बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टी झापाको आयोजनामा झापाको बिर्तामोडमा बुधबार विरोध प्रदर्शन तथा जनसभा गरिएको छ। बिर्तामोडको मुक्तिचोकस्थित हनुमान कम्प्लेक्सको प्रांगणमा भएको जनसभालाई उमा भुजेल (शिलु) र पार्टीका मेची ब्युरो इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य सुमन सिंहले सम्बोधन गरेका थिए । पश्चिम बस स्टेन्डबाट विरोध प्रदर्शन र्यालीले बजार परिक्रमा पछि हनुमान कम्प्लेक्सको प्रांगणमा जनसभा भएको […]
काठमाडौं । आज सूर्य ग्रहण लाग्दै छ । तर यो ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले भनेका छन्, ‘वैशाख कृष्ण औंसीका दिन (वैशाख ७ गते) लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई लाग्दैन र बार्नु पनि पर्दैन ।’ यस […]
काठमाडौं । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं आमाको मुख हेर्ने दिन वा आमा खुवाउने औंसी पनि भनिन्छ । पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्रीका अनुसार यस दिन बिहान सबेरै […]
विराटनगर । अदालतले रिट खारेज गरेको २४ घण्टा नबित्दै सुनसरीको दुहबी नगरपालिकाले ५० वर्ष पुरानो बस्तीमा डोजर चलाएको छ । दुहबी नगरपालिका– ५ दुहबी बजारको पुरानो बस्तीमा मंगलबार एकै पटक १० वटा डोजर चलाएर नगरपालिकाको ९ कट्ठा साढे ९ धुर जग्गामा निर्माण भएको संरचना हटाएर खाली गराएको छ । नगरपालिकाका प्रवक्ता विजयकुमार चौधरीका अनुसार नगरपालिकाको […]
झापा । नेपाल विद्यार्थी संघ झापाले संस्थागत विद्यालयले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्दा अहिलेको आर्थिक बन्दीलाई मध्यनजर गरेर शुल्क घटाउन माग गरेको छ । बिर्तामोडमा नेवि संघले पत्रकार सम्मेलन गरेर देशमा आर्थिक संकट आएको अवस्थामा विद्यालयमा नयाँ विद्यार्थी भर्नागर्दा चर्को शुल्क नलिन आग्रह गरेको हो । नेवि संघका झापा सभापति सञ्जय निरौलाले पत्रकार सम्मेलनमा […]
झापा । सहकारी संस्थामा वित्तीय कारोबार गरेको आधारमा शेयर सदस्यहरुले पाउने संरक्षित पूँजी फिर्ता अन्तरगत झापाको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा एक करोड ५५ लाख रुपैयाँ कारोबारी सदस्यहरुलाई प्रदान गरेको छ । शेयर सदस्यहरुले बचत तथा कर्जा कारोबारमा पुर्याएको वित्तीय योगदानका आधारमा संरक्षित पूँजी फिर्ता गर्नुपर्ने सहकारी ऐन २०७४ ले […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित टंकबहादुर कटुवालको परालको माचमा आगलागी भई क्षति भएको छ। आगलागीबाट दुईओटा परालको माचको केही भाग बाहेक सबै डढेर नष्ट भएको हो । शिवसताक्षी नगरपालिकाको दमकल समयमा नै आगलागी भएको स्थान पुग्दा ठुलो क्षति हुनबाट जोगिएको हो । नगरपालिकाले आगलागी भएको जानकारी पाउँन साथ दमकल घटना स्थल […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले व्यक्तिगत घटना दर्ता अभियान बैसाख १ गतेबाट सुरु गरेको छ । नगरभित्रका सबै वडाहरुमा व्यक्तिगत घटना दर्ता गराउन नगरबासीहरुलाई सुचित गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जन्म, मृत्यु, बसाइँसराइ, सम्बन्ध विच्छेद र विवाह दर्ताको घटना दर्ता अभियान देशभर सञ्चालन भएको हो । शिवसताक्षी नगरपालिका पञ्किरण शाखाले शिवसताक्षीका ९ र ११ वडाहरु […]
शिवसताक्षी । झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा शिवसताक्षी नगरपालिका वडा नं. ८ का जेवी याक्थुङ्गले निशुल्क ८७ केजीको घण्टी राखिदिएका छन् । शिवसताक्षी नगरपालिका वडा न.८ मा स्थायी घर र हाल हङ्गकङमा कार्यरत याक्थुम्बाले सताक्षीधामको दिवगेश्वर महादेवको मन्दिरको गेटमा आकर्षक स्तम्भ बनाई घण्टी राखिदिएका हुन् । आज उक्त घन्टीको शिवसताक्षी नगरपालिकाका नगर प्रमुख […]
झापा । विवाह वर्षगाँठ मनाउन सयौं पाहुनाहरु बोलाएर होटल रेष्टुरेन्टमा लाखौं खर्चनेहरुको बानीलाई रुपान्तरण गर्ने गरी ब्यवसायी–सामाजिक अभियन्ता चिमरिया दम्पत्तीले यहाँ अनुकरणीय कार्य प्रस्तुत गरेका छन् । तुलनात्मकरुपमा सानो खर्चमा उनीहरुले एउटा गरिब तथा अपाङ्ग युवाको परिवारमा खुसी छरेका हुन् । बिर्तामोडका व्यवसायी नारायण चिमरिया र उनकी पत्नी जेसिजकर्मी संगीता चिमरियाले विवाहको २५औं वर्षगाँठको अवसरमा […]