Sajhamanch Archive

नवरात्रको अन्तिम दिन, अाज सिद्धिदात्री देवीको पूजा अाराधना

Published: (Updated: ) in समाज by . Leave a Comment on नवरात्रको अन्तिम दिन, अाज सिद्धिदात्री देवीको पूजा अाराधना.

काठमाडौं । नवरात्रको अन्तिम दिन बिहीबार महानवमी पर्व मनाइँदैछ। नौ दिनसम्म गरेको नवरात्र अनुष्ठान यो तिथिमा सम्पन्न गरिन्छ। नवदुर्गाको प्रसाद भने विजयादशमीका दिन बिहान लगाइन्छ। नवमीमा भगवती दुर्गाको नवौँ रूप सिद्धिदात्रीको पूजाआराधना गरिन्छ। यिनको उपासनाले भक्तजनले सिद्धि प्राप्त गर्छन्। चार भुजामा चक्र, गदा, शंख र कमल पुष्प लिएकी, कमलकै आसनमा बसेकी सिद्धिदात्रीको स्वरूप छ। यिनको […]

नवरात्रको सातौँ दिन कालरात्रिको आराधना, आजै भित्र्याइँदैछ फूलपाती

Published: in समाज by . Leave a Comment on नवरात्रको सातौँ दिन कालरात्रिको आराधना, आजै भित्र्याइँदैछ फूलपाती.

काठमाडौं ।नवरात्रको सातौँ दिन अर्थात् मंगलबार महासप्तमी। नवदुर्गामध्येकी कालरात्रि देवीको पूजा आराधना गरिँदै छ। नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप नवरात्रको सातौँ दिन नवदुर्गाको सातौँ रूप कालरात्रिकोे पूजा–आराधना गरिन्छ। कालरात्रिको स्वरूप भयंकरको छ। कालो वर्णकी र केश फिँजाएकी यिनले गलामा विद्युत् जस्तै चम्किने माला लगाएकी छिन्। तीन आँखा भएकी कालरात्रिले बारम्बार निश्वास […]

अरुकै खुशीयाली हेरेर वित्छ उनीहरुको दशैँ र तिहार

Published: (Updated: ) in मुख्य समाचार, समाज, by . Leave a Comment on अरुकै खुशीयाली हेरेर वित्छ उनीहरुको दशैँ र तिहार.

झापा । किन आउँछ दशैँ तिहार, किन बिदाबार, फौजीलाई कुन हो दशै कुन हो चाड तिहार । दीपक कोइरालाको शब्द र जगदिश समालको स्वरमा सजिएको यो गीत प्रायः दशै तिहार र अन्य चाडपर्वका बेला रेडियो र टेलिभिजनबाट गुञ्जिन्छ । यो गीतमा सुरक्षा निकायमा कार्यरत व्यक्तिको बाध्यतालाई प्रस्तुत गरिएको छ । नेपालीको महान पर्व दशैतिहार शुरु […]

‘एक घर एक करेसावारी’ अभियान शुरु

Published: (Updated: ) in समाज by . Leave a Comment on ‘एक घर एक करेसावारी’ अभियान शुरु.

बाहुनडाँगी । केही न केही नयाँ काम गरेर चर्चामा आउने मेचीनगर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन वराल अहिले आफ्नो वडालाई विषादीमुक्त वडा बनाउने अभियानमा जुटेका छन् । पछिल्लो समय वडाध्यक्ष वरालले वडानम्बर ४ मा ‘एक घर एक करेसावारी’ अभियान शुरु गरेका छन् । उनलाई साथ दिएका छन् वडाका विभिन्न राजनीतिक दल, संघ संस्था […]

बडादशैँको छैटौँ दिन : अाज कात्यायनीको अाराधना गरिँदै

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on बडादशैँको छैटौँ दिन : अाज कात्यायनीको अाराधना गरिँदै.

काठमाडौं । वडादशैँको छैटौँ दिन सोमबार भगवती दुर्गाकी छैटौँ रूप कात्यायनीको पूजा आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्परा छ। कात्यायन ऋषिद्वारा पुजित भएकीले यिनको नाम कात्यायनी भएको पुराणमा उल्लेख छ। कात्यायनको ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन्। महिषासुर नामक दैत्यको विनाशका लागि […]

आज नवरात्रको पाँचौं दिन, स्कन्दमाताको पूजा

Published: (Updated: ) in समाज by . Leave a Comment on आज नवरात्रको पाँचौं दिन, स्कन्दमाताको पूजा.

