Sajhamanch Archive

मेसीले आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न पाउने

Published: in खेलकुद by . Leave a Comment on मेसीले आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न पाउने.

काठमाडौं । विश्व फुटबलका स्टार खेलाडी लिओनल मेसीले आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न पाउने भएका छन् । इयुको उच्च अदालतबाट ९ वर्षको लडाइँ जितेपछि मेसीले अब आफ्नो नाम ट्रेडमार्कका रुपमा राख्न पाउने भएका हुन् । युरोपियन कोर्ट अफ जस्टिसले स्प्यानिस साइक्लिङ कम्पनी मास्मी र इयुको बौद्धिक सम्पत्ति कार्यालयको अपिल खारेज गरेको हो । बार्सिलोनाका […]

आईपीएलमा सर्वाधिक रन बनाउने तीन खेलाडी

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on आईपीएलमा सर्वाधिक रन बनाउने तीन खेलाडी.

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने सबै खेलाडीको सपना हुन्छ । यसमा सर्वाधिक रन, सर्वाधिक विकेट र सर्वाधिक सफल खेलाडी बन्‍न धेरै खेलाडीले मिहिनेत गरेका हुन्छन् । त्यसमध्य केही खेलाडी मात्र आईपीएलमा सफल भएका हुन्छन् । आईपीएलको १३औँ संस्करणसम्म आइपुग्दा धेरै खेलाडीले सर्वाधिक रनको धेरै कीर्तिमान बनाएका छन् । कोही खेलाडीले एकै सिजन सर्वाधिक […]

म्याक्सवेल र केरीको शतकमा अष्ट्रेलियालाई उपाधि

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on म्याक्सवेल र केरीको शतकमा अष्ट्रेलियालाई उपाधि.

एजेन्सी । तीन खेलको एकदिवसीय सिरिजको उपाधि अस्ट्रेलियाले जितेको छ । बुधबार राति भएको सिरिजको अन्तिम खेलमा इङ्ल्यान्डलाई ३ विकटले पराजित गर्दै अस्ट्रेलियाले २–१ ले सिरिज जितेको हो । इङ्ल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४९.४ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । अस्ट्रेलियका लागि ग्लेन म्याक्सवेल र एलेक्स क्यारीले शतकीय पारी खेल्दै […]

फुटबल मैदानमै कुटाकुट : एकै खेलमा ५ रेड कार्डसहित १७ कार्ड !

Published: in खेलकुद, विश्व समाचार by . Leave a Comment on फुटबल मैदानमै कुटाकुट : एकै खेलमा ५ रेड कार्डसहित १७ कार्ड !.

पेरिस । फ्रेन्च लिग वान अन्तर्गत गएराति भएको खेलमा साविक विजेतासमेत रहेको पीएसजीले सिजनमा लगातार दोस्रो पराजय ब्यहोरेको छ। पेरिस डेस प्रिन्सेस स्टेडियममा भएको खेलमा घरेलु टोली १–० ले पराजित भएको हो। सन् १९८४/८५ यता पहिलो पटक पीएसजी सिजनको सुरुका दुई खेलमा पराजित भएको छ । मार्सेलीको जितमा फ्लोरेन थाउभिनले खेलको ३१औं मिनेटमा निर्णायक गोल […]

राष्ट्रिय क्रिकेटर भण्डारी मोटरसाइकल दुर्घटनामा घाइते

Published: in खेलकुद by . Leave a Comment on राष्ट्रिय क्रिकेटर भण्डारी मोटरसाइकल दुर्घटनामा घाइते.

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका सदस्य ललितसिंह भण्डारी मोटरसाइकल दुर्घटनामा परेका छन् । कञ्चनपुरमा ट्रकले उनी सवार मोटरसाइकललाई ठक्कर दिएको हो । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको मिनी ट्रकले विपरित दिशाबाट आउँदै गरेको भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । घटनामा […]

ओसाकाले दोस्रो पटक जितिन् युएस ओपन उपाधि

Published: in खेलकुद, विश्व समाचार by . Leave a Comment on ओसाकाले दोस्रो पटक जितिन् युएस ओपन उपाधि.

