बैतडी । जिल्लाको दशरथचन्द नगरपालिका १ स्थित मणिलेक माध्यमिक विद्यालयमा अध्ययनरत छात्रामा बेहोस हुने समस्या देखिन थालेको छ। विद्यालयका अध्ययनरत कक्षा ७ देखि माथिका छात्रामा यो समस्या देखिएको विद्यालयले जनाएको छ। छात्रामा बेहोस हुने, छट्पटाउने, काम्ने समस्या रहेको प्रधानाध्यापक त्रिभुवनसिंह रावलले बताए। साथै उनीहरूले अरुलाई लखेट्ने पनि गरेका छन्। केही महिनाबाट विद्यालयमा यो समस्या रहेको छ […]
विराटनगर। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका १०० सामुदायिक विद्यालयलयमा आगामी शैक्षिकसत्रदेखि विज्ञान र प्रविधि विषयको अध्यापन गराइने बताएका छन् । राष्ट्रिय युवा परिषदद्वारा शुक्रवार आयोजित दुईदिने प्रदेशस्तरीय विज्ञान तथा प्रविधि युवा सम्मेलन–२०१९को दोस्रो दिन उहाँले युरोप र अमेरिकामा अध्यापन गराइने पाठ्यक्रमलाई आधार बनाई मुलुकको समृद्धिमा सहयोग पुग्नेगरी काम गरिने धारणा व्यक्त गरे […]
कमल गाउँपालिका सामुदायिक विद्यालयका दुई शिक्षकलाई विदाई गरिएको छ । गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयहरुको नियमित घुम्ति वैठकमा दुई जना सेवा नृवित्त शिक्षकलाई विदाई गरिएको हो । रनिको प्राथमिक विद्यालय कमल गाउँपालिका वडा नं. ७ का प्रधानाध्यापक ईन्द्र केसी र श्री नवदुर्गे प्राथमिक विद्यालय कमल – १ का प्रधानाअध्यापक भक्तिप्रसाद पौडेललाई विदाई गरेको कमल गाउँपालिकाका स्रोतव्याक्ति […]
सल्यान । सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। नेपालगञ्जबाट रुकुम सिलिंगेका लागि छुटेको भे १ ज १००२ न फोर्स गाडी जिल्लाको बागचौर नगरपालिका १ कालाखेत बजार नजिकै दुर्घटना हुँदा १४ जना घाइते भएका हुन्। शनिवार दिउँसो भएको भएको दुर्घटनामा गाडी सडकबाट झन्डै १५ मिटर तल शारदा नदीमा खसेको छ। घाइतेहरूमध्ये २ […]
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ५२ ट्याक्सी चालकलाई कारबाही गरेको छ। भनेको स्थानमा जान नमान्ने, तोकिएभन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने ट्याक्सी चालकलाई शुक्रबार नियन्त्रणमा लिई महाशाखाको टोलीले कारवाही गरेको हो। वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले बढी भाडा लिई यात्रुलाई दुःख दिने ट्याक्सी चालकलाई नियन्त्रणमा लिएर कारवाही गरिएको जानकारी […]
दार्चुला । दार्चुलाको राताकाठामा शुक्रबार राति भएको जिप दुर्घटनामा मृत्यु हुने ११ जनाकै सनाखत भएको छ। दुर्घटनामा घाइते चालक दीपकसिंह धामीलाई उपचारका लागि भारत लगिएको छ। दुर्घटनामा मृत्यु हुनेमा दार्चुलाको दुहुँ गाउँपालिका–२ हिकिलाका ४१ वर्षीय कल्यानसिह बडाल, उनकी छोरी १५ वर्षीया निर्मला बडाल, सोही वडाका ३५ वर्षीया परुली धामी रहेका छन्। यस्तै, वडा नम्बर २ […]
दार्चुला । दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा सात महिला, तीन पुरुष र एक बालिका रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन । सदरमुकाम खलङ्गाबाट हिकिलातर्फ गइरहेको म१ज २८० नम्बरको जीप महाकाली नदीमा खसेको हो […]
सिन्धुपाल्चोक । गर्भवती भएको थाहा पाएलतत्तै दुई महिला स्वास्थ्य सेविकाले भोटेकोसी गाउँपालिका लिस्तीकोट छ्यासिङकी सुकु विको घरमा हरियो झण्डा बाँधेर गए । गर्भवती भएदेखि बारम्बार महिला स्वास्थ्यकर्मीले खानपान र स्वास्थ्यमा घचघच्याइरहे । महिना दिनअघि मात्रै भोटेकोसी २ स्थित तातोपानी स्वास्थ्य चौकीमा उनले शिशु जन्माइन् । ‘सुत्केरीपछि स्वास्थ्य परामर्श दिएर अण्डा दिएर अनि झण्डा फिर्ता लगे […]
काठमाडौं। सिन्धुली कमलामाई नगरपालिकाकी रेखा माझीले अमेरिकन ईडीभी चिठ्ठाकोको फारम भरिन् । फारममा उनले प्लस टु तह पास गरेको उल्लेख गरेकी थिइन् आखिर चिठ्ठा पयो पनि । काठमाडौंस्थित अमेरिकी दूतावासले माझीलाई बोलाएर नागरिकतालगायत शैक्षिक योग्याताको सर्टिफिकेट माग्यो । माझीले नक्कली सर्टिफिकेट बनाउने गिरोहसँगको सम्पर्कमा प्लस टु पास गरेको सर्टिफिकेट बनाइन् । दूतवासमा उनले नक्कली सर्टिफिकेट […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको आजको बैठकले हेलिकप्टर दूर्घटनामा बुधबार निधन भएकाहरुप्रति शोक प्रस्ताव पारित गरेको छ । हेलिकप्टर दुर्घटनामा निधन भएका संसदीय दलका सदस्य रविन्द्र अधिकारीको शोक प्रस्ताव पारित गर्न संसदीय दलको बैठक बसेको हो । यसैगरी राष्ट्रिय सभाको आजको बैठकले पनि मन्त्री रविन्द्र अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोक प्रस्ताव पारित […]