काठमाडौं । आज नवरात्रको पाँचौं दिन हो । आज नवुदर्गा भवानीको स्कन्दमाता स्वरुपको पूजाआराधना गरिन्छ । भगवान स्कन्द ‘कुमार कार्तिकेय’ को नामबाट पनि चिनिन्छन् । उनी देवासुर संग्राममा देवताका सेनापतिका रुपमा चित्रित छन् । यिनै स्कन्द भगवानकी आमाका रुपमा उनलाई स्कन्दमाता भनिएको छ । नवरात्रको पाँचौं दिन स्कन्दमाताको पूजा गरिन्छ । स्कन्दमाताको वाहन सिंह हो […]

नवरात्रको चौथो दिन, कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदै

Published: (Updated: ) in समाज by . Leave a Comment on नवरात्रको चौथो दिन, कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदै.

काठमाडौं। नवरात्रको चौथो दिन। शनिबार नवदुर्गाको चौथो स्वरूप कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदैछ। यिनी ब्रह्माण्ड उत्पत्तिको कारक मानिएकी छिन्। सिंहमाथि सवार यिनको अष्टभुजामा कमण्डलु, कलश, धनु, वाण कमल चक्र गदा आदि छन्। कुष्माण्डाको आराधनाबाट रोग, शोक र विभिन्न प्रकारका कष्ट निवारण हुने विश्वास गरिन्छ। नवरात्रमा प्रत्येक दिन एक–एक देवीको आराधना गर्ने परम्परा छ। घटस्थापना गरिएको […]

सिंहदरवार दुई बोतल रक्सी उपहार !

Published: (Updated: ) in समाज by . Leave a Comment on सिंहदरवार दुई बोतल रक्सी उपहार !.

काठमाडौं ।  ‘पावर ब्रोकर’ देखि कुटनीतिक नियोगसम्मले दशैंमा ‘हाइप्रोफाइल’ व्यक्तिलाई उपहार टक्र्याउँछन् । तर, उपहार के हुन्छ र कहाँ दिइन्छ भन्ने प्रायः गोप्य नै हुन्छ । तर, यसपटक अनौठो भएको छ । केपी ओली सरकारका मन्त्रीलाई सिंहदरवारमै रक्सी उपहार दिइएको छ । तपाईंलाई यो समाचार अनौठो लाग्न सक्छ । तर, अनौठो नमान्नुस्, मन्त्रीहरुले कसरी रक्सी उपहार […]

इजिप्ट चर्च आक्रमण प्रकरण: संलग्न १७ जनालाई मृत्युदण्डको फैसला

Published: in समाज by . Leave a Comment on इजिप्ट चर्च आक्रमण प्रकरण: संलग्न १७ जनालाई मृत्युदण्डको फैसला.

काठमाडौं । इजिप्टको एउटा सैनिक अदालतले बिहिबार १७ जनालाई बम आक्रमणमा दोषी ठहर गर्दै मृत्यु दण्डको फैसला गरेको छ । ठूलो संख्यामा मानवीय क्षति हुने गरी चर्चामा बम विस्फोटन गराइएको घटनामा दोषी ठहर गर्दै उनीहरूलाई मृत्यु दण्डको सजाय तोकिएको हो । इस्लामिक स्टेट (आइएस) लडाकूका नाममा गराइएको विस्फोटनमा परी दर्जनौंको मृत्यु भएको थियो । घटनामा […]

भेजिनल स्वाब परीक्षणमा आयोगको शंका

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भेजिनल स्वाब परीक्षणमा आयोगको शंका.

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको योनीबाट संकलित भेजिनल स्वाब परीक्षण पद्धतिमाथि नै राष्ट्रिय मानवअधिकार आयोगले शंका गरेको छ । आयोगले बलात्कारपछिको हत्यापछि गरिएका चिकित्सकीय जाँच तथा सबुतहरूको वैज्ञानिक परीक्षणका विषयमा शंका राखेर प्रहरीलाई भेजिनल स्वाब सुरक्षित राख्न निर्देशन दिएको हो । आयोगले बिहीबार सो विषयमा कानुनी चिकित्सा क्षेत्रका विज्ञसहित डीएनए विज्ञहरूसँग परामर्शसमेत गरेको […]