काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक लोकबहादुर शाहीको निधन भएको छ । ६५ वर्षको उमेरमा शाहीको हिजो बेलुका दैलेखको पुर्ख्यौली घरमा निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए । शेर्पाकाअनुसार मल्टिपल अर्गन फेलरबाट पीडित शाहीलाई अरु विभिन्न रोगको सङ्क्रमण समेत भएको थियो । शाहीको दैलेखमै आज […]
बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च झापाको आयोजनामा ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७६’ फागुन २८ गते शुक्रबार हुने भएको छ । मञ्चले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर अवार्डबारे जानकारी दिएको हो । २०७४ सालदेखि मञ्चले आयोजना गर्दै आएको अवार्डको यो चौथो संस्करण हो । बिर्तामोडमा आयोजना हुने अवार्ड २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा […]
एजेन्सी । अष्ट्रेलियाविरुद्धको तेस्रो टेष्ट जित्न भारतले अन्तिम दिन ३०९ रन बनाउनुपर्ने भएको छ । ४०७ रनको लक्ष्य पछ्याएको भारतले चौथो दिनको समाप्तीमा २ विकेट गुमाएर ९८ रन बनाएको छ । अब अन्तिम दिन भारतले जितका लागि ३०९ रन बनाउनु पर्नेछ । रोहित शर्मा ५२ र शुभमन गिल ३१ रन बनाएर आउट भए । चेतेश्वर […]
काठमाडौं । बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जितेका छन् । ढाकामा आज भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा भण्डारीले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त गरेको हो । सो स्पर्धामा भारतकी ज्योति गवातीले रजत पदक प्राप्त गरिन्। उनले निर्धारित दूरी […]
एजेन्सी । भारतविरुद्धको तेस्रो टेष्टको दोस्रो दिनको समाप्तिमा अस्ट्रेलियाले २४२ रनको अग्रता बनाएको छ । अस्ट्रेलियाले पहिलो इनिङ्समा ३३८ रन बनाएपछि दोस्रो दिनमै पहिलो इनिङ्स सुरु गरेको भारतले २ विकेट गुमाएर ९६ रन बनाएको हो । भारतका चेतेश्वर पुजारा ९ र कप्तान अजिन्का रहानले ५ रनमा अविजित छन् । ओपनर शुभमन गिलले ५० रन बनाए […]
काठमाण्डौ । इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युवा विंगर अमद डियालोलाई अनुबन्धित गरेको छ । युनाइटेडले इटालियन क्लब एटलान्टाबाट १८ वर्षीय विंगर डियालोलाई अनुबन्ध गरेको हो । आइभरी कोस्टका विंगरसँग युनाइटेडले साढे चार वर्षको सम्झौता गरेको छ । सम्झौतासँगै डियालो सन् २०२५ को जुनसम्म युनाइटेडमा रहने छन् । यस्तै डियालोलाई युनाइटेडले थप एक वर्ष सम्झौता थपको […]
काठमाडौं । जनवरी ८ बाट सञ्चालन हुने सैलुङ तेक्वान्दो डोजाङको आयोजनामा हुने प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगितामा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णपदक विजेता पार्वती गुरुङ, कमल श्रेष्ठ, जितबहादुर बोट, सुशीला राईलगायत २०० खेलाडीको सहभागिता रहने छ । त्यसमा १२० पुरुष र ८० महिला खेलाडी […]
एजेन्सी । पाकिस्तानविरुद्धको दुई खेलको सिरिज क्लिन स्वीप गर्दै न्युजिल्याण्ड आईसीसी टेष्ट वरीयतामा शीर्ष स्थानमा उक्लेको छ । न्युजिल्याण्ड पहिलो पटक टेष्ट वरीयतामा पहिलो स्थानमा पुगेको हो । टेष्ट वरीयतामा न्युजिल्याण्डको ११८ रेटिङ छ । ११६ रेटिङ रहेको अष्ट्रलियाले दोस्रो स्थानमा झरेको छ । पाकिस्तान विरुद्धको दोस्रो टेष्ट इनिङ्स र १७६ रनले जित्दै न्युजिल्याण्ड सिरिज […]
झापा । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि प्रदेश १ ले जितेको छ। आज भएको फाइनलमा विभागिय क्लब एपिएफलाई ६ रनले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो । दाङको लमहीमा भएको खेलमा प्रदेश १ ले दिएको १ सय ६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको एपिएफले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा ९९ रन मात्र […]
एजेन्सी । सेल्टाभिगोलाई पराजित गर्दै रियल मड्रिड स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा रियलले सेल्टाभिगोलाई २-० ले पराजित गरेको हो । जितपछि रियलले सहरी प्रतिद्वन्दी एट्लेटिको मड्रिडलाई १ अंकले पछि पारेको छ । सान्टियागो बर्नाब्उमा रियलललाई जिताउन खेलको छैटौं मिनेटमा लुकास भजक्वज र ५३औं मिनेटमा मार्को असेन्सिओले […]