विराटनगर । घरायसी विवादमा विराटनगर महानगरपालिका–१७ धुनिया बस्तीमा छोराले छुरा प्रहार गर्दा बुबाको मृत्यु भएको छ । बिहीबार राति छुरा प्रहारबाट घाइते भएका शशीलाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा पुर्याइएको थियो । उपचारका क्रममा राति १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । बिहीबार शशी […]
दाङ । बंगलाचुली गाउँपालिका ८ गुराँसेका नवराज पुनको घरमा आगलागी हुँदा तीन जना बालबालिकाको ज्यान गएको छ । बिहीबार बेलुकी सोलारको ब्याट्री पड्केर दुई तले काठको घरमा आगलागी हुँदा घरभित्र रहेका पुनका ७ वर्षका छोरा कृष्णबहादुर तथा छोरीहरु ५ वर्षकी अस्मिता र साढे २ वर्षकी अन्जुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी बेलबहादुर पाण्डेले […]
बिर्तामोड । झापा जिल्लाका सबै स्थानीय तह खुल्ला दिसामुक्त भएसँगै जिल्ला खुल्ला दिसामुक्त घोषणा गर्ने मार्ग प्रसस्त भएको छ । १५ स्थानीय तहमध्ये १३ स्थानीय तह यसअघि नै खुल्ला दिसामुक्त घोषणा भएका थिए । मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिका आज बिहीबार खुल्ला दिसामुक्त घोषणा भएका हुन् । सरसफाई गुरुयोजना सार्वजनिक भएपछि २०७३ सम्म खानेपानी तथा […]
बझाङ । बझाङमा बुधबार रातिदेखि पानी परेसँगै हिमपातसमेत सुरु भएको छ । वर्षासँगै जिल्लाका हिमाली क्षेत्रमाहिमपात सुरु भएको हो । साइपाल गाउँपालिका, सुर्मा गाँउपालिका, छबीसपाथीभेरा गाउँपालिका, र बुंगल नगरपालिकाको माथिल्लो भेगमा हिमपात भएको छ । हिमपातका कारण जिल्लामा सञ्चालित सबै एफएम स्टेसनहरु बन्द भएका छन् । बुधबार रातिदेखि वर्षा र हिमपात भएसँगै जिल्लामा सञ्चालित एफएमहरुमा जडान […]
भद्रपुर । झापाका तीन मानिसले अपहरण गरेको भारतीय बालकलाई झापा प्रहरीले सकुशल अपहरणमसक्त गरेको छ । बालकको अपहरण गरी फिरौती रकम माग्ने ती तीन आरोपीलाई झापा प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलन गरी गौरीगंज गाउँपालिका वडा नं. ६ का बद्री यादव, सोही गाउँपालिका वडा नं. ४ का बिट्टु मल्हा […]
काठमाडौं । मर्यादापुरुष श्रीरामचन्द्र र आदर्श नारी सीताको पूजा आराधना गरी आज विवाहपञ्चमी पर्व मनाइँदै छ । श्रीराम र सीताबीच त्रेता युगमा भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक गरिँदै छ । महोत्सव मनाउने क्रममा मिथिलाको […]
झापा । आफ्नै देशमा उपलब्ध हुने कच्चा पदार्थबाट उपयोगी सामग्री बनाउन रोल्पा जिल्लाका महिला जुटेका छन् । रोल्पा माडीका महिलाहरु स्थानीयस्तरमा प्रशस्त मात्रामा पाइने ओल्लो प्रशोधन गरी कपडा उत्पादनमा जुटेका हुन् । ओल्लोको कपडा नेपाली बजारमा पनि निकै महंगोमा बिक्री हुने गरेको छ । यसबाट दौरा–सुरुवाल, टोपी र कोटलगायतका पोशाक तयार गरिन्छ । ओल्लोको निर्यात […]
धनुषा । जनकपुरधाममा आयोजना भईरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको आज पाँचौं दिन मटकोरको विधि हुँदैछ । सोमबार तिलकोत्सव सम्पन भएको थियो । महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन भएको छ भने आज पाँचौँ दिन मटकोर र छैठौं दिन मंसिर २६ गते राम–सीता स्वयंवर तथा […]
शान्तिनगर । पूर्वी नेपालको सुगम जिल्ला झापा त्यसमा पनि पर्यटनको धेरै सम्भावना बोकेको बुद्धशान्ति गाँउपालिकालाई विश्वसामु चिनाउन प्रदेश नम्बर एक कै नमुना बौद्ध गुम्बा बनाउन थालिएको छ । वडा नम्बर ४ मालामा पढ्ने विद्यालय (सेडा) र गुम्बाको संरचना निर्माणकार्य अहिले धमाधम भइरहेको छ । साविक टिमाई शिविरको मध्यभागको २३ कट्ठा जमिनमा पेनोर रिन्पोक्षे बुद्ध धर्मावलम्वी […]
संखुवासभा । खाँदबारी नगरपालिकामा नवजात शिशु मारेर फाल्दै गरेकी आमा पक्राउ परेकी छिन् । खाँदबारी नगरपालिका–६ मयम भन्ने ठाउँमा शिशुको हत्या गरेको आरोपमा प्रहरीले ३७ वर्षकी फूलमाया राईलाई पक्राउ गरेको हो । एकल जीवन बिताइरहेकी फूलमायाले अवैध गर्भधारण गरी शिशुलाई जन्मदिएपछि हत्या गरेर फाल्दै गरेको अवस्थामा उनलाई प्रहरीले पक्रेको हो । उनको श्रीमानको केही वर्ष […]