इटहरी । महालक्ष्मी लाइफ इन्स्योरेन्स इटहरी कार्यार्लयले बीमा गरेको चार महिना मै निधन भएकी एक बीमितको परिवारलाई ५ लाख १२ हजार रुपैयाँको मृत्युदावी भुक्तानी गरेको छ । महालक्ष्मी लाइफमा ५ लाख रुपैयाँको सावधिक बीमा गरेकी कटहरी गाउँपालिका वर्डा नं. ३, मोरङकी सीता कुमारी चौधरीको ४ महिना पछि नै निधन भएको थियो । उनका परिवारलाई बीमा […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ९ ले आजबाट आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । वडा नं.९ को यलम्बर चौकदेखि दक्षिण नव निर्मित भवनको आज उद्घाटन गरी सेवा दिन सुरु गरेको हो । नवनिर्मित भवनको संघीय सांसद एलपी साँवा लिम्बु, नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की लगायतले उद्घाटन गरेका हुन् । यस अघि […]
प्युठान । प्युठानमा भएको जिप दुर्घटनामा मृत्यु भएका ८ जनामध्ये ७ जनाको सनाखत भएको छ। स्वर्गद्वारी दर्शन गरेर फर्कने क्रममा लु १ च ६३४५ नम्बरको जिप स्वर्गद्वारी नगरपालिका-४ भेतुके भन्ने ठाउमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा जिपचालक लमही नगरपालिका-५ का तारा कुमाल, लमही–७ का ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० […]
प्युठान । प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटनामा परेको छ । लु १ च ६३४५ नम्बर को ८ जना सवार गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा सडकबाट तल खसेर दुर्घटना भएको हो । गाडीमा लमही ५ का २ महिला २ पुरुष र ४ बालबालिका सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा […]
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित नारायणी नदीबाट जथाभावी नदीजन्य पदार्थ उत्खनन भएको भेटिएपछि उत्खनन कार्य रोक्न निर्देशन दिइएको छ। जनगुनासो आएपछि जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मासहितको टोलीले उत्खनन भइरहेको स्थानको अनुगमनपछि उत्खनन रोक्न निर्देशन दिएको हो। पानीबाटै नदीजन्य पदार्थ उत्खनन गरेको, अनुमति लिएको बाहेक अन्य एक्साभेटर प्रयोग गरेर उत्खनन गरेको र अन्यव्यक्तिलाई समेत […]
जलेश्वर । जलेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका पानीका स्रोत कम भएपछि ट्याङ्करबाट पानी वितरण गर्न थालेको छ। पछिल्लो समय यहाँका धारा, चापाकल र अन्य पानीका स्रोतबाट पानी आउन छाडेको छ। जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले नगरको विभिन्न वडामा ट्याङ्करबाट पानी वितरण भइरहेको जानकारी दिए। बाह्र वडा रहेको जलेश्वर नगर क्षेत्रभित्र १२ हजार तीन सय ८० […]
काठमाडौं । व्यवसायीले आलु र प्याजको आयात रोकेका छन् । सरकारले आलु र प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै अहिले भारतबाट प्याज र आलु आयात नगरेको व्यवसायीले बताएका हुन् । आलु र प्याजमा लगाइएको भ्याटबारे सरकारले स्पष्ट नगराएसम्म आयत गर्न सहज नहुने नेपाल कृषिउपज आलुप्याज आयात निर्यात तथा थोक विक्रेता संघका अध्यक्ष […]
काठमाडौँ । यस वर्षको मनसुनबाट १२ लाख ५० हजार नागरिक प्रभावित हुने प्रक्षेपण गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न वैज्ञानिक विष्लेषणका आधारमा गरिएको अध्ययनमा कूल दुई लाख ८६ हजार नौ सय ९८ घर धुरीका १२ लाख ५० हजार मानिस प्रभावित हुने आँकलन गरेको हो। सबैभन्दा बढी मधेस प्रदेशमा चार लाख र […]
झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आइतबार जिल्लाको महाभारा र ढ्याङ्ग्रीका दुईवटा विद्यालय एवम् विद्यार्थीहरुलाई पंखा, छात्तवृत्ति रकम तथा स्कूल ब्याग प्रदान गरेको छ । आरएमडिसी लघुवित्त वित्तीय संस्थाको साझेदारीमा कर्णाली साकोसले गौरीगञ्ज र कमल गाउँपालिकाका दुईवटा विद्यालयमा उक्त सहयोग गरेको हो । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली साकोसले कोशी प्रदेशका मोरङ […]
बिर्तामोड । बालमैत्री स्थानीय शासन वडा घोषणा अभियान अन्तरगत बिर्तामोड २ मा बालक्लब गठन गरिएको छ । एलिना तिमल्सिनाको अध्यक्षतामा १७ सदस्यीय वडा बाल संजाल गठन गरिएको हो । क्लबको उपाध्यक्षमा एन्जल गौतम, सचिव आयुष शिवाकोटी, सहसचिव दिपशिखा दास र कोषाध्यक्ष एलिजा भट्टराई चयन भएका हुन् । बाल सञ्जाल समितिका सदस्यहरूमा यादव मिश्र, इशान्त भट्टराई, […]