मेचीनगर । मेचीनगर नगरपालिका–९ मा न्वारानको भोज खाएका २७ जना स्थानीयवासी विरामी परेका छन् । हाल उनीहरु सबैको उपचार आम्दा अस्पताल धुलाबारीमा भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताए । उनले भने अनुसार मेचीनगर–९ माथिल्लो मागुरमाडी निवासी गोविन्द श्रेष्ठको नातिको न्वारानमा भोज खाएका मध्ये अधिकांश विरामी परेका छन् । उनीहरुलाई बान्ता हुने, कामज्वरो […]
विराटनगर । कोसी अस्पतालले ज्येष्ठ नागरिक (७० वर्षमाथि), अशक्त, गर्भवतीका लागि छुट्टै काउन्टर सञ्चालनमा ल्याएको छ । उनीहरूलाई टिकट र औषधि लिन सहज बनाउने उद्देश्यले छुट्टै काउन्टर सञ्चालनमा ल्याइएको हो । बुधबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला काउन्टर उद्घाटन गरेका छन । यसले ज्येष्ठ नागरिक, अशक्त र गर्भवतीलाई टिकट काट्न तथा औषधि लिन सहज हुने […]
तनहुँ । व्यास नगरपालिका–१२ कमलबारी निवासी २७ वर्षीय शर्मिला दरै र शिशु दुबैको सुत्केरी गराउने क्रममा मृत्यु भएको छ । जेठ २८ गते उपचारका लागि पोखरास्थित क्षेत्रीय गण्डकी अस्पतालमा लगिएको र उपचारको सिलसिलामा आमा र शिशुको मृत्यु भएको हो । चिकित्सकको लापरवाहीका कारण महिला र शिशुले ज्यान गुमाउनुपरेको मृतकका आफन्तजनले बताएका छन् । छानबिनको लागि […]
काठमाडौं । यस वर्षको मनसुन नेपाल भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको हो । आज नेपाल आगमन भएको मनसुन कोशी, पूर्वी मधेश, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा फैलिएको छ । नेपालका अन्य भूभागहरूमा भने केही दिनमा […]
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि कालो मोसो दलेको घटनामा संलग्न रहेको आरोपमा नेपाल विद्यार्थी संघ ९नेविसंघ० मोरङका सभापति सरोज पोखरेल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पोखरेललाई मोरङको बुढीगंगा क्षेत्रबाट बुधबार पक्राउ गरेको हो । घटनाबारे आवश्यक अनुसन्धान गर्न पोखरेललाई पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले […]
काठमाडौं। अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा बिरामीका आफन्तले तोडफोड गरेपछि ओपीडी सेवा अनिश्चितकालका लागि बन्द भएको छ। अस्पतालले प्रशासनले बुधबार एक सूचना जारी गर्दै तोडफोडमा संलग्न व्यक्तिलाई कारबाही नभएसम्म र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति नभएसम्म इमर्जेन्सीबाहेक अन्य सबै सेवा बन्द गरेको जनाएको छ। २८ जेठमा गोकर्णेश्वर नगरपालिका, माकलबारीका ७१ वर्षीय सुवर्णकुमार धिताल पित्तथैलीको शल्यक्रिया […]
बुटवल । अर्काको नाममा लोक सेवाको परीक्षा दिएको आरोपमा रुपन्देहीबाट एक जना पक्राउ परेका छन् । सप्तरीको राजबिराज-११ घर भई जिल्ला हुलाक कार्यालय सप्तरीमा नायब सुब्बा पदमा कार्यरत ३० वर्षीय नारायण यादव रहेका छन् । पक्राउ परेका यादवले लोक सेवा आयोगले बुटवल केन्द्रमा २०७७ साल फागुन २९ गते र २०७८ साउन ४ गते लिएको परीक्षामा […]
काठमाडौं । आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिनका रुपमा पनि मनाउने गरिन्छ । यस […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १० मा रहेको श्रीजंग प्राथमिक विद्यालयमा स्मार्ट बालकक्षा निर्माण गरिएको छ । स्थानीय दाताहरुको सहयोगबाट प्लेग्रुपका बालबालिकाहरुका लागि स्मार्ट बालकक्षा निर्माण गरिएको हो । आज उक्त बालकक्षाको वडाध्यक्ष हर्क सिगुले उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा बोल्दै वडाध्यक्ष सिंगुले वडाले शिक्षा नियामावली बनाएर नजिकको विद्यालयमा नै विद्यार्थीहरुले अध्ययन गर्ने […]
काठमाडौं । निरजकुमार कामत राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक कक्षको बेडमा छन् । नागरिकता माग्दै माइतीघरको सडकमा संघर्ष गरिरहेका कामतले मंगलबार अपरान्ह आफ्नै जिउमा पेट्रोल खन्याए । त्यस क्रममा केही पेट्रोल निलेकाले उनी बोल्न सकेका छैनन् । ५ वर्षदेखि नागरिकता प्राप्तिको आन्दोलनमा भौंतारिरहेका कामत जस्ता सयौं मानिसहरु यतिखेर राजधानीको माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन् । बुबा […]