काठमाडौं । आइतबारदेखि देशभर कक्षा ११ को परीक्षा सुरु भएको छ। परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ। बिहान ७ बजेदेखि सुरु हुने परीक्षा १० बजेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा पाँच लाख आठ हजार ४९४ परीक्षार्थी सहभागी भएका छन्। आइतबारबाट सञ्चालित परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि […]
बारा। हिन्दूधर्मको मान्यताविपरीत बुबाको दाहसंस्कार र काजकिरिया गरेको आरोपमा बाराको सुवर्ण गाउँपालिका–६ धरमपुरको एक परिवार जनप्रतिनिधिकै अगुवाइमा गाउँबाट लखेटिएको छ । वडासदस्य जिमिलाल यादव र पूर्वगाविस उपाध्यक्ष विद्यानन्दप्रसाद यादवको नेतृत्वमा गाउँलेले सामाजिक बहिष्कार गरेपछि ओमप्रकाश यादव (अवधेश)को नौजनाको परिवार विस्थापित भएको हो । १५ वैशाखमा ओमप्रकाशलाई पितृशोक परेको थियो । उनी किरियामा बसेको भोलिपल्ट जिमिलाल […]
सल्यान । सल्यानमा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एकजनाको मृत्यु भएको छ। जिल्लाको छत्रेश्वरी गाउँपालिका ६ सिमपानीमा लागेको आगो निभाउने क्रममा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ निवासी ५५ वर्षीया पेन्टी बोहरा भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ। वनमा लागेको आगो बस्तीमा आउन थालेपछि आगो निभाउने क्रममा उनको मृत्यु […]
सप्तरी। जिल्ला प्रशासन कार्यालय सप्तरीबाट यही वैशाख महिनाभित्रमा ३२१ ले वंशजका आधारमा नागरिकता पाएका छन् । नागरिकता प्राप्त गर्नेमा २२९ पुरूष र ९२ महिला रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नागरिकता लिनेमा जिल्ला प्रशासन कार्यालयबाट २२०, इलाका प्रशासन कार्यालय कञ्चनपुरबाट ९८ र इलाका प्रशासन कार्यालय बोदेबरसाइनबाट तीन ले नागरिकता लिएको निमित्त प्रमुख जिल्ला अधिकारी […]
भद्रपुर । भद्रपुर नगर क्षेत्रमा शरीर दान गर्ने पहिलो व्यक्तिको पहिचान बनाएका समाजसेवी उदयदेव शर्मा आचार्यको आज शनिबार बिहान साढे ४ बजे हृदयघातका कारण निधन भएको छ । आचार्यको पार्थीव शरीर आजै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण पनि गरिसकिएको छ । कान्छा छोरा राजकुमार आचार्यका अनुसार बाबुको इच्छा अनुसार पार्थीव शरीर विपी कोइराला स्वास्थ्य […]
चितवन स् इलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा झुण्डिएर आत्महत्या प्रयास गरेका कालिका नगरपालिका १ चितवनका समीर घिसिङको उपचारका क्रममा मृत्यु भएको छ। उपचारका क्रममा पुरानो मेडिकल कलेजमा गएराति ११स्३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनको शव अहिले भरतपुर अस्पतालमा राखिएको छ। चोरी अभियोगमा पक्राउ परेका समीर गत २६ गत्ते थुनुवाघर भित्रको […]
काठमाडौं। सरकारको नीति तथा कार्यक्रममाथि विपक्षी सांसदहरुको जिज्ञासाको जवाफ दिनेक्रममा प्रधानमन्त्री केपी ओलीले बोलेका अमर्यादित शब्द संसदको रेकर्डबाट हटाइएको छ । सभामुख कृष्ण बहादुर महराले शुक्रबार गैरसंसदीय शब्द हटाउन रुलिङ गरेका हुन् । ओलीले वैशाख २४ गतेको बैठकमा आक्रोश, कुण्ठा र निम्छरो शब्द प्रयोग गरेका थिए । नयाँ पत्रिका दैनिकबाट।
सिन्धुलीमाढी । सिन्धुलीको फिक्कल गाउँपालिका-३ मा शिक्षकले विद्यार्थीलाई बाल यौन दुव्र्यवहार गरेको खुलासा भएको छ । फिक्कल सालघारीस्थित मावि रातमाटाका शिक्षक चिरञ्जीवी पहाडीले किशोरीहरु राति घरमा सुतिरहेको अवस्थामा यौन दुव्र्यवहार गर्न खोजेको भन्दै पीडित किशोरीहरुका साथै जिल्ला किशोरी सञ्जाल र बाल सञ्जालले न्याय माग्दै जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएका छन् । बाल यौन दुव्र्यवहार […]
सुर्खेत। कर्णली प्रदेशको राजधानी वीरेन्द्रनगरभित्रका सामुदायिक विद्यालयलाई विद्यार्थी थेग्न मुस्किल परेको छ । सामुदायिक विद्यालयले कोटा तोकेरै भर्ना लिँदा कतिपय कमजोर विद्यार्थी पढ्न वञ्चित भएका छन् । सीमित भौतिक भूर्वाधार र जनशक्ति भएका कारण यी विद्यालयले कोटा तोकेर प्रवेश भर्ना लिएका छन् । नगरभित्रका अमज्योति नेवारे, इत्राम र जनमाविमा सबैभन्दा बढी चाप छ । शैक्षिक […]
दूधे । राष्ट्रिय रमणीय हाजिरी जवाफ प्रतियोगिता सिजन २ मा कक्षा १० मा अध्ययरत छात्र सचिन राजवंशी प्रथम भएका छन् । त्यस्तै नितेस बानिया दोस्रो र करुणा दनुवारले तेस्रो स्थान हासिल गरे । प्रथम हुने विद्यार्थीले २५ सय, दोस्रो स्थान हासिल गर्नेले २ हजार र तेस्रो स्थान हासिल गर्ने विद्यार्थीेले १५ सय नगद प्राप्त गरेका […]