Sajhamanch Archive

दमकका घाइते मजदूरको उपचारमा आर्थिक अभाव

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on दमकका घाइते मजदूरको उपचारमा आर्थिक अभाव.

दमक । दमक नगरपालिका वडा नं. ४ साविक वडा नं ९ चियाबगानमा मोटरसाइकल दूर्घट्नामा परी घाइते भएका एक मजदूर युवाको उपचारमा आर्थिक अभाव हुँदा समस्या भएको छ । चिया बगानमा कार्यरत मजदूर टेकबहादुर सुनुवारका २२ वर्षीय छोरा ब्रिजेश सुनुवारको उपचारमा समस्या भएको हो । विपरित दिशाबाट आइरहेको एक मोटरसाइकलले सुनुवारले चलाएको मोटरसाइकललाई ठक्कर दिँदा सो […]

हावाहुरी आँधी प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हावाहुरी आँधी प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स.

सुनसरी । बारा र पर्सामा हिजो आएको विनाशकारी हावाहुरी आँधी प्रभावित क्षेत्रमा पिउने पानी शुद्धीकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात् वाटर एम्बुलेन्स पठाएको छ । हावाहुरी आँधीले क्षति पुर्याएको बस्तीमा पानीका कारण रोग व्याधिको प्रकोप फैलिन नदिन खानेपानी मन्त्रालयको निर्देशन अनुसार विभागले पानी शुद्धीकरण गर्ने आधुनिक उपकरण सहितको वाटर […]

ताप्लेजुङमा मानव कङ्काल भेटियो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ताप्लेजुङमा मानव कङ्काल भेटियो.

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचामा लुगा लगाएको मानव कङ्काल भेटिएको छ । सिकैचाको जङ्गलमा पुरुषको जस्तो देखिने कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले बताए । स्थानीय मानिसहरु हलो बनाउने काठ काट्नका लागि जङ्गल गएको बेला कङ्काल देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यो मानव कङ्काल कसको हो भन्ने […]

दर्ता गरेर पोर्न साइट चलाउन पाइने, फेसबुकमा ललाईफकाई गरे जेल

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on दर्ता गरेर पोर्न साइट चलाउन पाइने, फेसबुकमा ललाईफकाई गरे जेल.

काठमाडौं । सरकारले सामाजिक सञ्जाल प्रयोगलाई नियमन र कडाइ गर्ने भएको छ । फेसबुक, ट्वीटर, युट्युबलगायतका सामाजिक सञ्जाललाई व्यस्थित गर्न सरकारले छुट्टै ऐन बनाएर यस क्षेत्रलाई व्यवस्थित गर्ने रणनीति तयार गरेको छ । सिंहदरबारमा सोमबार बसेको संघीय संसदको विकास तथा प्रविधि समिति बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न […]

फरार व्यक्ति ९ वर्षपछि पक्राउ

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on फरार व्यक्ति ९ वर्षपछि पक्राउ.

काठमाडौं । प्रहरीले ज्यान मार्ने उद्योग अन्तर्गत फरार रहेका रबिन पुलामी मगरलाई ९ वर्षपछि पक्राउ गरेर जेल पठाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जारी गरेको वक्तव्यमा जनाइएअनुसार कान्ती पराजुलीको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी रविन पुलामी मगर समेत भएको ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतको २०६६ चैत १६ गतेको फैसला अनुसार सुनसरीको महेन्द्रनगर […]

एसईईका विद्यार्थीलाई प्रहरीको पत्र

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on एसईईका विद्यार्थीलाई प्रहरीको पत्र.

कमल । यस वर्षको माध्यमिक शिक्षा एसईई परीक्षा आजबाट सकिएको छ । चैत १० गते अंग्रेजी विषयको परीक्षाबाट सुरु भएको ऐच्छिक विषय लेखा र शिक्षा विषयको परीक्षा दिए पछि यस वर्षको एसईई परीक्षा सकिएको हो । परीक्षामा देशभरवाट ४ लाख ७५ हजार ३ जना विद्यार्थी सामेल भएको परीक्षा नियन्त्रण कार्यालय सानोठीमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीले […]

झापामा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झापामा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु.

झापा । झापामा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन्। प्रहरी कार्यालय झापाका अनुसार कनकाई नगरपालिका ३ स्थित पूर्व बसपार्कनजिकै मोटरसाइकलको ठक्करबाट कनकाई नगरपालिका ८ बस्ने ४० वर्षीय बावुलाल टुडुको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तरगत पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे९प ५५७६ नम्बरको मोटरसाइकलले टुडुलाई आइतबार राती […]

घाइतेको निशुल्क उपचार गर्न अध्यक्ष प्रचण्डको माग

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on घाइतेको निशुल्क उपचार गर्न अध्यक्ष प्रचण्डको माग.

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा आइतवार सॉझ आएको हावाहुरीबाट कम्तिमा २७ जनाको मृत्यु र ५ सय भन्दा बढी घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। त्यस्तै अध्यक्ष प्रचण्डले मृतक प्रति समवेदना व्यक्त गदै मृतक परिवार तथा हावाहुरीबाट घरबारबिहीन परिवारहरुमा उचित क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क […]

प्रधानमन्त्री ओली बारा प्रस्थान

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रधानमन्त्री ओली बारा प्रस्थान.

भापा । प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापामा पूर्व निर्धारित कार्यक्रम स्थगित गरेर बारातर्फ प्रस्थान गरेका छन्। दुई दिने गृह जिल्ला बसाइका लागि आइतबार दमक आएका प्रधानमन्त्री ओली दोस्रो दिनको कार्यक्रम स्थगन गर्दै हावाहुरी प्रभावित प्रदेश २ को बारा र पर्सामा स्थलगल निरीक्षणका लागि गएका हुन्। प्रधानमन्त्री ओली नेपाली सेनाको स्काइ ट्रकबाट हावाहुरी प्रभावित […]

आँधीमा परी बारा र पर्साका विभिन्न ठाउँमा कम्तिमा २७ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आँधीमा परी बारा र पर्साका विभिन्न ठाउँमा कम्तिमा २७ जनाको मृत्यु.

बारा। गएराति आएको भीषण आँधीमा परी बारा र पर्साका विभिन्न ठाउँमा कम्तिमा २७ जनाको मृत्यु भएको छ । रातको समयमा घटना भएकाले क्षतिको पूर्ण विवरण आउन बाँकी नै रहेको भन्दै यो संख्या अझै बढ्न सक्ने अनुमान अधिकारीहरुले गरेका छन् । ४ सय भन्दा धेरै मानिस घाइते भएका छन् । असिनापानीसँगै आएको आँधीले विभिन्न भौतिक संरचनाहरुमा […]