काठमाडौं । जापानी खेलाडी नाओमी ओसाकाले दोस्रो पटक युएस ओपन ग्राण्डसलाम टेनिसको उपाधि जितेकी छन् । न्यूयोर्कमा भएको महिलातर्फको फाइनलमा बेलारुसकी भिक्टोरिया अजारेन्कालाई २-१ सेटमा पराजित गर्दै ओसाकाले दोस्रो पटक उपाधि जितेकी हुन् । पहिलो सेट ६-१ ले गुमाएपनि ओसाकाले त्यसपछि पुनरागमन गर्दै लगातार दुई सेट जितिन् । उनले ६-३ , ६-३ ले बाँकी सेट […]

अपराजित रहँदै ट्रिनबागोले जित्यो सीपीएल उपाधि

Published: in खेलकुद by . Leave a Comment on अपराजित रहँदै ट्रिनबागोले जित्यो सीपीएल उपाधि.

ट्रिनबागो नाइट राइडर्सले अपराजित रहँदै क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-२० क्रिकेटको उपाधि जितेको छ । बिहीबार ट्रिनिडाड एण्ड टोबागोमा भएको फाइनलमा ट्रिनबागोले सेन्ट लुसिया जुक्सलाई ८ विकेटले सहजै पराजित गर्दै उपाधि उचालेको हो । ट्रिनबागोले लिग चरणदेखि फाइनलसम्म खेलेको १२ वटै खेल जित्दै अपराजित रहेर प्रतियोगता सकाएको हो । सीपीएलको सर्वाधिक सफल टोली ट्रिनबागोले समग्रमा […]

रोनाल्डो चम्कँदा पोर्चुगलको सहज जित

Published: in खेलकुद by . Leave a Comment on रोनाल्डो चम्कँदा पोर्चुगलको सहज जित.

एजेन्सी । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीका लागि कीर्तिमानी १०० गोल पूरा गर्दा पोर्चुगलले यूईएफए नेसन्स लिगमा सहज जित हात पारेको छ । मंगलबार राति भएको खेलमा पोर्चुगलले स्विडेनमाथि २–० गोलको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन रोनाल्डोले दुई गोल गरे । खेलको ४५ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै […]

बार्सिलोनासँग प्रशिक्षणमा फर्किए मेस्सी

Published: in खेलकुद by . Leave a Comment on बार्सिलोनासँग प्रशिक्षणमा फर्किए मेस्सी.

एजेन्सी । क्लब छाडेर जाने प्रयास असफल भएपछि बार्सिलोनाका स्टार लियोनेल मेस्सी प्रशिक्षणमा फकिएका छन् । ३३ वर्षीय मेस्सीले गत २५ अगस्तमा नेतृत्वलाई क्लब छाडेर जाने इच्छाबारे जानकारी गराएका थिए । तर, हाल उनको रिलिज क्लजमा रहेको ७० करोड युरो रकम कुनै पनि क्लबले तिर्न नसक्ने बताउँदै मेस्सीले यो सिजन क्लबमा नै रहने बताएका थिए […]

लाइन जजलाई बलले हानेपछि जोकोभिच युएस ओपनबाट ‘डिस्क्वालिफाइड’

Published: in खेलकुद by . Leave a Comment on लाइन जजलाई बलले हानेपछि जोकोभिच युएस ओपनबाट ‘डिस्क्वालिफाइड’.

एजेन्सी । उपाधिको मुख्य दाबेदारको रुपमा रहेका सर्वियन खेलाडी नोभाक जोकोभिच युएस ओपन टेनिस च्याम्पियनसिपबाट बाहिरिएका छन् । चौथो चरणको खेल अन्तर्गत स्पेनको कारेनो बुस्टाविरुद्धको खेलमा लाइन जजलाई बलले हानेपछि जोकोभिच च्याम्पियनसिपबाट ‘डिस्क्वालिफाइड’ भएका हुन् । प्रतियोगिताबाट बाहिरिएपछि जोकोभिचको उपाधि जित्ने सम्भावना सकिएको छ । बुस्टासँग अंक गुमाएपछि ३३ वर्षीय जोकोभिचले निराश हुँदै लाइन जज […]