काठमाडौं । प्रहरीले बालाजु नयाँ बसपार्कबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँके कोहलपुरका रमेश बस्नेत र शेरसिंह रोकाया रहेका छन्। उनीहरूको साथबाट प्रहरी १६ ग्राम खैरो हेरोइन र जोख्ने तराजुसमेत बरामद गरको छ। विप्लव समूहको गतिविधिबारे अनुसन्धानमा खटिएको बालाजु प्रहरीले उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होवीन्द्र बोगटीले बताए। […]
काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका पर्सा जिल्ला इञ्चार्जलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरा प्रदेश प्रमुख भनिने पर्सा जिल्ला ईन्चार्ज विगा प्रसाद चौरासिया रहेका छन् । उनले विभिन्न संघसंस्थाहरु तथा सर्वसाधारणबाट चन्दा माग गर्दै डरत्रास देखाएको, सार्वजानिक शान्ति भंग गरेको प्रहरी दाबी छ । पछिल्लो सयम प्रहरी विप्लव समूहका नेता–कार्यकर्तालाई देख्नेवित्तिकै समात्न […]
काठमाडौं । अछामको रामारोशन गाउँपालिकामा विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । मंगलबार दिउँसो गोली हानाहान भएको प्रहरीले जनाएको छ । रामारोशनमा चन्द समूहका कार्यकर्ता भएको जानकारी पाएपछि प्रहरी त्यसतर्फ लागेको थियो । प्रहरीका अनुसार चन्दका कार्यकर्ताले प्रहरीलाई देख्नासाथ गोली हानेका थिए । गोली हानाहानपछि केही कार्यकर्ता पक्राउ गरिएको प्रहरीले जनाएको छ […]
उदयपुर । सुनसरीको कोशी गाउँपालिका(७ बुधबार बिहान पिकअप गाडीको ठक्करबाट जंगली अर्ना मरेको छ, भने पिकअपमा सवार ३ जना यात्रु घाइते भएका छन्। पूर्व पश्चिम लोकमार्गमा लु२च ५९५८ नम्बरको पिकअप गाडीले बाटो काट्दै गरेको अर्नालाई ठक्कर दिँदा अर्ना घटनास्थलमै मरेको हो साथै उक्त भ्यानमा सवार तीन जना घाइते भएको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले […]
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासलाई सरकारले उच्च प्राथमिकतमा राख्ने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेशका सांसदहरुसँग आज सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले गतबर्षको बजेट बिनियोजनमा कर्णालीका महत्वपूर्ण योजनाहरु छुटेको बताउंदै यसपाली कर्णालीलाई प्राथमिकतामा राखिने बताए । “गतबर्ष कर्णाली प्रदेशका जिल्लालाई योजना र बजेट दिन छुटेको सही हो तर यसपाली […]
बिर्तामोड । नेपाल चेम्बर अफ कमर्स अन्तरगत नेपाल महिला चेम्बरको झापा शाखा आज गठन भएको छ । नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यमा आज बिर्तामोडमा आयोजित अन्तरक्रियासहितको भेलाले प्रेमा भट्टराइको अध्यक्षतामा नेपाल महिला चेम्बर झापा जिल्ला तदर्थ समिति गठन गरेको हो । नेपाल महिला चेम्बर झापाको वरिष्ठ उपाध्यक्षमा रेनुका डाँगी, वाणिज्य उपाध्यक्षमा निरु उप्रेती, […]
काठमाडौं । सिंगापुर एयरलाइन्सको एक उडानमा मंगलवार बमको हल्ला चलेपछि यात्रीहरू त्रस्त भएका छन् र विमानको आपतकालीन अवतरण गराइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेअनुसार, सिंगापुरबाट मुम्बई जाने फ्लाइट स्थानीय समयअनुसार साढे ११ बजेतिर एयरलाइन्स उड्नेबित्तिकै एउटा फोन कल आयो । फोन गर्ने मानिसले विमानमा बम भएको दाबी गरे । फोनकल आएलगत्तै पाइलटले बमको […]
विराटनगर । राजनीतिक दलका नेता विमानस्थलमा ओर्लिंदा स्वागतका नाममा भीआईपी कक्षमा अनावश्यक रुपमा ‘चाकडीबाजहरू’ भेला हुने गर्छन् । सीमित मात्रामा स्वागत गर्ने कार्यकर्ता आवश्यक हुने नै भएपनि भीआईपी कक्षमा अनावश्यक भीडभाड हुने प्रवृत्ति अधिकांश ठाउँमा देखिन्छ । तर अब त्यस्ता अनावश्यक ‘चाकडीबाज’ले विमानस्थलमा भीडभाड गर्न पाउने छैनन् । हुलहुज्जत र भीडभाड नियन्त्रण गर्न विराटनगर विमानस्थल […]
बुटवल । नेपाली काँग्रेसकी नेतृ डा. डीला संग्रौलाले निर्मला पन्तका हत्यारालाई प्रधानमन्त्री र गृहमन्त्रीले लुकाएको आरोप लगाएकी छन । बालुवाटार र सिहंदरबार भित्रैबाट अपराधीको संरक्षण गरिएकाले प्रहरीले पन्तका हत्यारालाइ पक्राउ गर्न नसकेको उनको दाबी छ । बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संग्रौलाले सुरक्षा शान्ति, सुशासन र समृद्धिको मुद्दामा सरकार पूर्ण रुपमा असफल भएको दावी गरिन् । […]
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई मा विद्यार्थीले कम ग्रेड ल्याएमा विषय शिक्षकलाई सेवा मुक्त बनाउने प्रस्ताव तयार भएको छ । विद्यार्थीको कम ग्रेड आएमा प्रधानाध्यापकको ग्रेड रोक्का र विद्यालयको अनुदान कटौटी गर्न पनि प्रस्ताव गरिएको छ । गत मंसिर दुई गते शिक्षा समितिले सांसद उमेश श्रेष्ठको नेतृत्वमा शिक्षा नीतिमा समेट्नु पर्ने विषयका सम्बन्धमा सुझाव […]