सप्तरी । खडक नगरपालिका वाड नं. ९ बिलजा टोलमा करेन्ट लागेर बाबु र छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय विरेन्द्र चौधरी र उहाँका १२ वर्षीय छोरा कृष्ण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीका अनुसार बावुछोरा आफ्नै घर बनाउनको लागि छड (डण्डी) सिधा पार्ने क्रममा उक्त डण्डीले बिजुलीको […]
घोराही । दाङको तुलसीपुर उपमहानगरपालिका १९ बाहिरी संक्राममा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा ५ जना भने घाइते भएका छन् । बुधबार साँझ दाङकै दुधरासबाट छिल्लीकोटतर्फ जाँदै गरेको लु १ च ५९१२ नम्बरको पिकअप जीप सडकबाट करिब १ सय मिटर तल खस्दा चालकसहित दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा […]
जुम्ला । मंगलबारदेखि सुरु भएको हिमपात अझैँ रोकिएको छैन। जुम्ला सदरमुकाममा झण्डै २ फिट हिउँ जमेको छ। वरिपरिका डाँडाकाडामा करिब पाँच फिटसम्म हिउँ परेको छ। जुम्लामा १५ वर्षपछिकै बाक्लो हिमपात भएको चन्दननाथ नगरपालिका–५ का अध्यक्ष अर्जुनसिंह कठायतले बताए। हिमपातका कारण चिसो ह्वात्तै बढेकाले जनजीवन प्रभावित बनेको छ। नागरिकहरुलाई गाईबस्तु गोठबाहिर निकाल्न सकिएको छैन। निरन्तर हिमपात […]
भद्रपुर । पूर्व पश्चिम राजमार्ग अन्तगरग झापाको शिवसताक्षीमा बोलेरो जीपको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ११ स्थित दुधे निवासी ४७ वर्षीय दिपक राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीकाअनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ च ९४२९ नम्बरको बोलेरो जीपले साईकलमा सवारमा राईलाई ठक्कर दिएको थियो […]
पोखरा । हेलिकप्टर दूर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमा गरिने भएको छ । कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने तयारी भइरहेको उनका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिए। मन्त्री […]
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री रवीन्द्र अधिकारीको निधनबाट पार्टीले प्रचुर सम्भावना बोकेको भरोसायोग्य युवा नेता गुमाएको बताएका छन् । अध्यक्षद्वयले शोक वक्तव्य जारी गरेर अधिकारीको निधनबाट पार्टी केन्द्रीय कमिटीका एक जना होनाहार सदस्य, विकासप्रेमी जनप्रतिनिधि गुमाएको उल्लेख गरेका […]
झापा । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तरगत आज झापाका १५ वटै स्थानीय तहसहित मुलुकका १५ वटा जिल्लामा निशुल्क औषधी खुवाउने अभियान सुरू भएको छ । बिर्तामोड नगरपालिकाको प्राङ्गणमा आयोजित औषधी खाने खुवाउने कार्यक्रमको नगरप्रमुख ध्रुबकुमार शिवाकोटीले गरेका छन् । कार्यक्रममा नगरप्रमुख शिवाकोटीले आफैंले हात्ती पाइले विरुद्धको औषधी खाएर अभियानको सुरुवात गरेका हुन् । सो […]
काठमाडौँ । स्वर्गीय रबीन्द्र अधिकारीलाई रिसाएको देख्नेहरु एकदमै कम छन् । किनकी, उनी हत्तपत्त रिसाउँदैनथे । चित्त नबुझेको कुरालाई पनि हाँस्दै नकार्ने र आफ्नो मत राख्ने उनको स्वभाव थियो । रबीन्द्र अधिकारीका अहिलेसम्म सार्वजनिक भएका जति पनि तस्वीरहरु छन्, त्यहाँ उनी हँसिला नै छन् । उनलाई नजिकबाट चिन्नेहरु मात्र होइन उनका शुभेच्छुक र मतदाताहरु अधिकारीको […]
सूर्यप्रसाद कन्दङवा, बिर्तामोड नगरपालिका वडा नं. ६ का वडाध्यक्ष । नेपाली कांग्रेसबाट टिकट पाएर वडाध्यक्ष पदमा चुनाव लड्दा नेकपा एमालेका उम्मेदवार गणेश कन्दङवालाई उहाँले १९३ मतले पराजित गर्नुभएको थियो । कांग्रेसको पार्टी सदस्य भएको छोटो समयमा नै जनप्रतिनिधि बन्ने अवसर पाउने थोरैमा उहाँ पनि एक हुनुहुन्छ । तेह्रथुमको छातेढुङ्गामा जन्मिनु भएका वडाध्यक्ष कन्दङवा २०४२ सालदेखि […]
गोरखा । दुलाहा र दुलही दुईतिर गाउँलेहरु बाँडिएका थिए । कोही डोली रंगाउँदै थिए, कोही बेहुलाबेहुली सिंगार्दै । धार्चे गाउँपालिका ४ लाप्राकमा मंगलबार बिहानैदेखि बिहेको तयारी चलिरहेको थियो । दुलहाको घर ठुलो आँगन, दुलहीको घर फर्सी । बिहे थियो मकैको । बिहेका लागि जैसी (ज्योतिष) ले १४ फागुनको साइत जुराएका थिए । कटुवालले गाउँभरि खबर […]