काठमाडौं। संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण गर्ने सहमति भएको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले शनिबार पार्टी एकीकरणको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । एकीकरणको घोषणा सोमबार गरिने छ। एकीकरणपछि पार्टीको नाम समाजवादी पार्टी राख्ने सहमति भएको छ । पार्टीको कार्यकारी अध्यक्ष उपेन्द्र यादव […]
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ मा सडक, रेल, जलविद्युत् आयोजना, सुरुङमार्गलगायत पूर्वाधारको विकासमा अत्याधिक बजेट व्यवस्था गर्ने संकेत गरेको छ । ठूला र दीर्घकालीन महत्व राख्ने त्यस्ता परियोजनालाई सरकारले कसरी पैसा जम्मा गर्छ भन्ने स्पष्ट खाका भने देखिएको छैन । सरकारले शुक्रबार ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यी–यी परियोजना सम्पन्न तथा […]
काठमाडौं। वायु सेवा निगमले १२ वर्षपछि चीनको सांंघाई हुँदै जापानको ओसाकासम्म व्यावसायिक उडान सुरु गर्ने भएको छ । यसअघि निगमले करिब १३ वर्ष काठमाडौं-ओसाका उडान गरेको थियो । निगमले मध्य असारदेखि वाइडबडी विमानमार्फत सातामा तीन दिन जापानमा सिधा उडान गर्ने जनाएको छ । ‘जापान उडान गर्ने अब निश्चित भयो,’ निगमका सहायक प्रवक्ता नवराज कोइरालले भने, […]
काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आइओसी) को रक्सौल डिपोबाट आएको ट्याकंरको तेल चोरी गर्दै गरेको अवस्थामा पक्राउ परेपछि वीरगन्जका पम्पमा असर देखिएको छ । स्रोतका अनुसार ट्यांकरबाट चोरी गरिएको तेल वीरगन्जका पम्पमा असर देखिएको छ । स्रोतका अनुसार ट्यांकरबाट चोरी गरिएको तेल वीरगन्जका पम्पले सस्तोमा किनेर निगमले तोकेको मूल्यमा बिक्री गरी अतिरिक्त नाफा कमाउँदै आएका […]
दमक ।अघिल्लोपटक प्रधानमन्त्री हुँदा केपी ओलीले आफ्नो क्षेत्रमा विकासे योजनाको थुप्रो ल्याउने बताएका थिए । उनले कागजमा केही योजना पनि ल्याए । तर, ती कार्यान्वयनमा भने अझै गएका छैनन् । २०६४ सालको संविधानसभा निर्वाचनबाहेक हरेक निर्वाचनमा आफैँले जित्दै आएको झापालाई उनले कागजी ‘सरप्राइज’ दिए तर त्यो अहिलेसम्म कामका रुपमा देखा परेको छैन । विगतका निर्वाचनमा […]
कचनकवल । भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन कागजी प्रक्रिया मिलाइदिने जनप्रतिनिधि, कर्मचारीसहित स्थानीयको नाममा झापा जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरे पनि राजनीतिक संरक्षणका कारण प्रहरीले आरोपीलाई पक्राउ गरी कारवाही गर्न सफलता पाएको छैन । भारतीय नागरिक ३५ वर्षीय भुपाल गुरुङलाई नागरिकता बनाउन आर्थिक प्रलोभवनमा परी सर्जिमिनमा बस्ने स्थानीय, जन्मदर्ता बनाई सिफारिस दिने जनप्रतिनिधि र […]
मेचीनगर । सामाजिक र साहित्य तथा शिक्षाकाक्षेत्रमा रचनात्मक काम गर्ने उद्देश्यसहित झापाको मेचीनगरमा साहित्यकार तेजराज खतिवडाको नाममा निर्माण भएको साहित्यकार तेराख प्रतिष्ठानको शनिबार औपचारिक घोषणा भएको छ । प्रतिष्ठान संस्थापक वरिष्ठ साहित्कार खतिवडाको जीवनी र उनका कृतिहरुका बारेमा प्रतिष्ठानका सचिव विनोद खनालले प्रकाश पारेका थिए । साहित्यकार तेराख प्रतिष्ठानले धुलावारी माविको सभाहलमा अध्यक्ष शिवकुमार पौडेलको […]
हेटौंडा । मकवानपुरको गढीगाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। अर्को एकजना घाइते भएकी छन। शुक्रबार दिउँसो हावाहुरी र बर्षासँगै परेको चट्याङ लागेर मकवानपुर गढी गाउँपालिका ५ देउरालीमा एक जनाको मृत्यु भएको हो। मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार मृत्यु हुनेमा २७ बर्षीया फुलमाया पाख्रिन हुन्। चट्याङले मनहरी गाउँपालिका ३ मा बाख्रा चराउन गएकी […]
जाजरकोट।नेपाल खाद्य संस्थानले डोल्पाको मुड्केचुला गाउँपालिका ७ सर्मी डिपोका लागि ल्याएको चामल बाटोमै बिक्री गरिएको छ । दाङको तुल्सीपुरबाट ढुवानी गरेर ल्याएको एक हजार क्विन्टल चामल संस्थानका कर्मचारी र ठेकेदार मिलेर रुकुमको आठबिसकोट नगरपालिका ४ त्रिवेणीमा बिक्री गरेका हुन् । जुम्ला र सुर्खेतबाट आउने एक हजार क्विन्टल चामल पनि सर्मी डिपोमा पुगेको छैन । ‘तुल्सीपुरबाट […]
दूधे । नेपाल सरकारको मन्त्रीस्तरीय बैठकबाट गएको पुस २६ गते झापाका लागि गठित भूमि व्यवस्थापन सम्बन्धी आयोगले कर्मचारीको अभाव हुँदा काम नसकेको बताएको छ । साविकका सतासीधाम, शिवगञ्ज, धरमपुर, तोपगाछी, लखनपुर र महारानिझोडामा भूमि व्यवस्थापनसम्बन्धी आयोगले सरकारले कर्मचारी नपठाउँदा काम गर्न नसकेको हो । आयोगले झापाको झिलझिलेमा कार्यालयको व्यवस्थापन गरेको छ तर कर्मचारीको अभावहुँदा समितिले […]