Sajhamanch Archive

गाउँपालिकाद्वारा शिक्षक सम्मानित

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गाउँपालिकाद्वारा शिक्षक सम्मानित.

कमल । कमल गाउँपालिका शिक्षा शाखाले शिक्षकहरुलाई सम्मान सहित विदाई गरेको छ । गोल्डेन ह्याण्डसेक लिएका शिक्षकहरुलाई शिक्षा शाखाले कदरपत्र र दोसल्ला ओडाएर सम्मान सम्मान गरेको हो । विदाई हुने शिक्षकमा दुर्गाप्रसाद सेडाई, तीर्थवहादुर थापा, होमवहादुर मगर, नर्वदा गौतम, प्रेम गुरुङ्ग लगायत १३ जना शिक्षकलाई गाउँपालिकाले सम्मान सहित विदाई गरेको हो । कमल गाउँपालिका शिक्षा […]

कपिलवस्तुमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु ,१७ जना सामान्य घाईते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कपिलवस्तुमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु ,१७ जना सामान्य घाईते.

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–२ पिपरा चोकमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने १७ जना सामान्य घाईते भएका छन् । पूर्व–पश्चिम राजमार्ग किनारमा रोकी राखेको राखेको यूपी ४७टि३४३७ भारतीय नम्बरको ट्रक र नेपालगंजबाट नारायणगढ जाँदै गरेको ना६ख २४६७ नम्बरको बस एक आपसमा टोकिएर दुर्घटना भएको हो । गाडीमा सवार ४३ जना मध्ये […]

बलात्कार गर्न प्रयास गर्ने बिर्तामोडका प्रकाश प्रहरीको नियन्त्रणमा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बलात्कार गर्न प्रयास गर्ने बिर्तामोडका प्रकाश प्रहरीको नियन्त्रणमा.

झापा । ६ वर्षीया बालिकालाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा झापाको बिर्तामोडमा एक जना पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका ५ बस्ने ४० वर्षीय प्रकाश तोलाङ्गी पक्राउ परेको कार्यालय झापाका प्रहरी नायब उपरीक्षक डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार मंगलबार दिउँसो घरबाट किराना पसल गएकी बालिकालाई तोलाङ्गीले फकाएर आफ्नो कोठामालगेका थिए। कोठा लगेर तोलाङ्गीले बालिकाको […]

सञ्चार मन्त्री भन्छन्– विष्णु पौडेललाई ठगी गर्नेले नै क्षतिपूर्ति दिनुपर्छ

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सञ्चार मन्त्री भन्छन्– विष्णु पौडेललाई ठगी गर्नेले नै क्षतिपूर्ति दिनुपर्छ.

बुटवल । सरकारका प्रवक्ता एवंम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले तथ्यमा आधारित भएर सरकारको आलोचना गर्न आग्रह गरेका छन् । उनले विष्णु पौडेललाई जसले ठग्यो उसैले क्षतिपूर्ति दिनुपर्ने समेत बताएका छन् । प्रेस संगठन रुपन्देहीले मंगलबार मणिग्राममा गरेको पत्रकार भेटघाटमा मन्त्री बास्कोटाले तथ्यविपरीत सरकारको आलोचना गरेको भन्दै आक्रोस पोखे । ‘सरकार तथ्यमा आधारित […]

बलात्कारको अभियोगमा चार पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बलात्कारको अभियोगमा चार पक्राउ.

पोखरा । पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए। सोमबार ती युवतीमाथि जबर्जस्ती करणी भएको र सोही दिन चार जनालाई वडा […]

जीप दुर्घटना एकजनाको ज्यान गयो ११ जना घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जीप दुर्घटना एकजनाको ज्यान गयो ११ जना घाइते.

उदयपुर । उदयपुरगढी गाउँपालिका –१ मा जीप दुर्घटना हुँदा एकजनाको घटना स्थलमै ज्यान गएको छ । ११ जना घाइते भएका छन् । सोमबार राति कटारीबाट उदयपुरगढी गाउँपालिकाको मुर्मेतर्फ जाँदै गरेको स १ ज ५०६ नम्बरको यात्रुवाहक बोलेरो जीप दुर्घटना हुँदा स्थानीय ४५ वर्षीय केशीमाया परियारको ज्यान गएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरीक्षक प्रेमसागर […]

गैँडा मर्नुका कारण खोजिँदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गैँडा मर्नुका कारण खोजिँदै.

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्नेक्रम बढेपछि कारण पत्ता लगाउन अध्ययन अनुसन्धान शुरु गरिएको छ । एकसिङ्गे गैँडाको विश्वकै प्रमुख वासस्थान मानिने चितवन निकुञ्जमा गैँडा धमाधम मर्न थालेपछि विज्ञ टोलीको सहयोग लिएर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले अध्ययन गर्न थालेको हो । “चितवनमा के कारणले गैँडा मर्ने क्रम वढी भयो भनेर हामीले […]

अब सार्वजनिक यातायातमा स्मार्ट कार्ड

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अब सार्वजनिक यातायातमा स्मार्ट कार्ड.

काठमाडौं । उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा स्मार्ट यात्रु कार्डमार्फत भाडा तिर्ने व्यवस्था गरिने भएको छ । काठमाडौं महानगरपालिकाले ऐन बनाएरै सार्वजनिक सवारीमा टिकट प्रणाली अनिवार्य गरेको छ । २४ चैतमा महानगरले पारित गरेको सवारी तथा यातायात व्यवस्थापन ऐनमा महानगर क्षेत्रभित्र सञ्चालन हुने सबै सार्वजनिक सवारीमा कागजी र विद्युतीय यात्रु टिकट अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था […]

सांस्कृतिक पर्यटन तथा लिम्चुङबुङ महोत्सव सुरु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सांस्कृतिक पर्यटन तथा लिम्चुङबुङ महोत्सव सुरु.

उदयपुर । जिल्लाको उच्च पहाडी क्षेत्रमा पर्ने लिम्चुङबुङ गाउँपालिका ३ मा पर्ने दोवाटे डाँडामा पहिलोपटक महोत्सव आयोजना गरिएको छ। ‘पहिचानको लागि संस्कृति, विकासको लागि पर्यटन’ भन्ने नाराका साथ लिम्चुङबुङ गाउँपालिकाकामा सांस्कृतिक पर्यटन तथा लिम्चुङबुङ महोत्सव आइतवारदेखि सुरु भएको हो । नयाँ वर्षको अवसरसँगै पालिकाको वडा नं। ३ एभरेष्ट भ्युटप दोबाटेडाँडामा पाँचदिनसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय […]

समाचार लेख्दा साइबर अपराधमा पत्रकार पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on समाचार लेख्दा साइबर अपराधमा पत्रकार पक्राउ.

पोखरा । स्थानीय ताण्डव न्यूज साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ कास्कीका सदस्य अर्जुन गिरीलाई साइबर क्राईमको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि व्यवसायी विपेन्द्रराज बतासले ठगी गरेको समाचार ताण्डव न्यूजमा प्रकाशित भएको थियो । सोही समाचारले आफ्नो चरित्र हत्या गरिएको भन्दै बतासले साईवर क्राईम अन्तर्गत उजुरी दिएका थिए । समाचारमा बतासले […]