनुसार फरक हुने भएको छ । मुलुकको पूर्वी र मध्यभेगमा केही कमजोर रहने मनसुन पश्चिमी भू–भागमा भने औसत रहने भएको हो । प्रदेश १, २ र ३ का अधिकांश भू–भागसहित प्रदेश ५ को पश्चिमी भेगमा औसतभन्दा कम वर्षा हुने र अन्यत्र औसत वर्षा हुने मौसमविद्हरुको ठहर छ । सार्क मुलुक र म्यानमारसमेत […]
सरकारले किसान र उपभोक्तालाई राहत दिने गरी तरकारी बजार व्यवस्थित गर्ने बताए पनि बिचौलियाको बिगबिगी हटेको छैन । सरकारले करिब ९ महिनाअघि र आइतबार राति गरेको बजार अनुगमनमा समस्या उस्तै पाइएको हो । किसानले उत्पादन गरेको तरकारी अझै पाँच तह पार गरेर मात्र उपभोक्तासम्म पुग्ने गरेको अनुगमनले देखाएको छ । हरेक तहमा मूल्य बढ्दा तरकारी […]
काठमाडौँ। बैंक तथा फाइनान्स कम्पनीहरुले अबदेखि आफ्नो एटीएममा नेपाली भाषा पनि राख्नुपर्ने भएको छ । यस अघि केही बैंकहरुले मात्र आफ्नो एटीएम मेसिनमा अंग्रेजी र नेपाली दुवै भाषा राख्ने गरेका थिए भने केहीले अंग्रेजी भाषा मात्र राख्ने गरेका थिए । तर राष्ट्र बैंकको पछिल्लो निर्देशनअनुसार भने सबै बैंक तथा फाइनान्स कम्पनीहरुले आफ्नो एटीएम मेसिनमा नेपाली […]
धादिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बर्षको बजेटले देश विकासको गियर बढाउने बताएका छन् । धादिङको गल्छीमा सोमबार मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले “जेठ १५ मा आगामी आर्थिक बर्षको बजेट प्रष्तुत हुने बताए । यसले देश विकासको गियर परिवर्तन गर्छ ” प्रधानमन्त्री ओलीले भने “देश विकासको गति दुई […]
अहिलेका बच्चा कसरी हुर्कदैछन् भन्नुभन्दा पहिला हामी कसरी हुर्कियौं भन्ने कुरातिर अलिकति चर्चा गरौं । म कक्षा चारको मौखिक परीक्षामा उपस्थित भएको थिएँ । शिक्षकले स्कूल किन आउँछस् भनेर सोधे । मैले पढ्न, लेख्न भनें । फेरि सोधे, फेरि त्यही दोहोर्याएँ । पाठ्यपुस्तकमा चाहिँ पढ्न, लेख्न र खेल्न भनेको रहेछ । शिक्षकले मबाट पूर्ण उत्तर […]
बिर्तामोड । झापामा मानव अधिकार सञ्जाल गठन भएको छ । मानव अधिकारको क्षेत्रमा क्रियाशिल नागरिक अगुवा रहेको सञ्जालमा विष्णु खरेल अध्यक्ष बनेका छन् । उनको नेतृत्वमा गठन भएको सञ्जालको सचिवमा रुपक खनाल र सहसचिवमा दिपक दास चयन भएका छन् । मानव अधिकार रक्षाको लागि संगठित रुपमा काम गर्ने उदेश्यले स्थापना गरिएको मानव अधिकार सञ्जालको सदस्यहरुमा रेखा […]
बुद्धशान्ति । प्रदेश एकका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की झापाको बुद्धशान्तिमा सोमबार अभिनन्दित भएका छन् । उनलाई जगद्गुरु जन्मस्थल तथा पूर्वीय दर्शन अध्ययन केन्द्र बुद्धशान्तिले अभिनन्दन गरेको हो । केन्द्रका अध्यक्ष लीलाशरण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा चताराधाममा सम्पन्न कुम्भ मेलामा सरकारका तर्फबाट कुम्भ मेलाको संयोजकको भूमिका निर्वाह गरेर महत्वपूर्ण योगदान गरेको, राजनीतिक तथा […]
बिर्तामोड । नेपाल महिला चेम्बर अफ कमर्श बिर्तामोड नगर समितिको आज गठन गरिएको छ । झापा क्षेत्र नं. २ (क)का प्रदेशसभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमले सर्वसहमतिमा संगीता चिमरियालाई अध्यक्षको जिम्मेवारी दिइएको छ । यस्तै समितिको वरिष्ठ उपाध्यक्षमा रिमा भट्टराई, उद्योग उपाध्यक्षमा यमुना कोइराला, वाणिज्य उपाध्यक्षमा इन्दिरा उप्रतीलाई चयन गरेको छ । यसरी […]