काठमाडौैं । राजधानी काठमाडौंमा रहेको स्पाइनल कर्ड इन्जुरी नेटवर्कलाई नेपाल म्युजिएम एसोसियसनको समन्वयमा संकलन भएको एक लाख २५ हजार रूपैयाँ आज हस्तान्तरण गरिएको छ । बौद्ध, माकलबारीमा रहेको स्पाइनल इन्जुरी नेटवर्कले स्वावलम्बन जीवन पद्धतिमा आधारित होस्टल सञ्चालन गर्दै आएको छ । उक्त होस्टलमा बसेर हाल १५ जना अध्ययन गरिरहेको नेटवर्कका सचिव माधव थापाले जानकारी दिए […]
बिर्तामोड । खुल्ला सभा र कार्यक्रमहरुमा प्रदान गरिने ब्याच, खादाको प्रयोग घटाउन र मितव्ययी बन्न आग्रह गर्दा आफूबाट गलत शब्द उच्चारण भएकोमा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले दुखित बनेको जनाएका छन् । आज विज्ञप्ती प्रकाशन गरी नगरप्रमुख शिवाकोटीले पुष १५ गते बिर्तामोड १० स्थित धर्मचक्र गुम्वामा आयोजित ल्होसार पर्वमा बोलेका कुराले कसैप्रति अपमान गर्ने मनसाय […]
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर १० का खेम भट्टराईले पथरी शनिश्चरे नगरपालिकाका सूचना संयोजक, मकालु टेलिभिजनका संवाददाता भूपेन्द्र तिम्सिनामाथि दुव्र्यवहार गरेको आरोप छ । ‘सर्वाेच्च अदालतको फैसला कार्यान्वयन संघर्ष समिति’ पथरी शनिश्चरेको तर्फबाट आज दिउँसो सो नगरपालिका कार्यालयमा छलफल गर्न आएको टोलीका सदस्य भट्टराईले तिम्सिनामाथि समाचारमा बिकेको आरोप लगाउँदै तथानाम गाली […]
बिर्तामोड । यहाँस्थित सतासी बहुमुखी सहकारी संस्थाले आफ्ना मृतक सदस्यहरुको नाममा तिनका परिवारलाई राहत प्रदान गरेको छ । संस्थाको सदस्य राहत नीतिअनुरुप अर्जुनधारा ७ का निर्मल काफ्ले र बिर्तामोड ५ का सुकमति राईको परिवारलाई २५ हजार रुपैयाँका दरले राहत प्रदान गरिएको हो । संस्थाका प्रबन्धक सन्तोषकुमार श्रेष्ठले दिएको जानकारी अनुसार मृतक दुवै सदस्यहरुले संस्थाबाट कर्जा […]
काठमाडौं । सरकारले आगामी वर्ष २०७६ सालमा थप १५ वटा जातीय तथा सांस्कृतिक चाडलाई राष्ट्रिय पर्वका रुपमा लिँदै सार्वजनिक विदा दिने प्रस्ताव गरेको छ । आदिवासी जनजाति महासंघलगायत बिभिन्न संघ संस्थाले जातीय समुदायका चाडपर्वमा सार्वजनिक बिदा नदिइएकोमा आन्दोलन गर्दै आएका थिए । बिभिन्न जातीय तथा धार्मिक संघ संस्थाहरुको माग बमोजिम संघीय सरकारले २०७६ सालका लागि […]
इलाम । इलाम र पाँचथरको सीमावर्ती राँके बजार अहिले कोसेली बजारका रूपमा स्थापित हुँदै गएको छ । मेची राजमार्गमा यात्रुको चाप बढी हुन थालेपछि सडकको पेटीमा राता अकबरे खुर्सानीले भरिएका बट्टा, नौनी घ्यु र टुक्रा पारेर राखिएका छुर्पी नाङ्लोमा फिँजाइएका हुन्छन् । ग्राहकले गाडीबाटै मागेमा दिन ठिक्क पारिएको छुर्पीका प्याकेट पसलेको हातहातमै देखिन्छ । प्रतिकेजी […]
बिर्तामोड । तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद् झापाले ल्होसार पर्वका दिन बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले बौद्धधर्म–संस्कारको अपमान गरेको आरोप लगाएको छ । परिषद्ले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी बौद्धधर्म–संस्कारमा विशेष महत्व रहेको ‘खादा’को विषयमा नगरप्रमुख शिवाकोटीले अन्त्यतै तल्लोस्तरको शब्द प्रयोग गरेर अपमान गरेको जनाएको हो । तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ९ मा नेपाल तामाङ घेदुङ संघको नयाँ कार्यसमिति गठन गरिएको छ । बिर्तामोड ९ स्थित नेखाङ छ्योलिङ गुम्बा गरामनीमा आज भएको वडा भेलाले चन्द्रकला मोक्तान तामाङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । घेदुङको उपाध्यक्षहरुमा गंगाबहादुर गोले, निर्मला मोक्तान, सचिव बीरबहादुर बल, सहसचिव नरेन्द्र मोक्तान र कोषाध्यक्षमा […]
बिर्तामोड । झापाको पहिलो व्यावसायिक न्यूजपोर्टल साझामञ्च डट कम आजबाट छैटौं वर्षमा प्रवेश गरेको छ । साझामञ्च डट कम सन् २०१३ अगष्टदेखि परीक्षण गरी २०१४ जनवरी १ मा औपचारिक सुरुवात गरिएको न्यूजपोर्टल हो । अनलाइन पत्रकारिताः अवसर र चुनौति विषयमा अन्तरसम्वादसहित केक काटेर आज साझामञ्च डट कमको छैटौं स्थापना दिवस मनाइएको हो । सञ्चार क्षेत्रका […]
मेचीनगर । पाँचौं अन्तर्राष्ट्रिय टोपी दिवस झापाको मेचीनगर, चन्द्रगढी र दमकमा विविध कार्यक्रमसहित मनाइएको छ । ‘हाम्रो टोपी हाम्रो शान, शिरमा सगरमाथा हाम्रो स्वाभिमान ’ भन्ने नाराका साथ नेपाल ट्राभल संघ झापाले तीनवटै ठाउँमा अलग अलग समयमा पाचौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका अवसरमा कार्यक्रम सम्पन्न गरेको हो । नेपालीको पहिचान स्थापित गर्ने उद्देश्य अनुरुप संघले […]