Sajhamanch Archive

सन्दीपलाई कोरोना संक्रमण

Published: (Updated: ) in खेलकुद, स्वास्थ्य by . Leave a Comment on सन्दीपलाई कोरोना संक्रमण.

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ । सन्दीपले सामाजिक संजालमा लेख्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ‌। लामिछानेका अनुसार गत बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो । तर अहिले स्वास्थ्यमा सुधार भइरहेको उनले जानकारी दिएका छन् । अहिले होम आइसोलेसनमा रहेको जानकारी दिँदै सन्दीपले लेखेका […]

भारतमाथि अष्ट्रेलियाको सानदार जित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on भारतमाथि अष्ट्रेलियाको सानदार जित.

एजेन्सी । अष्ट्रेलियाले पहिलो ओडिआई खेलमा भारतलाई ६६ रनले पराजित गरेको छ । योसँगै अष्ट्रेलियाले तीन ओडिआई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । सिड्नीमा घरेलु टोलीले दिएको ३७५ रनको बलियो लक्ष्य भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०८ रन  बनायो । भारतका लागि हार्दिक पाड्या र शिखर धावनले अर्धशकीय पारी खेले । […]

म्याराडोनालाई पेलेको श्रद्धाञ्जली-हामी एकदिन आकाशमा सँगै फुटबल खेल्नेछौँ

Published: in खेलकुद by . Leave a Comment on म्याराडोनालाई पेलेको श्रद्धाञ्जली-हामी एकदिन आकाशमा सँगै फुटबल खेल्नेछौँ.

एजेन्सी । विश्व फुटबलका एक उत्कृष्ट खेलाडी डिएगो अर्मान्डो म्याराडोनाको बुधबार हृदयघातका कारण निधन भयो । म्याराडोना र ब्राजिलियन पेले विश्व पुटबलको सर्वकालीन महान खेलाडी हुन् । यी दुई खेलाडी आफ्नो समयमा विश्वकै सर्वश्रेष्ठ खेलाडी थिए । मैदानमा जति राइभलरी भए पनि यी दुईबीच मैत्री भाव थियो र सम्मान पनि थियो । आफ्ना समकक्षी लेजेण्ड […]

राष्ट्रिय क्रिकेट खेलाडीको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदै

Published: in खेलकुद by . Leave a Comment on राष्ट्रिय क्रिकेट खेलाडीको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदै.

काठमाण्डौ । राष्ट्रिय क्रिकेट खेलाडीको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले युवा ओपनर रित गौतमसहित पाँच खेलाडीलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाएको छ । यसअघि गएको शुक्रबार प्रशिक्षणमा बोलाइएका २२ खेलाडी मध्ये १६ जनाको पीसीआर परीक्षण गर्दा तीन जनामा कोरोना पोजेटिभ देखिएपछि क्यानले पाँच खेलाडी बोलाउने निर्णय गरेको हो […]

रहेनन् चर्चित फुटबलर म्याराडोना

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on रहेनन् चर्चित फुटबलर म्याराडोना.

एजेन्सी । चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनाको भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको नोभेम्बरको सुरुमा ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएको थियो । त्यसपछि उनलाई अल्कोहल डिपेन्डेन्सी सम्बन्धी समस्याको उपचार गर्ने तयारी गरिएको थियो । उनी आफ्नो खेलाडी जीवन कालभर सर्वश्रेष्ठ खेलाडीको रूपमा चिनिए । माराडोना कप्तान […]

पारस आइसीसीको दशक अवार्डको मनोनयनमा

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on पारस आइसीसीको दशक अवार्डको मनोनयनमा.

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पुरुष एसोसियट प्लेयर अफ द डिकेडको मनोनयनमा परेका छन् । आइसीसीले दशकभर उत्कृष्ट प्रदर्शन गर्नेलाई विभिन्न शिर्षकमा सम्मानित गर्न लागेको हो । स्पिरिट अफ क्रिकेट, आइसिसी एसोसियट क्रिकेटर, आइसिसी महिला एसोसियट क्रिकेटर, महिला क्रिकेटर, पुरुष क्रिकेटर, ओडिआई पुरुष र महिला […]

बार्सिलोना एटलेटिको मड्रिडसँग पराजित

Published: in खेलकुद by . Leave a Comment on बार्सिलोना एटलेटिको मड्रिडसँग पराजित.

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना एट्लेटिको मड्रिडसँग १–० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन यानिक करास्कोले निर्णायक गोल गरे । पहिलो हाफको इन्ज्यूरी समयमा करास्कोले गरेको गोल नै खेलको निर्णायक बन्यो । यो जितपछि एटलेटिको ला लिगामा […]

मोनाकोसँग पीएसजी पराजित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on मोनाकोसँग पीएसजी पराजित.

एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मन (पीएसजी) दोस्रो स्थानको मोनाकोसँग पराजित भएको छ । शुक्रबार राति भएको खेलमा पीएसजी मोनाकोसँग ३–२ गोलले पराजित भएको हो । मोनाकोको घरेलु मैदानमा भएको खेलमा युवा स्ट्राइकर केलियन एमबाप्पेले दुई गोल गरेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । पहिलो हाफमा २–० को अग्रता बनाएको पीएसजी […]

महिला टी-ट्वान्टी विश्वकप सन् २०२३ को फेब्रुअरीमा हुने

Published: in खेलकुद by . Leave a Comment on महिला टी-ट्वान्टी विश्वकप सन् २०२३ को फेब्रुअरीमा हुने.

काठमाडौं । महिला टी-ट्वान्टी विश्वकप सन् २०२३ को फेब्रुअरीमा हुने भएको छ । दक्षिण अफ्रिकामा सन् २०२२ मा हुने भनिएको महिला विश्वकप कोरोना महामारीका कारण सारिएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले महिला विश्वकप २०२३ को फेब्रुअरी ९ देखि २६ सम्म गर्ने निर्णय गरेको हो ।सन् २०२० को महिला विश्वकपमा भारतलाई हराएर […]

सन्दीपले होबर्ट हुरिकेन्सबाट बीबीएल खेल्ने

Published: in खेलकुद by . Leave a Comment on सन्दीपले होबर्ट हुरिकेन्सबाट बीबीएल खेल्ने.

काठमाडौं । नेपाली क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्‍वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्न पक्का भएको छ । होबर्टले बिहीबार सन्दीपलाई विदेशी खेलाडीको कोटामा अनुबन्धित गरेको जनाएको छ । यसअघिका दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका सन्दीपले यो सिजन भने नयाँ टोलीबाट खेल्न थालेका हुन् । यता सन्दीपले बीबीएल १० को […]